नोकियाको नयाँ स्मार्टफोनमा ४१ मेगापिक्सेलको क्यामरा
मोबाइल फोन निर्माता कम्पनी नोकियाले ४१ मेगा पिक्सेल क्यामरा भएको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नोकिया लुमिना १०२० नामको उक्त स्मार्टफोन यतिधेरै शक्तिशाली क्यामरायुक्त पहिलो स्मार्टफोन हो । स्मार्टफोनको क्यामराले रेकर्ड गर्न असम्भव लाग्ने कुराहरु यो नयाँ स्मार्टफोनले रेकर्ड गर्ने दाबी नोकियाको छ ।
सफ्टवेयर विना नै मोवाइलका फोल्डरहरु लुकाउनुस्
मोवाइलमा भएका फोल्डरहरु कसैले नदेख्ने गरी राख्न चाहानुहुन्छ ? राख्न चाहानुभयो भने तपाइ के गर्नुहुन्छ ? फोल्डरहरु लुकाउने कुनै सफ्टवेयरहरु खोज्नुहुन्छ हैन ? अब तपाइले ति सफ्टवेयरहरु खोजीरहनुपर्ने र डाउनलोड गर्नुपर्ने आवश्यकता पर्नेछैन किनकी यहाँ म तपाइलाई कुनैपनी सफ्टवेयरको प्रयोगविना नै मोवाइलमा भएका फोल्डरहरु लुकाउन मिल्ने तरिकाको वारेमा जानकारी दिदैछु । यो तरिका विषेशगरी नोकिया का मोवाइल सेटहरु जसमा जाभा एप्लिकेशन सर्पोट हुन्छ तिनीहरुका लागि हो तर अन्य मोवाइलहरु जसमा जाभा एप्लिकेशनहरु सपोर्ट हुन्छ तिनीहरुमा पनि यो तरिकाले राम्रो काम गर्दछ । अव लागौ कसरी लुकाउने त सफ्टवयेर विना नै मोवाइलका फोल्डरहरु भन्नेतर्फ
नोकिया मोबाईल का केहि महत्वपूर्ण कोडहरु
१ *#06# – Shows your International Mobile Equipment Identity (IMEI) number. २ *#92702689# - takes you to a secret menu where you may find some of the information below: ३ *#2820# – Shows BlueTooth Address for cell phones with Bluetooth. ४ *#7780# – Normal reset, restore your cell phone to factory settings. ५ *#7370# – Deep reset, restore cell phone to factory settings and format all user data. ६ *#0000# – Shows your cell phone’s firmware version. ७ *3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%). ८ #3370# – Deactivate Enhanced Full Rate codec (EFR). ९ *4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30% more talk time). १० #4720# – Deactivate the Half Rate code
तपाईको आईफोन अन्लक गर्न कति पैसा लाग्छ हेर्नुहोस्
तपाईले बिदेसबाट आईफोन लेर आउनु भएको छ र अनलक गर्नु पर्ने छ अनलकगर्न कति पैसा लाग्छ भनेर जन्न मन लागेको छ भने यहाँ क्लिक गर्नुहोस् र तपाईको मोवाईलमा किव्यड नचल्ने,एताको आवाज उता नसुन्ने,उताको आवाज एता नसुन्ने,डिस्प्लेमा लाईट नआउने,मोवाईल अन नहुने र तपाईको मोवाईलमा सफ्टवेयर गएको छ भने र जस्तोसुकै समस्या छ भने आउनुहोस् राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ् हामि तपाईको समस्याको सावधान गर्ने छौँ राज मोवाईल सेन्टर धादिङ् बेसी धादिङ्
काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्
दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ। निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ।
Saturday, September 7, 2013
लेनोभोले ल्यायो नयाँ स्मार्टफोन र ट्याबलेट
Thursday, September 5, 2013
सामसङ स्मार्टवाच कस्ता छन्? (फोटो फिचर)
माइक्रोसफ्ट, एप्पल र गुगललाई पछि पार्दै सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी गियर स्मार्टवाच बजारमा ल्याएको छ। पहिलो पटक बर्लिनको आइएफए टेक सोमा सामसङले स्मार्टघडीलाई पहिलो पटक आधिकारिक प्रदर्शनीमा राखेको छ। यी घडी २५ सप्टेम्बरदेखि बजारमा आउनेछन्।
स्मार्टफोनको दुनियामा सबैभन्दा राम्रो बिक्री बजार बनाउन सफल सामसङले स्मार्टवाचको बजार कस्तो बनाउँछ त्यो भने हेर्न बाँकी छ। तर उ आफ्ना प्रतिस्पर्धीहरुभन्दा अगाडि भएको छ।
