हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 10, 2013

लौ सुन्नुस त यो तीज को गीत 'साउजी कपडा बिक्दैनन आजकाल देखाऊ छोटो छोटो'

लौ सुन्नुस त यो तीज को गीत 'साउजी कपडा बिक्दैनन आजकाल देखाऊ छोटो छोटो'
भिडियो हेर्नको लागि Read More गर्नुहोस्  

दैनिक साढे १४ हजार नयाँ फोन, ६ हजार इन्टरनेट प्रयोगकर्ता

भन्दा बढी मानिसले नयाँ टेलिफाने लिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार नेपालमा दैनिक १४ हजार ६ सय १६ जनाले नयाँ टेलिफोन जोडिरहेका छन् । यो फिक्स्ड लाइन र मोवाइल दुवैखाले टेलिफोन जोड्नेको संख्या हो । प्राधिकरणले यस्तो प्रतिवेदन प्रत्येक महिना सर्वाजनिक गर्दै आएको छ ।
वैशाख महिनामा मात्र चार लाख ३८ हजार चारसय ८८ जनाले नयाँ टेलिफोन लिएका छन् । यो संख्यालाई ३० दिनको एक महिना मानेर हिसाव गर्दा दैनिक १४ हजार ६ सय १६ हुन आउँछ । अघिल्ला महिनाको तुलनामा वैशाखमा दैनिक नयाँ टेलिफोन लिनेको संख्या बढेको देखिन्छ । प्राधिकरणको प्रतिवेदनअनुसार चैत महिनामा चार लाख १६ हजार ६ सय ६५ जनाले नयाँ टेलिफोन जोडेका थिए । त्यसबेलाको तथ्यांक विश्लेषण गर्दा दैनिक १३ हजार आठसय ८८ जना नयाँ उपभोक्ता थपिएको देखिन्छ ।
इन्टरनेटमा दैनिक साढे ६ हजार
टेलिफोन चलाउने मात्र होइन इन्टरनेट चलाउने नयाँ ग्राहकको संख्या पनि दैनिक करिब साढे ६ हजारको दरमा थपिने गरेको छ ।
प्राधिकरणको प्रतिवेदनअनुसार हाल नेपालमा दैनिक ६ हजार तीन सय ८० जनाले इन्टरनेट एक्टिभ गर्ने गरेका छन् । त्यसमध्येमा सबैभन्दा धेरै मोवाइलमा इन्टरनेट चलाउने रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
वैशाख महिनामा मात्र नेपालमा एकलाख ९१ हजार चारसय २० इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । थपिएका इन्टरनेट प्रयोगकर्तामध्ये एक लाख ७५ हजार २८ ग्राहक मोबाइलमा इन्टरनेट प्रयोग गर्नेछन् ।

Thursday, August 8, 2013

''अनलाइनबाट राहदानी आवेदनका लागि गृहकार्य वैदेशिक रोजगारीमा रहेकालाई सजिलो''

''परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई राहत पुग्ने छ ।''
सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो । ‘अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने छन्,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘यसबाट दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुनेछन् ।’''

अनलाइनबाट राहदानी आवदेन गर्न मिल्ने प्रणाली विकासका लागि भने बजेटमा रकमको ब्यबस्था गरिएको छैन । तर, सरकारले चाहे त्यसका लागि आवश्यक रकम जुनसुकै बेला जुटाउन सक्ने मन्त्रालयको विश्वास छ । अहिले राहदानीको म्याद सकिएको वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित देशको नेपाली दुतावासमा फारम भरेर बुझाउनु पर्छ । दुतावासले ‘डिप्लोम्याटिक मेल’ (कुटनीतिज्ञका लागि ब्यबस्था गरिएको एक प्रकारको हुलाक सेवा जसमा भएका सामाग्रीलाई कसैले जाँच्न वा खानतलासी गर्न मिल्दैन) बाट राहदानीको आवेदन विभागमा पठाउँछ । त्यसपछि विभागले राहदानी बनाएर पुनः डिप्लोमेटिक मेलमार्फत राहदानी सम्बन्धित देशको नेपाली दुतावासमा पठाउँछ । यसो गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले राहदानी पाउन ३ महिनासम्म कुर्नुपर्छ ।''
त्यस्तै नेपालका ७५ जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आवेदन फारम संकलन हुन्छ । ती आवेदन फारम हुलाकमार्फत विभाग आइपुग्छ । यो प्रक्रियामा पनि सर्वसाधारणले राहदानी पाउन ठाउँ हेरेर ३ महिनासम्म कुर्नु पर्छ । स्वदेश तथा विदेशबाट आएका राहदानी फारममा त्रुटी भए त्यस्ता फारम फिर्ता पठाइन्छ । त्यसले सेवाग्राही थप समस्यामा छन् ।
विभागले अनलाइनबाट राहदानी आवेदन गर्न पाउने ब्यबस्था भएपछि सेवाग्राहीलाई सजिलो हुने बताएको छ । ‘राहदानी आवेदन फारम भर्नसाथ अनलाइन उपलब्ध हुन्छ,’ महानिर्देशक खनालले भने, ‘त्यसबाट आवेदन हुलाक वा डिप्लोम्याटिक मेलबाट पठाउूदा लाग्ने समय बचत हुन्छ ।’ 'अनलाइनबाट आवेदन गर्न मिल्ने ब्यबस्था स्वदेश र विदेशमा चरणबद्ध रुपमा हुनसक्ने विभागका अधिकारीहरू बताउूछन् । तर विभागले कहिलेदेखि अनलाइनबाट आवेदन गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन ।'
राहदानीका लागि खासगरि क्यानडा र अमेरिकामा रहेका नेपाली अत्याधिक समस्यामा छन् । राहदानी आवेदनका लागि ‘ए फोर साइज’ को फारम भर्नुपर्छ । तर अमेरिकामा ‘ए फोर साइज’ को पेपर प्रयोगमा छैन । ‘अमेरिका र क्यानडामा लेटर साइजको कागज प्रयोग हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर हाम्रो राहदानी बनाउने उपकरणले लेटर साइजमा भरेको फारम चिन्दैन ।’ उनले राहदानी अमेरिकास्थित नेपाली नियोग र नेपालीका लागि टाउको दुःखाइको विषय बनेको बताए । ‘हामीले नियोग कार्यालयमै ए फोर साइजको कागजमा फारम पि्रन्ट गरि हुलाकमार्फत सम्बन्धित आवेदकलाई फारम पठाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सेवाग्राहीले फारमवापत मात्र थप करिब ४० अमेरिकी डलर (करिब ३ हजार ९ सय रुपैयाँ) आर्थिक भार वहन गर्नुपर्छ भने फारम वितरणकै लागि दुई जना कर्मचारी खट्नुपर्छ ।’
हाल राहदानी निर्माण गर्ने जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी ओवर्थर टेक्नोलोजिजले भने राहदानी बनाउने उपकरणमा ‘कस्टमाइज्ड सफ्टवयर’ भएका कारण ‘लेटर साइज’ कागजमा तत्काल आवेदन फारम लिन नसक्ने विभागलाई जनाउूदै आएको छ । उसले नेपाल सरकारकै निर्णय अनुसार ए फोर साइजमा मात्र आवेदन लिन मिल्ने गरि सफ्टवयर बनाइएको र त्यसलाई परिवर्तन गर्न समय र पैसा लाग्ने पनि विभागलाई जनाउूदै आएको छ ।' अनलाइनबाट आवदेन फारम भर्न मिल्ने ब्यबस्था भएपछि अमेरिका र क्यानडाका नागरिकले राहत पाउने विभागको विश्वास छ । तर अनलाइन आवेदनका लागि दुतावासमै पुग्नुपर्ने अबस्था भए त्यसबाट दुतावासबाट धेरै टाढा रहेका नेपालीहरु थप आर्थिक भारमा पर्नेछन् ।

