हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, July 8, 2013

एप्पलले किन बनाउनुपर्छ सस्तो आइफोन ?

111यो वर्षको सुरुदेखि नै आइफोनको व्यापारमा कमी आएको विषयले एप्पललाई झस्काइरहेको छ । त्रसित लगानीकर्ताले मौज्दात घटाएका छन् भने आलोचकहरुले एप्पलको आविष्कार क्षमतामाथि प्रश्न उठाउन थालेका छन् ।
तर हालैका हप्ताहरुमा व्यापारमा आएको गिरावटले सबैजसो स्मार्टफोन निर्माता उद्योगहरुमा नै भाइरसको रुपमा फैलिएको जस्तो देखियो । केही हप्ता पहिले मात्र रिसर्च इन मोसनले ब्लाकबेरीको धिमा बिक्रिका कारण कम्पनीको आम्दानी निरासाजनक भएको रिपोर्ट सार्वजनिक गरेको खबर बासी हुन नपाउँदै शुक्रबार एच टि सी र सामसुङले यो त्रैमासिकमा कम्पनीले लक्ष्य अनुरुपको नाफा कमाउन नसकेको खुलासा गरे ।
विश्लेषकहरुका अनुसार यो कुनै एक कम्पनीको गल्तीले देखापरेको लक्षण होइन । यो एप्पलको मात्र समस्या पनि होइन, सबैको हो । यसबाट खासगरी एप्पलले लक्षित गरेको महंगा स्मार्टफोनको बजार संतृप्त भैसकेको र उपभोक्ता अघाइसकेको सूचकको रुपमा यसलाई लिन थालिएको छ ।

नराम्ररी खस्किसकेको महंगा -हाइ इण्ड) स्मार्टफोनको बजारलाई उकालो चढाउन अब कुनै नयाँ चमत्कारिक फिचर्स थपिएपनि त्यो कामयावी हुने देखिन्न । वास्तवमा यो स्मार्टफोन उत्पादक कम्पनीहरुको लागि दुखको कुरा हो । यसबाट सबैभन्दा धेरै पीडा भने एप्पललाई नै परेको छ, किनकी महंगा स्मार्टफोन बजारको अधिकांस हिस्सा ओगटेको एप्पलका आइफोनको बिक्रिमा यसले सबैभन्दा धेरै असर पूराएको छ ।
विश्लेषकहरु भन्छन्, ‘जब एप्पलले आफ्ना नयाँ स्मार्टफोन जति बजारमा ल्याउँछ सबै हाइ इण्ड अर्थात् झन झन् उच्च मूल्य र प्रविधिका ल्याउँछ, पूराना स्मार्टफोनको खरीदमा छुट त दिइएको छ तर ती पुराना ग्याजेट प्रयोगकर्ताको रोजाइमा पर्ने कुरा भएन । आखिर यस्तो अवस्था भएपछि स्मार्टफोनको बजार खस्किँदा एप्पललाई जति धेरै असर कसलाई पर्छ ?’
खुसीको खबर के भने सस्तो मूल्यका स्मार्टफोनको बजार तिब्र गतिमा फैलाउँदैछ खासगरी चीनमा । एप्पलले पनि सस्तो मूल्यका आइफोन ल्याउने भन्ने खबर फैलिरहेका बेला विश्लेषकहरु यो वर्षको अन्त्यसम्ममा एप्पलले पनि सस्तो आइफोन ल्याउनेमा आशावादी छन् । सस्तो मूल्यका स्मार्टफोनको फैलिँदो बजारमा आफ्नो उपस्थिति जनाउन तथा महंगा स्मार्टफोनको व्यापारमा आएको गिरावटबाट पर्ने असरबाट जोगिन एप्पलले यस्तो कदम चाल्नुपर्ने बताइन्छ ।
आइफोनको मूल्य साढे ३ सय देखि ४ सय अमेरिकी डलर सम्म हुनेहो भनेपनि त्यसले चीन लगायत सस्तो स्मार्टफोनको फैलिँदो बजारको मागलाई सम्बोधन गर्न एप्पल समर्थ हुने विश्लेषकहरुको ठहर छ । साथै कम मूल्यका आइफोन बजारमा ल्याउने हो भने एप्पलले ब्राजिल, रुस तथा भारत लगायतका ठूला बजारमा पनि आफ्नो पकड मजबुत बनाउने र मध्यम वर्गिय उपभोक्ताको रोजाइमा समेत आफुलाई पार्नसक्ने बताइन्छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center