हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 12, 2013

याहुमा ह्याकरको आक्रमणः इमेलको पासवर्ड परिवर्तन गर्न आग्रह

yahooह्याकरहरुले इन्टरनेट जाएन्ट याहुका २ करोड भन्दा बढि प्रयोगकर्ताको इमेल ठेगाना ह्याक गरेका छन् । याहुको जापानी संस्करण याहु जापानमा भएको साइबर हमलाबाट २ करोड २० लाख जति प्रयोगकर्ताको याहुमेलको विवरण चोरी भएको याहुले जनाएको छ ।
याहुका अनुसार पछिल्लो साइबर हमलाबाट याहुका १० प्रतिशत प्रयोगकर्ताको इमेल ठेगानाको विस्तृत विवरण चोरी भएको छ । यद्यपि धेरैका पासवर्ड चोर्न ह्याकरहरु असफल भएकाले तत्कालका लागि प्रयोगकर्ताको याहुमेललाई निस्तेज पार्न भने नसक्ने याहुले जनाएको छ । तथापि आफ्नो याहु इमेल अकाउण्टको पासवर्ड परिवर्तन गरिहाल्न याहुले आग्रह गरेको छ । यसो गर्दा याहुमेल ह्याकरको आक्रमणबाट सुरक्षित हुने छ ।
आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ ।
२ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट ह्याकरहरुले विभिन्न फाइल चोरी गरेको स्विकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पासवर्ड तथा पासवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ ।
याहु कम्पनी र मोबाइल र्फम सफ्टब्यांकको संयुक्त स्वामित्व रहेकेा याहु जापानले पछिल्लो साइबर हमलापछि साइबर सुरक्षा मजबुत पारिएकेा र हमलाकारीको खोजी भैरहेको जनाएको छ । साथै प्रयोगकर्ताको याहुमेल ठेगानामा आफ्नो पासवर्ड परिवर्तन गर्न सन्देश पठाउने काम भैरहेको पनि बताइएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center