अब Youtube बाट सजिलै संग भिडियो लाउन्लोड गर्नुहोस्



तपाईले Youtube बाट भिडियो डाउन्लोड गर्नको लागि यहाँ क्लिक गनुहोस् क्लिक गरिसक्नुभएपछि त्यहाँ Downlode Now लेखेको देख्नुहुनेछ र तपाईले त्यहाँ  क्लिक गर्नुहोस् क्लिक भएपछि Install Nowगर्नुहोस् र   Inatall Now भएपछि Restart गर्नुहोस् अब तपाईले Youtube बाट डाउन्लोड गर्न सक्नुहुन्छ धन्यवाद

विद्यार्थीका लागि माइक्रोसफ्टको नयाँ एप्लिकेसन

 नयाँ दिल्ली( विद्यार्थीका लागि माइक्रोसफ्टले नयाँ एप्लिकेसन लिएर आएको छ। माइक्रोसफ्टले उच्चमाध्यमिक स्कुलका विद्यार्थीका लागि ुअफिस ३६५ युनिभर्सिटीु नामको नयाँ ऐप्लिकेशन ल्याएको छ। माइक्रोसफ्टको यो एप्लिकेशन सेटमा वर्ड, पावर पोइन्ट, वननोट, एक्सल, आउटलुक र एक्सेसको लेटेस्ट भर्सन रहेको छ। जसले विद्यार्थीका लागि मद्धत गर्ने जनाइएको छ।

विद्यार्थीका लागि माइक्रोसफ्टको यो एप्लिकेशन सेट चार वर्षका लागि करिब ७ हजार रुपैयाँमा प्राप्त हुने बताइएको छ। कम्पनीले यो एप्लिकेसनले विद्यार्थीलाई उसको भविष्यलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको छ।
यसबारे माइक्रोसफ्ट भारतका जीएम रामकुमार पिचाइले यो एप्लिकेसन विश्वविद्यालयका विद्यार्थीका लागि महत्वपूर्ण भएको बताएका छन्। यो सोटको साथमा माइक्रोसफ्टले विशेष मागअनुसार थप २० जीबी प्रिमियम स्काइड्राइभ स्टोरेज पनि दिनेछ।

इन्टरनेटको क्षमता बढाउने एनसेलको तयारी

२४ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले डाटा सेवाको क्षमता वृद्धि गरी दोब्बर पुर्‍याउने भएको छ । अन्य कम्पनीका डाटा सेवासँग प्रतिस्पर्धा गर्न एनसेलले क्षमता वृद्धि गर्ने भएको हो । हाल ३.६ एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले स्पिड बढाएर ७.२ एबिपिएस पुर्‍याउने भएको छ ।
डाटा सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेलले गुणस्तर र क्षमता वृद्धिमा केन्दि्रत भएको हो । ‘हामीले छिट्टै्र डाटा सेवाको स्पिड बढाउने तयारीमा छौं’ कम्पनीका प्रवक्ता मिलनमणि शर्माले भन्नुभयो- ‘स्पिड बढाएपछि एनसेलको डाटामा ग्राहकहरुको क्रेज झनै बढ्नेछ ।’
एनसेलको डाटा सेवाको स्पिड उच्च भएका कारण प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको प्रवक्ता शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल टेलिकमले नयाँ बिटिएस प्रणाली राखेर जिपिआरएस सेवाको स्पिड बढाउन थालेपछि एनसेललाई प्रतिस्पर्धामा उत्रिन डाटा सेवाको स्पिड बढाउनुपर्ने नैतिक दबाब परेको छ ।
एनसेलको सेवा राम्रो भएपनि शुल्क महंगो रहेको सर्वसाधरणको गुनासो रहँदै आएको छ । तर, प्रवक्ता शर्मा भने एनसेलको भोल्यूम बेस्ड डाटा सेवाको शुल्क निकै न्यून रहेको बताउनुहुन्छ । १० जीबीको प्याकेज लिँदा ग्राहकलाई प्रति एमबी ट्याक्सबाहेक २९ रुपैयाँमात्र पर्ने उहाँले जानकारी दिनुभयो । ग्राहकले एनसेलको १० जीबीको प्याकेजलाई २९ सय रुपैयाँ तिर्नुपर्छ ।
प्याकेज नलिई लुजमा चलाउने ग्राहकलाई भने एनसेलको प्रतिएमबी डाटालाई ट्याक्सबाहेक ३ रुपैयाँसम्मपर्छ । शर्माले ग्राहकहरुलाई प्याकेजमा सेवा लिन सुझाव दिनुभयो । गुणस्तर सुधारलाई मूख्य प्राथमिकतामा राखेको एनसेलले विस्तारै शुल्क समेत घटाउने तयारीमा रहेको छ । नेपालीहरु गुणस्तरमात्र नहेरी शुल्कलाई समेत हेर्ने हुँदा एनसेललाई शुल्क घटाउन पनि बाध्यता पर्ने देखिन्छ ।
‘अहिले एनसेलको टावरले ९० प्रतिशत जनसंख्यालाई कभर गर्छ’ प्रवक्ता शर्माले भन्नुभयो- ‘हामी छिट्टै शत् प्रतिशत जनसंख्यालाई कभर गर्नेगरि सेवा विस्तार गर्दै छौं ।’ उहाँका अनुसार थोरै जनसंख्या भएको र जडान खर्च बढी लाग्ने ठाउँमा अहिले एनसेलको नेटवर्क उपलब्ध छैन ।

माइक्रोम्याक्स मोबाइलका निर्देशक घुस लिँदालिँदै पक्राउ

नयाँ दिल्ली( भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सका सह(संस्थापक तथा कार्यकारी निर्देशक राजेश अग्रवाल र उनका व्यापारिक साझेदार मनिष तुली घुस लिँदै गर्दा पक्राउ परेका छन्। उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो ९सिबिआइ०ले पक्राउ गरेको हो। उत्तरी दिल्लीको वाजिरपुरमा निर्माण गरिने ब्यांकेट हलका लागि एक इन्जिनियरलाई ३० लाख भारु घुस दिँदै गर्दा सिबिआइ अधिकृतले पक्राउ गरेका हुन्।


उनीहरुले ५० लाख भारु मागेकोमा माइक्रोम्याक्सका मालिकहरुले ३० लाख दिइरहेको अवस्थामा सिबिआइले पक्राउ गरेको हो। दिल्ली नगर निगमका २ कर्मचारीलाई पनि सिबिआइले पक्राउ गरेको छ।

माइक्रोम्याक्सले अग्रवाल र तुलीको पक्राउलाई ुनिजी मामिलाु भनेको छ। माइक्रोम्याक्स भारतको दोस्रो ठूलो स्मार्टफोन निर्माता हो। एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल उत्पादन गर्ने यो कम्पनीमा अग्रवाल बाहेक अन्य ७ जना लगानीकर्ता छन्।

