हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 9, 2013

फेसबुकमा अब नयाँ ग्राफ सर्च

फेसबुकमा अब नयाँ ग्राफ सर्च
सोशल साईटमा अब्बल बनाई राख्न फेसबुकले आँफुलाई निरन्तर अपडेट गरिरहेको छ । यसै क्रममा फेसबुकले आफ्नो पुरानो ग्राफ सर्चलाई मोडिफाई गर्दै नयाँ ग्राफ सर्च ल्याएको छ । नयाँ ग्राफ सर्चको सहायता लिदैँ फेसबुकले प्रयोगकर्ता र उसँग जोडिएका अन्य बिषय खोज्न सजिलो पारिदिएको छ ।
प्रयोगकर्ताले अब सजिलै आफ्ना साथीका फोटो, साथीलाई मन पर्ने रेस्टुरेन्ट, पेज तथा स्थानका बारेमा सर्च गर्न सक्नेछन । यसको साथ साथै प्रयोगकर्ताले नयाँ ग्राफ सर्चबाट आफ्ना साथीले कुन गेम खेल्छन, कुन गीत सुन्छन भन्ने पनि सर्च गर्न पाउनेछन ।
नयाँ ग्राफ सर्चमा फोटोमा लाईक तथा कमेन्ट आएको भए त्यो बारेमा पनि सर्च गर्न मिल्ने बनाईएको छ । यस्तै नयाँ ग्राफ सर्चबाट प्रयोगकर्ताले आफ्नो घर वरिपरि रहेका साथीहरुलाई खोज्न मिल्ने बनाईएको छ ।
सोशल साईटको दुनियाँ एकछत्र राज गर्न फेसबुकले निरन्तर यसको लुक तथा फिचर्समा परिवर्तन गरिरहेको छ । जसले फेसबुकलाई एउटा छुट्टै रिफ्रेशिगं लुक दिदैँ गईरहेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center