हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 13, 2013

अढाई महिने छोरीको दुवै खुट्टा छिनाइन् आमाले

३० असार, काठमाण्डौ । मानसिक समस्यावाट लामो समयदेखि पीडित धादिङकी एक आमाले आफ्नी अढाई महिने छोरीको दुबै खुट्टा अचानेमा राखी खुर्पाले छिनाइदिएकी छिन् ।घाइते बालिकाको शुक्रवार राती १२ बजेदेखि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला सदरमुकामदेखि झण्डै २० किलोमिटर पश्चिममा पर्ने ढोला-२ तीनघरे धादिङकी २९ वर्षीया वीरकुमारी दवाडीले अढाई महिनाकी छोरी बिमकुमारीको खट्टा छिनाइदिएकी हुन् । श्रीमान भने वीरकुमारीले आफूलाई अचानक देवी चढेर छोरीको खुट्टा छिनाई भोग दिएको वताएका छन् । शुक्रवार दिउँसो साढे तीन बजे श्रीमान खेतमा काम गर्न गएको मौका पारी खसी काट्न प्रयोग हुने घरकै ठूलो खुर्पाले हान्दा बालिकाको दुवै खुट्टा गोलीगाँठानेरवाट छिनेको छ । खुट्टा ठुन्किएपछि तल्लो भागलाई वीरकुमारीले अचानोमै राखी थालले छोपेर घाइते छोरीलाई पिठ्युमा बोकी माइत गएको भन्दै हिडेकी थिइन् । वीरकुमारीले बोकेकी छोरी बेस्सरी रोएको र खुट्टावाट रगतसमेत चुहाउँदै हिडेँको देखेपछि छिमेकीले सोधखोज गर्दा खुट्टा छिनाएको थाहा भएको थियो । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसलगत्तै छिमेकीले वीरकुमारीलाई नियन्त्रणमा लिई प्रहरी र काममा गएका उनका श्रीमानलाई खबर गरेका थिए । घटना थाहा पाएलगत्तै शुक्रवार अपरान्ह तीनघरे पुगेको प्रहरीले घाइते बच्चा, आमा र बाबुलाई घादिङबेसी ल्याएको थियो । तर जिल्ला अस्पतालले रगत रोक्ने औषधि र स्लाइन चढाएर जोरपाटीस्थित अर्थोपेडिक अस्पताल रेफर गरेको थियो । त्यहाँवाट कान्ति अस्पताल लगिएकोमा शुक्रवार राति शिक्षण अस्पताल ल्याएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center