माइक्रोम्याक्सकै अर्का सहसंस्थापक तथा ब्यापार निर्देशक विकास जैनले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेका छन्। माइक्रोम्याक्सको वेवासाइटले जनाएअनुसार उक्त कम्पनी संसारकै १२औं ठूलो मोबाइल कमप्नीमा पर्छ। सन् २०१२ मा मात्रै ६ सय २६ मिलियन अमेरिकी डलर कमाएको माइक्रोम्याक्समा २ हजारभन्दा बढी कामदार काम गर्छन्।

Wednesday, August 7, 2013

आइ‌ओएस सभेन


 क्यालिफोर्निया—आइफोन र आइप्याडका प्रयोगकर्ताले खोजेको 'परिवर्तन' एप्पलले साकार पारिदिएको छ। अपरेटिङ सिस्टम सफ्टवेयर आइओएस सेभेन सार्वजनिक गर्दै एप्पलले प्रतिद्वन्द्वी गुगल एन्ड्रोइडभन्दा आफूलाई डिजाइन र स्टाइलमा 'स्मार्ट' सावितगर्ने प्रयास गरेको छ।
पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले 'कि नोट' दिएको वर्ल्डवाइड डेलपर्स कन्फरेन्समा आइओएस सेभेन सार्वजनिक गर्दै एप्पल सिइओ टिम कुकले भने, 'कन्फरेन्सको सबैभन्दा ठूलो खबर नै आइओएस सेभेन हो।' नयाँ अपरेटिङ सिस्टमलाई मिडियाकर्मीसामु परिचय गराउँदै उनले थपे, 'आइफोन फाइभपछि एप्पलले आइओएसमा गरेको सबैभन्दा ठूलो छलाङ नै आइओएस सेभेन हो।'
डिजाइन र स्टाइलमा ख्यातिप्राप्त एप्पलका लागि यो सफ्टवेयरको रिडिजाइन आर्किटेक्ट जोनी आइभीले गरेका हुन्। आइओएस सेभेनको फन्ट साइज पहिलेभन्दा स्लिम छ। एप्पलले भनेको छ, 'अब बबल टेक्स मेसेजलाई बाइबाई गर्ने बेला भएको छ। यो नयाँ डिजाइनले तपाईंलाई हरेकपल साथ दिनेछ।'

एप्पलको साख उँभो लगाउन सक्ने खास के छ आइओएस सेभेनमा?

'तपाईंले आफ्नो आइफोनमा आइओएस सेभेन इन्सटल गर्नु भनेको नयाँ फोन किन्नुजस्तै हो। पुरानै फोन सेटमा तपाईंले नयाँपन पाउनुहुनेछ,' एप्पलको दाबी छ। यसका फिचरहरू मनै हर्ने किसिमले डिजाइन गरिएका छन्। डिजाइनमात्र होइन थप कुरामा पनि आइओएस सेभेन अपडेट गरिएका छन्। सेक्युरिटी सिस्टम अपडेट गर्नुका साथै धेरै प्रयोग हुने फिचरहरूको सर्टकर्ट तयार पारिएको छ। थप विशेषतासहितको 'मल्टिटास्किङ फङ्सन' पनि आइओएस सेभेनका प्रयोगकर्ताले अनुभव गर्न पाउँछन्।

कन्ट्रोल सेन्टर

आइओएस सेभेनमा अपनाइएका नयाँ फिचरमध्ये यो एक हो। कन्ट्रोल सेन्टरमार्फत् एरोप्लेन मोड, फ्लास लाइट, स्त्रि्कन ब्राइटनेस र अन्य फिचर नियन्त्रण गर्न सकिनेछ। यसका लागि तपाईंले तलबाट स्वाइप गरे पुग्छ। एयर ड्रप, म्युजिक प्ले, एयर प्ले तथा क्विक एक्सेस क्यामेरा यसका महŒवपूर्ण फिचर हुन्।

नोटिफिकेसन सेन्टर

आइओएस सेभेनमा परिमार्जित नोटिफिकेसन सेन्टर चलाउनको लागि माथिबाट स्वाइप गर्नुपर्नेछ। तीन वटा ट्याब देखाउन सक्ने सेन्टरले तपाईंका सबै अलर्ट, कल तथा मेसेजलाई 'टू डे' फिचरभित्र समेट्नेछ। बर्थ डे रिमाइन्डरदेखि मौसम रिपोर्टसम्म यसमा छन्।

आइट्युन्स रेडियो

आइट्युन्स रेडियोले आइओएस सेभेनभित्र तपाईंलाई नौलो आयामसहित इन्टरनेट रेडियो उपलब्ध गराउनेछ। रेडियोमा तीन तरिकाले सांगीतिक आनन्द लिन सकिनेछ। तपाईं आइट्युन्स म्याचको ग्राहक हुनुहुन्छ भने विज्ञापनविनै सांगीतिक आनन्द लिने, छुट्टै रेडियो स्टेसन क्रिएट गर्ने, आइट्युन्सबाट गीत खरिद गर्न सक्ने र हिस्ट्री सेक्सनबाट आफूले सुनेका पुराना गीत दोहोर्याएएर सुन्न सक्ने सुविधा पाइन्छ। यो फिचर आइओएस सेभेनमा म्युजिक एपमार्फत्, पिसी र म्याकमा आइट्युन्स र एप्पल टिभीमार्फत् आइओएस अपरेटिङ सिस्टम भएका डिभाइसमा उपलब्ध हुनेछ। अहिले यो सुविधा अमेरिकी प्रयोगकर्तालाई मात्र दिइएको छ।

मल्टिटास्किङ

आइओएस सेभेनेले मल्टिटास्किङको पूरै रूपरेखा बदलेको छ। होम बटन डबल ट्याब गर्नासाथ तपाईंले खोलेका एपका सबै फिचर आउनेछ। सक्रिय एपलाई स्क्रोल गर्नेबित्तिकै माथितिर स्वाइप गरेर त्यसलाई बन्द गर्न सकिनेछ। मल्टिटास्किङमा स्मार्ट फिचर थप गरिएको छ। बारम्बार प्रयोग हुने एप लगइन गर्नासाथ स्वतः काम गर्न थाल्नेछन्। जस्तैः बिहान नौ बजे फेसबुक चलाउने गरेको भए नौ बज्नासाथ फेसबुक एप एक्टिभ हुन्छ।

सिरी

एसियन उच्चारण रहेको सिरी आइओएसको पर्सनल असिस्टेन्ट एप्लिकेसन हो। यसलाई आइओएस सेभेन भर्सनमा परिमार्जन गरिएको छ। रिमाइन्डरलगायत सुविधा दिँदै आएको सिरीले अब भोइस मेकओभर पनि गर्नेछ। यसको 'फिमेल भर्सन'चाहिँ कम रोबटिक सुनिन्छ। तर प्रयोगकर्ताले 'मेल' सिरी पनि छान्न सक्नेछन्। एप्पलले जर्मन र फ्रेन्च भाषालाई लक्षित गर्दै छिट्टै परिमार्जित सिरी ल्याउन लागेको छ।

