हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 9, 2013

आइफोन लाइटका तस्विर 'लिक' भए (फोटो सहित)

आइफोन लाइटका तस्विर 'लिक' भए (फोटो सहित)
आइफोन फाइभलाई तपाइँ कतिसम्म तिर्न तयार हुनुहुन्छ? धेरै हतार नगर्नोस् एप्पलले आइफोन फाइभ जस्तै लाग्नै सस्ता आइफन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। एप्पलले सार्वजनिक गर्नु अगावै ग्याजेटको चियोचर्चो गर्ने अमेरिकी मिडियामा सस्ता आइफोनको तस्विरहरु सार्वजनिक भएका छन्।
एप्पललाई पत्तो नदिइ सार्वजनिक भएका सस्ता आइफोन स्क्रिनमा आइओएस सेभेन प्रयोग भएको देखिएको छ। डिजानइन तथा रंगहरु निकै आकर्षक रहेका सस्ता आइफोनको नाम 'आइफोन लाइट' रहने बताइएको छ।

एप्पलले यो वर्ष आइफोनका २ मोडल ल्याउने चर्चा रहेकोमा ती मध्ये एक आइफोन लाइट हुने अमेरिकी ग्याजेट समीक्षकहरुले बताउँदै आएका छन्। अर्को आइफोन फाइभ एस हुने उनीहरुको भनाइ छ। स्मार्टफोन निर्माता सामसङले धेरै सस्ता स्मार्टफोन उत्पादन पनि उत्पादन गरी विश्व बजारको ठूलो हिस्सा ओगटेपछि एप्पलले सस्ता आइफोन ल्याउन लागेको हो।


यस्तै होला त आइफोन लाइट?

क्यासिङ (बाहिरी बक्स) धातुको नभइ प्लाष्टिकको हुने आइफोन लाइट रेम्बो कलरमा उपलब्ध हुनेछन्। लिक भएका आइफोन लाइटहरु रातो, पहेँलो र हरियो रंगका छन्। आइफोन लाइटको डिजाइन फाइभ र एसको जस्तै छ। आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागेको आइफोन लाइट ८ दशमलव ५ एमएमको बाक्लो हुनेछ। एप्पल सफ्टवेयर आइओएसको नयाँ भर्सन आइओएस सभेन अपरेटिङ सिस्टम आइफोन लाइटमा रहेको छ।
iphone2
iphone
एप्पलको चियचर्चो गर्ने म्याकर्‍युमर्सले सार्वजनिक गरेका आइफोन लाइटका तस्विरहरु

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center