थ्री बी ब्राउजर

आइओएस सेभेनको ब्राउजिङ सफारीमा तपाईंले तीन 'बी' अनुभव गर्न सक्नुहुनेछ– बिगर, बेटर र ब्युटिफुल। युनाइफाइड युआरएल बार तथा सर्चका लागि परिमार्जिज ब्राउजर अब्बल छ। ब्राउजिङ ट्याब लचकदार बनाइएको छ। खोलेको ट्याबलाई स्क्रोल गर्न पनि सक्नुहुनेछ भने माथितिर स्वाइप गरेर यसलाई बन्द गर्न सक्नुहुनेछ। ब्राउजरले वेबसाइट र सर्च गर्न प्रयोग गरेका शब्दलाई अटो सजेस्ट गर्नेछ। यसमा भएको सेयरलिंकले ट्वीटर टाइमलाइनमा भएका सबै युआएलको सूची देखाउँछ।

क्यामेरा र फोटो

एप्पलले आइओएस सेभेनमा क्यामेरा र फोटो व्यवस्थित गर्न एपका लागि धेरै काम गरेको छ। इन्स्टाग्रामको जस्तै पानारोमा तथा स्क्वायर फोटोको लागि अलग बटन व्यवस्थित गरिएका छन्। आइओएस सेभेनले एकै समयमा खिचेका फोटोलाई कलेक्सन वा अलग फोल्डरमा व्यवस्थित गरिदिन्छ। आइ क्लाउड प्रयोग गरी आइओएस सेभेनमार्फत् तपाईंले साथीहरूको कलेक्सनमा पनि फोटो एड गर्न सक्नुहुनेछ। यसमा फिल्टर गर्ने नयाँ सुविधा पनि थपिएको छ।

इन कार ड्यासबोर्ड

आइओएसको महत्वपूर्ण लक्षित समूह कार चालक पनि हुन्। सन् २०१४ सम्म बीएमडब्लुजस्ता कारमा यो उपलब्ध हुनेछ। 'इन कार ड्यासबोर्ड' मा आइओएस इन्टरफेसलाई एडप्ट गर्न सक्ने क्षमता छ। यसले ड्राइभ गरिरहेका बेला पनि सुरक्षित रूपमा फोन गर्न, मन परेको संगीत सुन्न, मेसेज पठाउन र प्राप्त गर्नका साथै बाटोको दिशा पत्ता लगाउन सघाउनेछ।

वेदर एप

याहूले हालै एप्पल डिजाइन अवार्ड जित्नेगरी फिल्कर इनहान्स्ड आइओएस एप रिलिज गरेपछि एप्पललाई आइओएस नयाँ भर्सनमा सुधार गर्न जरुरी थियो। त्यसैले आइओएस सेभेनको वेदर एपमा एप्पलले निकै मेहनत गरेको छ। अझ एनिमेटेड बनाइएको वेदर एपकोे ट्याबमा जुन सहरको नाउँ राख्नुहुनेछ त्यहाँको मौसमी विवरण सजिलै पाउनुहुनेछ।

आइओएस सेभेनले आइफोन फोर, फोर एस, आइफोन फाइभ साथै फिफ्त जेन आइपड टच, आइप्याड टु, फोर्थ जेन आइप्याड र आइप्याड मिनीमा काम गर्नेछ। यो साता आधिकारिक रूपमा सार्वजनिक गरेको भए पनि प्रयोगकर्तासम्म आइपुग्न शिशिर ऋतु पर्खनुपर्नेछ।

Exchange Rate for 08 August, 2013 "आजको विनिमयदर.

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
U.S. dollar
1
97.40
98.00
European euro
1
129.29
130.09
UK pound sterling
1
149.03
149.95
Swiss franc
1
104.93
105.58
Australian dollar
1
87.05
87.59
Canadian dollar
1
93.43
94.00
Singapore dollar
1
76.83
77.31
Japanese yen
10
10.04
10.10
Chinese renminbi (Yuan)
1
15.92
16.02
Saudi Arabian riyal
1
25.97
26.13
Qatari riyal
1
26.75
26.91
Thai baht
1
3.10
3.12
UAE Dirham
1
26.52
26.68
Malaysian ringgit
1
29.93
30.31
South Korean Won100
8.71
8.77

मोबाइल एपले नै गर्छ स्वास्थ्यको ख्याल

नयाँ नयाँ मोवाइल एप बनाउने क्रम तीब्र रुपमा बढ्दै गइरहेको छ। यही क्रममा केही यस्ता एप पनि बनेका छन् जसले मानव स्वास्थ्यको ख्याल राख्ने दावा गरिएको छ। यस्ता केही एप जसले तपाइँको दौडधुपपूर्ण जिन्दगीको ख्याल राख्ने छन् भने स्वास्थ्यलाई दुरुस्त राख्नको लागि सुझाव पनि दिने छन्।
रनकिपर
   
  1. जीपीएस ट्रयाक रन वाक नामको यो एप डाउनलोड गरेपछि तपाइँको स्मार्टफोन फिटनेस ट्रेनर बन्ने छ। यसले घुम्ने, साइकल चलाउने, पैदल यात्रा वा बाइक चलाउने समयको गति र आफूले पार गरेको दुरी, समय र त्यसको लागि खर्च भएको क्यालोरीपत्ता लगाउन सक्नेछ। यो एपले मानिसको हृदयको गति माथि पनि ध्यान राख्ने दावी यसका निर्माताको छ। आफ्ना पछिल्ला गतिविधि र तथ्यहरु त्यसको विश्लेषण पनि ग्राफमार्फत् जान्न सकिनेछ।
  1. अकपेडो पिडोमिटर

यो यस्तो ग्याजेट हो जसले तपाइँका हरेक पाइला गन्ने गर्छ। यो एपको माध्यमबाट तपइँले आफ्नो हरेक पाइलाको र पार गरेको दुरीको बारेमा जानकारी हासिल गर्न सक्नु हुनेछ। तपाइँ रोकिएपछि यो एपले पनि गन्न छोड्नेछ। तर यो यसले कुनै कुनै फोनमा काम नगर्ने बताइएको छ। किन भने यसमा जी–सेन्सरको ब्यवस्था गरिएको छ। कुनै फोनले स्ट्याण्डबाइ मोडमा जी–सेन्सरलाई सर्पोट गर्दैनन्। अर्को कुरा अलि खुला पकेटमा तपाईले फोन राखेको खण्डमा पाइलाको गन्तीमा फरक पर्न सक्छ।
स्ट्रेवा साइक्लिङ
जीपीएस राइडिङले साइकल चलाउनेहरुको लागि मद्दत गर्नेछ। यसले साइकल चलाउने समयमा तपाईको क्षमता प्रदर्शन बारे मुल्याङकन गर्नेछ। यसले मुटुको धड्कन, गति र खर्च भएको क्यालोरीमो बारेमा पनि जानकारी राख्नेछ।
  1. स्पोर्टस ट्रयाकर
यो एप दौडने, साइकल चलाउने, पर्वतारोहण, उडान भर्ने समयमा तपाइको मुटुको स्वास्थ्य बारे ख्याल राख्नछ। यसको मद्दतले मुटुको धड्कन, श्वासप्रश्वासको रफ्तार, शरीरको तापक्रम र आवाजमा आउने कम्पनको बारेमा जानकारी दिनेछ। साथै मौसमको जानकारी पनि दिनेछ।

मोबाइल सेवा अवरुद्ध भए, स्वीच अफ गर्नुहोस्

मोबाइल सेवा प्रदायक नेपाल टेलिकमले काठमाडौंको मोबाइल नेटवर्कमा बुधबार, बिहीबार र शुक्रबार अवरोध आउन सक्ने बताएको छ। टेलिकमले सेवा सुधारको क्रममा केही क्षेत्रहरुको मोबाइल नेटवर्कमा समस्या आउन सक्ने भन्दै उपभोक्तालाई अग्रिम सचेत गराएको हो।
   
उपत्याकामा जिएसएम मोबाइल सेवाको संख्यात्मक विस्तार र गुण्स्तर सुधार तथा नेटवर्क अपडेट गर्ने प्रक्रियाका क्रममा जिएसएम मोबाइलमा सेवा अवरुद्ध हुनसक्ने उल्लेख गरेको छ।

बुधबार वल्खु, कुलेश्वर, ट्याङलाफांट, कलंकी, धोवीघाट, गुर्सिङ्गाल, मलपोखरी आसपासका क्षेत्रहरुमा समस्या आउन सक्नेछ भने बिहीबार वाफल, कलंकी, कुलेश्वर हाइट, रविभवन, स्युचाटार क्षेत्रमा सेवा अवरुद्ध हुनसक्ने छ। यसैगरी शुक्रबार अनामनगर, भृकुटीमण्डप, कालीकास्थान, सिंहदरबार, माइतीघर, बबरमहल वरिपरिका क्षेत्रमा समस्या आउन सक्ने टेलिकमले जनाएको छ।

सेवामा समस्या देखिएमा मोवाइल सेट स्विच अफ गरी आन गर्न टेलिकमले आग्रह गरेको छ। यति गर्दा पनि समस्या समाधान नभए १४९८ मा सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।

सुधारको समयमा डाटाको शुल्क तत्काल काटिने छैन। करिब आघा घण्टा पछि मात्र काटिनेछ। यो प्रिपेड मोवाइलमा तत्कालका लागि ब्यालेन्स नभएमा ४० रुपैंया क्रेडिड लिमिट उपलब्ध गराउने र पछि रिचार्ज गर्ने ब्यालेन्सबाट उक्त रकम चुक्ता गर्ने टेलिकमले जनाएको छ।

डाटा प्रयोगकर्ताका लागि समस्या आए APN Ntnet वा Ntwap सेटिङ गर्न पनि टेलिकमले आग्रह गरेको छ।

Tuesday, August 6, 2013

कस्ता कस्ता पेनड्राइभ (फोटोफिचर सहित)!

सूचना प्रविधिको क्षेत्रमा विश्वमा द्रुततर विकाश भैरहेको छ । इन्टरनेट मानिसको दैनिकी बनिरहेको छ भने ग्याजेट जिवनको अभिन्न अंग । इलेक्ट्रोनिक ग्याजेट विनाको जिन्दगीको कल्पना समेत गर्न नसकिने अवस्थाको सिर्जना भएको छ आजको विश्वव्यापीकरणको दुनियामा ।
p1
सूचना प्रविधिको क्षेत्रमा भएको विकाश सँगै ग्याजेटमा पनि चामत्कारिक विकाश भएको छ । अहिले इलेक्ट्रोनिक डाटा संचयको लागि पेनड्राइभ निकै सजिलो तथा लोकपि्रय ग्याजेट बनेको छ । प्राविधिक रुपमा यसलाई युएसबी फ्लास ड्राइभ भनिन्छ । युएसबीको पूरा अर्थ युनिभर्सल सिरियल बस हो । अहिले १०२४ जिबी अर्थात् १ टेराबाइट डाटा अट्ने पेनड्राइभ समेत बनिसकेका छन् । पेनड्राइभको क्षमता विस्तार मात्र होइन यसको आकार प्रकार वा ढाँचालाई समेत कलात्मक बनाउन थालिएको छ । केही डिजाइनरले पेनड्राइभमा अनौठा डिजाइन थप्ने गरेका छन् । हेरौँ अनौठा पेनड्राइभ
p2 p3 p4 p5 p6 p7 p8 p9 p10 p11 p12 p13

टेलिकमको थि्रजी सेवामा चमत्कारिक सुधार

NTC२२ साउन, काठमाडौं । राजधानीमा नेपाल टेलिकमको जिएसएम थि्रजी इन्टरनेट सेवामा चमत्कारिक सुधार आएको छ । टेलिकमले थि्रजीका पुराना बिटिएस परिवर्तन गरी त्यसका ठाउँमा नयाँ बिटिएस प्रतिस्थापन गरेपछि थि्रजी सेवामा चमत्कारिक सुधार आएको हो । अहिले बिटिएस प्रतिस्थापन गरेका स्थानहरुमा थि्रजी इन्टरनेट सेवा निकै फास्ट चल्न थालेको छ ।
गुणस्तरिय सेवा दिन नसकेर सधै आलोचना खेप्दै आएको टेलिकमले पछिल्लो समय सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । राजधानीमा २ सय ६५ बिटिएस परिवर्तन गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । करिव २ हप्ता अगाडीदेखि बिटिएस परिवर्तन गर्न थालेको टेलिकमले अहिलेसम्म विभिन्न स्थानमा ७० वटा परिवर्तन गरिसकेको उहाँको भनाई छ । कीर्तिपुरबाट बिटिएस परिवर्तन गर्न सुरु गरेको टेकिमले पाटन, स्विचाटार, कोटेश्वर, कुमारीपाटी, सानेपा, नक्साल, बानेश्वर लगाएतका ठाउँमा बिटिएस परिवर्तन गरिसकेको छ ।
बिटिएस परिवर्तन गर्ने काम सकिएपछि राजधानीमा थि्रजी सेवामा ठूलो सुधार आउने टेलिकमका इञ्जिनियर निर्मल घिमिरले बताउनुभयो । अत्यन्त न्यून गतिमा सञ्चालन भइरहेको थि्रजी इन्टरनेट सेवा बिटिएस परिवर्तन गरेपछि ८ एमबिपिएसको उच्च गतिसम्म चल्न सक्ने टेलिकमको दाबि छ । टेलिकमले राजधानीमा बिटिएस फेर्ने कास सिध्याएपछि पोखरामा सुरु गर्ने बताएको छ ।
मोबाइलमा थि्रजी इन्टरनेट उच्च गतिमा चल्न थालेपछि राजधानीबासी दङ्ग पर्न थालेका छन् ।

Monday, August 5, 2013

फ्री मा डाउनलोड गर्नुहोस एन्टीभाइरस, माइक्रोसफ्ट

यो आफ्नो कम्प्युटरमा राख्नका लागि  download    गर्नुहोस्। डाउनलोड पुरा भएपछि डबल क्लिक गरेर इन्ष्टल गर्नुहोस्।

Get Nimbuzz

Nokia 2700-classic instructions

Download the files to your computer and transfer to your mobile phone via Bluetooth or USB cable.
Transfering and installing
Download the following file(s): Nimbuzz.jad
Nimbuzz.jar
Transfer them to your phone using Bluetooth or a USB cable.
Locate and open the JAD file on your mobile phone to install Nimbuzz manually.
When the installation is complete you have to create your account. This can be done on your phone, or, more conveniently, on this website by clicking the button below.

'क्रिस ३'को ट्रेलर सार्वजनिक

बहुप्रतिक्षित बलिउड फिल्म 'क्रिस ३'को ट्रेलर सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म 'कोइ मिल गया'को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले 'क्रिस' फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा 'एलियन'बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले साइन्स फिक्सनलाई नै निरन्तरता दिएका छन्।
आउँदो तिहारमा रिलिज हुनेमा फिल्ममा ऋतिक रोशन, प्रियंका चोपडाको अलवा कंगना रनावत र विवेक ओवरायलाई पनि हेर्न सकिन्छ। कोइ मिल गयामा ऋतिक रोशन र प्रिती जिन्टाले अभिनय गरेका थिए। क्रिसमा भने ऋतिकसँग प्रियंकाले अभिनय गरेकी थिइन्। राकेशले प्रियंकालाई क्रिस ३ मा पनि निरन्तरता दिएका छन्। ट्रेलर हेर्नुस् :

पारामाउण्टले मोबाइल सेलमा राख्ने

Mobile-Phone
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आˆना आउटलेट खोलेर मोबाइल बिक्री गरिरहेको पारामाउण्ट इन्टरनेशनल इलोक्ट्रोनिक्सले तीज अफरअन्तर्गत उच्च डिस्काउन्टमा सेट बिक्री गर्ने जनाएको छ । पारामाउण्टका आउटलेट महावौद्ध, लगनखेल र ताम्राकार कम्प्लेक्सबाट यो छुटको व्यवस्था गरिएको हो ।
हिन्दू महिलाहरुको महान् चाड तीजको अवसरमा न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा साउन २३ गतेदेखि १ महिना मोबाइल मर्मतमा लाग्ने शुल्क नलिने र कुनै सामान परिवर्तन गर्नुपरेमा ५० प्रतिशत छुट दिने पारामाउण्टले जनाएको छ । मोबाइल एसेसरिजमा ५० प्रतिशत छुट र सबै मोबाइलका ब्राण्डहरुमा १० प्रतिशत छुट दिएको विज्ञप्तिमा उल्लेख छ ।
महावौद्धस्थित मोबाइल हाउसमा रहेको पारामाउण्ट होलसेलबाट खुद्रा बिक्रेताहरुलाई पनि मोबाइल तथा एसेसरिजमा स्टक रहुन्जेलका लागि भारी छुटमा खरिद गर्न सकिने कम्पनीको भनाइ छ । लाभा, जिफाइभ, डिटिसी, नोकिया, सामसुङ, कार्बन र कलर्सका मोबाइल उपलब्ध हुनुको साथै भारत र चीनमा उत्पादित अन्य सस्ता मोबाइल पनि रहेका बताइएको छ ।

जापानले बोल्ने रोबर्ट अन्तरीक्षमा पठायो

अन्तरिक्ष विज्ञानमा जापानले नयाँ हलचल ल्याइदिएको छ। उसले पहिलो पटक अन्तरिक्षमा बोल्ने रोबोट पाठाएको छ। अन्तरिक्षयात्री कोची वकाटाको साथीको रुपमा रोबर्टलाई अन्तरिक्षमा पठाइएको हो। १३ इन्चको किरोबोले जापानको तानेगाशिमा द्धीपबाट उडान भरेको छ। ९ अगस्टमा आइएसएसमा पुग्ने बताइएको छ।


किरोबो एउटा शोधको खण्ड भएको बताइएको छ। लामो समयसम्म एक्लै रहने मानिससँग मेसिनले कसरी भावनात्मकरुपमा काम गर्छ भन्ने यसले प्रमाणित गर्ने बताइएको छ। यो रकेट आइएसएसमा काम गरिरहेका छ। स्थायी कर्मचारीका लागि पिउने पानी, खाना, कपडा र अन्य कामका उपकरणहरु लिएर गएको हो।


यो सानो रोबोटको तौल एक किलो छ। यसले केही मात्रामा शारीरिक काम पनि गर्न सक्छ। यसको डिजाइनको प्रेरणा एनिमेटेड क्यारेक्टर एस्ट्रो बायबाट लिइएको बताइएको छ। किरोबोले जापानीज भाषामा कुरा गर्ने बनाइएको छ। यसले आफूसँग भएको कुराकानीको रेकर्ड पनी गर्ने गर्छ।


किरोबो मेसिन र मानिसको बीचमा मध्यस्थकर्ताको रुपमा काम गर्नेगर्छ। यसले कन्ट्रोलरुमा प्राप्त हुने खबरहरु अन्तरिक्षयात्रीलाई दिनेछ। नौ महीनाभन्दा धेरै समयसम्म किरोबोको विश्वसनीयताको परीक्षण गरिएको थियो। किरोबोको जोडा रोबोट मिराटा पृथ्वीमानै रहेको छ। उसले आफ्नो जोडी रोबोटको अन्तरीक्षमा हुने कुनै पनि किसिमको इलेन्ट्रोनिक्स गडबडीको ध्यान राख्नेन गर्छ।

फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस् -

सामाजिक सञ्जाल प्रयोग रमाइलै छ। त्यसलाई सही तरिकाबाट प्रयोग गर्ने हो भने ब्यक्तित्व विकासमा पनि सहयोग गर्छ। कतिपय राजनीतिक आन्दोलन र लोकल्याणका काम पनि समाजिक सञ्जालले सघाएका उदाहरण छन्। तर यसको लतमा फसियो भने आफ्नो दैनिक कामै अस्तव्यस्त हुने खतरा पनि उत्तिकै छ। यसले तपाईको ब्यक्तिगत समय र सान्त दिमागलाई बर्वाद गर्दिनसक्छ। 

कतिपय अवस्थामा महत्वपूर्ण कामै छुटाइदिन्छ। फेसवुक, ट्वीटर र युट्युबका प्रयोगकर्ता विश्वमै बढी छन्। सामाजीक सञ्जालको लत किशोर अवस्थामा छिटो पर्छ तर यसको लतबाट प्रौडहरु पनि बच्न सकेका छैनन्। कसरी छुट्याउने त यसको लतमा परेको रु कृपया तलका बुँदा पढ्नुहोस् कतै तपाइँ सामाजिक सञ्चालको ुएडिक्टु त बन्नु भएको छैनरु

१० विहान उठ्नासाथ फेसवुक स्ट्याटस अपडेटलाई मुख्यकामको रुपमा लिने। सुत्न जानु अघि पनि स्ट्याटस परिवर्तन गर्न नभुल्ने।

२० ब्यस्त भएको समयमा पनि मोवाइल वा ट्याबमार्फत् लाइक, कमेन्ट हेर्न नछुटाउने र त्यसको रिप्लाई पनि गरिहाल्ने। विभिन्न साइनहरु पनि पोष्ट गर्ने।

३० बिदा मनाएर नफर्कदै विदामा खिचिएका तस्विरहरु सोसल मिडियामा पोष्ट गर्न हतारिने। तपाइँको ुहोलीडेु प्रति संसार नै आकर्षित छ कि जस्तो गरी होलीडेकै समयमा निरन्तर फेसबुक अपडेट गरिरहने।

४० दैनिक रुपमा साथीहरुको न्युजफिड र नयाँ तस्विरहरु अपडेट भएकी भन्दै साथिहरुको पेज चेक गरिरहने। कसको पेजमा के अपडेट गरिएको छ भन्दै चासो दिएर हेर्ने।

५० ट्वीटरमा अरुले गरेका ट्वीटलाई रिट्वीट गर्ने, रिप्लाई गर्ने प्रक्रियालाई दैनिक रुटिङ नै बनाउने। आफ्नो काम विग्रेको थाहा पाउँदा पाउँदै पनि यी कामहरु गर्न नछाड्ने।

६० मोबाइलको पैसा फोन नगरी सकिने स्थिति किनभने मोबाइलबाट सोसल मिडिया बढी र फोन कम प्रयोग हुनु। ड्राइभिङ, खाने समय, काम गर्ने समय र सुतेको समयमा पनि मोवाइलमार्फत् अनलाइनमा बसिरहने।

७० ब्रेकिङ न्युज जसरी स्ट्याटस अपडेट गर्ने। बाटोमा हिंड्दै गर्दा अचानक आउने कुराहरु, मिटिङ, लन्च, ट्राफिक जाम जस्ता कुराहरुलाई स्ट्याटस बनाउने।

८० इन्गेजमेन्ट मिति, एनिभरसरी मिति, वैवाहिक कार्यक्रम र सम्वन्ध विच्छेदका कुराहरु लेख्ने पेल्टफार्म सोसल मिडियालाई बनाउने।

९० राती सुतिरहेको समयमा अचानक ब्युझिनुभयो भने फेसवुक वा ट्वीटर एकाउन्ट फोनमा चेक गर्न नबिर्सने।

१०० सामाजिक सञ्जालमा राख्ने तस्विरलाई मिलाउनको लागि र इफेक्ट दिनको लागि लामो समय फोटोसपमा समय खर्चने। भरर्चुअल आइडन्टीटी नै गुम्ने गरी नै तस्विरमा इफेक्ट दिने जसले गर्दा तस्विर नाटकीय बनोस्।

११० युटुवमा दोहोर्‍याइ दोहोर्‍याइ भिडियो हेर्ने र साथीलाई उसको आग्रह बिना नै भिडियो सेयर गरिदिने।

Sunday, August 4, 2013

जति हेर्यो उति हेरेउ लाग्ने - पार्वती राइ र शंखर बिसी को डान्स गीत

जति हेर्यो उति हेरेउ लाग्ने - पार्वती राइ र शंखर बिसी को डान्स गीत

तिज गित हेर्नुहोस् र मजा लिनुहोस् धमाकेदार डान्स >>>>>

तिज गित हेर्नुहोस् र मजा लिनुहोस् धमाकेदार डान्स >>>>>

Download Free Software – Freewares for PC and Laptops




Are you looking for free software to download and use in your computer or Laptops? You are at right place because we provide you to download free windows software and applications of wide range. Either its for emailing to someone or connecting to any website we need software and Browsers. Lot of software also known as Freewares are available to download and use for Free although some softwares provide us some trial period to test them before purchasing. Here you can download wide range of software like: Anti Spywares, Firewalls, Networking & Admin, Antivirus Software, FTP Clients, PPPoE Client Software, Audio & Video, Imaging, Reader, CD and DVD Tools, Internet Browsers, Utilities, Drivers, Malwares, Virus Definitions, Email Software, Messengers, Virus Removal Tools and Multimedia software available for download by Worldlink.com.np one of the reknown ISP of Nepal.
To Download : Right Click and Save Target as or Save Link as

Welcome to WorldLink's Download page !
Please select and click to download the software you want from the list below. When the 'Save As' dialog box appears, choose the desired destination in your computer to save the Setup file and click on 'Save' .
Multimedia
Online Drives
   
     
Anti Spyware
a-squared Free 4.5.0.27 (Freeware,File ZIP) 82.1 MB
Ad-Aware Antivirus Free 10.5.3.4405 (Freeware ) 19.1 MB
BitDefender 10 (Freeware,File ZIP)  21.0 MB
ClamWin 0.97.8 (Open Source,) 67.1 MB
CCleaner 4.0.3 (Freeware,) 4.19 MB
CWShredder 2.19 (Freeware) 0.5MB
HijackThis 2.0.4 (Freeware) 1.33 MB
Rootkit Revealer 1.71 (Freeware,File ZIP) 0.22 MB
Security Essentials 4.2.0223.0(Freeware,File ZIP) 12.8 MB
Spamihilator 1.5.0 (Scans Emails) (Freeware) 2.29 MB
Spybot Search & Destroy 2.1(Freeware) 34.5 MB
SpywareBlaster 5 (Freeware) 3.90 MB
Spyware Terminator 3.0.0.82 (Freeware) 4.81 MB
SuperAntiSpyware 5.6.1020 (Freeware) 24.49 MB
Malwarebytes Anti-Malware 1.75 (Shareware) 9.8 MB
Windows Defender 1.1.1593 (Freeware,File ZIP) 4.36 MB
WinPatrol 28.5.2013.0 (Freeware) 898 KB
     
Antivirus Software
ESET NOD32 Antivirus 6 (Evaluation copy) 48.9 MB
ESET NOD32 Antivirus 6 (64Bit) (Evaluation copy) 55.6 MB
ANTIDOTE for PC Viruses (Freeware,File ZIP) 6.57 MB
AntiVir Personal 12.0.0.898 (Freeware,File ZIP) 94.5 MB
Avast! Free Antivirus 8.0.1489 (Freeware,File) 112 MB
AVG FreeEdition 2013 3349(32-bit,Freeware,) 133 MB
AVG Free 2013 3349a6461 (64-bit,Freeware,) 145 MB
Avira 2013 (Freeware) 1.99 MB
Cloud Antivirus 2.2.0(Freeware) 45.71 MB
USB Disk Security 6.4.0.1 (Freeware) 3.82 MB
     
Security Tools
Folder Lock 7.1.1 (Freeware) 9.16 MB
File locker(Freeware) 4.45 MB
Folder Guard (Freeware) 623 KB
     
 Audio & Video  
Any Video Converter 3.3.5 (Freeware,File RAR) 22.6 MB
Foobar2000 1.1.12 beta 2 (Freeware,File RAR) 3.10 MB
iTunes 11.0.4 (32bit) (Freeware,File ) 84.98 MB
iTunes 11.0.4 (64-bit) (Freeware,File) 86.7 MB
K-Lite Codec Pack (Full,File RAR) 19.7 MB
MediaMonkey 4.0.7.1511 (Freeware,) 14.37 MB
Shockwave Player 11.6.4.634 (Freeware,File RAR) 11.8 MB
     
 CD and DVD Tools  
CDBurnerXP 4.4.0.2905(Freeware,File RAR) 4.66 MB
DeepBurner 1.9.0.228 (Freeware,File RAR) 2.64 MB
DVD Shrink 3.2.0.15 (Freeware,File RAR) 1.04 MB
ImgBurn 2.5.7.0 (Freeware,File RAR) 5.82 MB
Nero BurnLite 10.0.10600 (Freeware,File rar) 30.3 MB
     
 Drivers  
ATI Catalyst Drivers 8.12 XP (Freeware,File RAR) 36.4 MB
Java Runtime Environment 1.7.0.3 (32-bit) (Freeware) 17.0 MB
Java Runtime Environment 1.7.0.3 (64-bit)(Freeware) 18.3 MB
Direct X(Freeware) 95.62 MB
     
Email Software
Eudora 8.0.0 Beta 9 (Freeware,File RAR) 9.48 MB
IncrediMail 2 Build 5260(Freeware,File RAR) 11.9 MB
Thunderbird 17.0.7 (Freeware) 18.91 MB
Firewalls
Comodo Internet Security 6.2.285401 (Freeware) 142 MB
Ghostwall (Freeware) (for setting click here) 656 KB
Kerio Personal Firewall (Evaluation version) 7.22 MB
Omniquad Personal Firewall (Freeware) 9.04 MB
Outpost Firewall 6.51 (Freeware) 16.63 MB
PeerGuardian 2.0 Beta 6c 1.59 MB
Primedius Firewall Lite (Freeware) 6.68 MB
R-Firewall (Freeware) 3.83 MB
SensiveGuard (Freeware) 1.45 MB
Sunbelt Personal Firewall 4.6.1861 (Freeware) 5.72 MB
Sygate Personal Firewall 5.6.2808 (Freeware) 8.80 MB
ZoneAlarm Free 11.0.000.504 (Freeware) 109.4 MB
FTP Clients
CuteFTP 8.3.2 Home (Freeware) 6.83 MB
Core FTP LE 2.1 (Build 1631) (Freeware) 3.34 MB
FileZilla 3.7.1.1 (Freeware) 1.03 MB
FlashGet 1.9.6.1073 (Freeware) 4.43 MB
FTP Commander 7.50 (freeware) 656 KB
FTP Surfer 1.0.7 890 KB
i.Ftp v1.99 736 KB
SmartFTP 4.0.1066.0 (Freeware) 11.0 MB
Total Commander 8.01 32bit(Shareware) 3.29 MB
Total Commander 8.01 64bit(Shareware) 4.13 MB
     
 Windows Service Packs  
Microsoft .Net Framework 3.5 sp1 2.82 MB
Microsoft .Net Framework 4.5 982 KB
     
 Imaging  
Picasa 3.9 Build 135.80 (Freeware) 13.6 MB
IrfanView 4.36 (Freeware) 1.76 MB
WinSnap 4.0.8 (Shareware) 2.31 MB
     
Internet Browsers and Plugins
SeaMonkey 2.19 (Freeware) 21.25 MB
Adobe Air 1.5.1 (Freeware) 15.0 MB
Avant Browser 2013 Build 110 (Freeware) 4.28 MB
Flash Player 11.8 beta (IE) (Freeware) 16.76 MB
Flash Player 11.8 beta (other browsers) (Freeware) 17.33 MB
Mozilla Firefox Setup 22(Freeware) 20.82 MB
Google Chrome 17.0.963.12 Beta 26.2 MB
Internet Explorer 8 Windows XP 16.10 MB
Internet Explorer 11 developers preview Windows7 27.79 MB
Internet Explorer 11 developers previewX64 Windows7 54.38 MB
Internet Explorer 10 Windows 7 (32 bit) 21.99 MB
Internet Explorer 10 Windows 7 (64 bit) 42.28 MB
KidRocket 1.5.0.205 (Freeware) FOR KIDS 5.06 MB
Maxthon 3.1.8.1000 (Freeware) 17.2 MB
Netscape 9.0.0.6 (Freeware) 5.77 MB
Opera 15.0.1147.148 (Freeware) 29.58 MB
Safari 5.1.7 (Freeware) 36.71 MB
The Bat 3.0 (Evaluation Version) 8.2 MB
     
Malwares
Assassin (Freeware) 5.98 MB
Malwarebytes Anti-Malware 1.75 (Freeware) 9.80 MB
Microsoft Malicious Software Removal Tool 1.15 (Freeware) 1.72 MB
RemoveIT Pro (Freeware) 495 KB
Unlocker 1.9.2 (Freeware) 1.03MB
     
Messengers
AIM 8.0.1.5 (Freeware) 18.21 MB
AMSN Messenger 6.18 MB
Google Talk (Freeware) 1.27 MB
ICQ 8 (Freeware) 33.9 MB
MSN Live Messenger 2012 installer 1.18 MB
MSN Messenger 2011(Freeware) 17.2 MB
NimBuzz 2.5.2 (Freeware) 17.46 MB
Pidgin 2.10.7 (Freeware) 9.03MB
Skype6.6.0.106 (Freeware.File ) 1.42MB
Thunderbird 3.1.10(Freeware) 9.04 MB
Trillian Astra 5.3.0.16 21.18 MB
Windows Live Messenger 2009 (14.0.8064) 1.09 MB
Yahoo! Messenger 1150 18.4 MB
Yahoo! Messenger 11.5.0.228 (Freeware) 18.47 MB
     
Multimedia
AIMP 2.61.583 (Freeware) 7.60 MB
BSplayer 2.5.7.1051 (Freeware) 13.8 MB
DirectX 9.0c (Jun 10) 95.6 MB
DivX Play 9.1.2 (Freeware) 70.89 MB
GOM Player 2.1.50.5145 (Freeware) 10.64 MB
JetAudio 8.0.17 Basic (Freeware) 34.22 MB
Macromedia Shockwave (Freeware) 4.58 MB
QuickTime 7.7.4 for Windows (Freeware) 39.48 MB
RealPlayer 16.0.2.32 (Freeware) 36.64 MB
Songbird 2.2.0-2453(Freeware) 15.05 MB
VLC Media Player 2.0.8(Open Source) 21.93 MB
Winamp 5.65 Full (Freeware) 16.84 MB
Windows Media Player 11 (Freeware) 24.5 MB
XnView 2.04 (Freeware) 4.5 MB
 
Networking and Admin
2.54 MB
4.10 MB
1.76 MB
6.58 MB
6.25 MB
VNC Viewer 268 KB
 
PPPoE Client Software
Download (For Linux) 188 KB
Download (For Windows) 326 KB
     
Reader
Adobe Reader 10.1.1 (freeware) 46.2 MB
Foxit Reader 6.0.5.0618 (Freeware, File RAR) 28.58 MB
OpenOffice.org 3.4.1(Freeware, File RAR) 129.6 MB
     
Online Drives
SkyDrive (Freeware) 5.75 MB
DropBox 2.0.26 (Freeware, File RAR) 31.4 MB
Google Drive (Freeware) 30.12 MB
     
Maintenance and Optimisation
CPU-Z 1.65 (Freeware) 1.37MB
Defraggler 2.15.741 (Freeware, File RAR) 3.91 MB
Auslogics Disk Defrag 3.6.1.0 (Freeware,File RAR) 7.49 MB
MyDefrag 4.3.1 (Freeware, File RAR) 1.98 MB
     
Download Accelerators
Download Accelerator plus10.5 (Shareware, File RAR) 2.08 MB
Free Download Manager 3.9.2 build 1303(Freeware) 1.36 MB
FlashGet 3.7.0.1220 (Shareware, File RAR) 6.07 MB
     
Utilities
Add-Remove Plus 2004 (Shareware/Win XP) 840 KB
Autoruns 11.62 (Freeware, Zip) 537 KB
CutePDF Writer 3 (Freeware, File RAR) 4.48 MB
Evernote 4.6.6.8360 (Freeware, File RAR) 52.50 MB
Flock 2.6.1 (Freeware) 10.95 MB

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center