यो घडीमा रंगीन स्क्रिन रहेको छ जसले बिभिन्न एलर्टसहरु देखाउन सक्छ। घडी भ्वाइस कलको लागि प्रयोग गर्न सकिने र एप्स पनि चलाउन सकिनेछ। सामसुङले स्मार्टवाचको दौडमा माइक्रोसफ्ट, एप्पल र गुगललाई पछाडि पारेको हो। उसले यो घडीलाई ुफेसन आइकनु भनेको छ।
स्मार्टफोनको बिक्रीको गतिमा कमी आउन थालेपछि बहुराष्ट्रिय प्रविधि उत्पादकलाई प्रयोगकर्ता माझ नयाँ उत्पादन ल्याउने दवाब परिरहेको थियो। नयाँ उत्पादनले बजारलाई आकर्षित गर्ने सामसङको विश्वास छ। यो घडीले सामसुङको स्मार्टफोन वा ट्यावलेटको कनेक्सनमा रहेर मात्र काम गर्नेछ।
प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी डेविस मर्फी ग्रुपका मुख्य प्राविधिक विशेषज्ञ क्रिस ग्रीनले सामसङ स्मार्टफोन वा ट्यावलेटको कनेक्सनमा रहेर मात्र घडीले काम गर्ने हुँदा उपभोक्ता निराश हुन सक्ने बताएका छन्। ुमानिसले स्वतन्त्रपूर्वक काम गर्ने घडी चाहेका छन्ु उनले भने।
यसको तुलनामा सोनीको आउन लागेको स्मार्टवाच(२ ले कुनै कम्पनीको एन्ड्रोइड ४।० वा माथिको अपरेटिङ सिस्टम भएको फोनको कनेक्सनमा रहेर काम गर्न सक्छ। सामसुरुङले अन्य कम्पनीको उत्पादन बढाउन नचाहेर र आफ्नै संसार बनाउन चाहेर स्मार्टवाच सामसुरुङ मै कनेक्सन हुनु पर्ने सिस्टम बनाएको प्रविधि विश्लेसकहरुले बताएका छन्।
सामसुङको स्मार्टवाचको करिब ३ सय अमेरिकी डलर पर्ने बताइएको छ। यसको तुलनामा सोनीको घडी सस्तो छ।
यी दुई स्मार्टवाच बाहेक अर्नेट नामको एक नयाँ कम्पनीले समेत स्मार्टवाच बनाएको छ। जुन लगभग सामसुङकै मूल्यको रहेको छ। यसमा ३ जी सिमकार्ड राख्न सकिन्छ। यो घडी एउटा स्वतन्त्र यन्त्रको रुपमा काम गर्न सक्ने र यसबाट फोन पनी गर्न सकिन्छ।
यो घडीमा ४ सेन्टिमिटरको एलइडी डिस्प्ले, १।९ मेगापिक्सलको क्यामेरा, स्पिकर र माइक्रोफोन रहेको छ। घडीमा ४ जीबीको इन्टरनल मेमोरी छ भने ब्याट्री निकाल्न सकिँदैन। ब्याट्री तीन दिनसम्म चल्ने छ। घडीमा १० टाइम अप्सन र ७० एप्स उपलब्ध छन्।
Wednesday, September 4, 2013
सामसुङले ल्यायो ग्यालेक्सी नोट 3

स्मार्ट बन्नका लागि स्मार्ट फोन
इन्टरनेटको माध्यममा धेरैभन्दा धेरै एप्स चलाउनको लागि सजिलै जहाँपनि लैजान मिल्ने र चाहिएका बेला संसारको सबै जानकारी प्राप्त हुने भएकाले स्मार्ट फोनले उनलाई थप स्मार्ट बनाएको उनको अनुभव छ।
स्मार्टफोनले थप स्मार्ट बनाएको कुरामा पाल्पाका विजय नेपाल पनि सहमत छन्। सोनी एक्सपेरिया सिरिजको फोन बोक्ने उनी भन्छन्, ुस्मार्टफोनमा धेरै एप्स चलाउन पाइन्छ। धेरै जानकारी पाइन्छ।ु सजिलै इमेल चेक गर्न, गीत सुन्न, समाजिक सञ्जालमा भावना व्यक्त गर्न, साथीहरुसँग जोडिरहन उनलाई स्मार्ट फोनले निकै सहयोग गरेको छ। ुअहिले त जता गयो उतै वाइफाई सुविधा छ ु उनले भने ुत्यसैले पनि भाइबर, ह्वाट्सअपजस्ता एप्सबाट साथीभाई सँग मेसेज आदानप्रदान गर्न पनि सजिलो भएको छ। ु
स्मार्टफोन उच्च रिजुलोसनको टचस्त्र्किन भएका आधुनिक मोबाइल फोन हुन्। यसमा वाइफाइ र मोबाइल ब्रोडब्यान्डद्वारा उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ। साथै स्मार्टफोनको अपरेटिङ सिस्टमका आधारमा मोबाइल एप्लिकेसन ९एप्स० बजारबाट चाहिने एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। नेपाली बजारमा गुगलको एन्ड्रोइड, एप्पलको आइओएस, नोकियाको सिम्बियन, माइक्रोसफ्टको विन्डोज फोन र रिमको ब्ल्याकबेरी अपरेटिङ सिस्टमका फोन धेरै प्रचलित छन्। ब्रान्डमा भने एप्पलको आइफोन, नोकिया, सामसङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायतका स्मार्टफोन बजारमा किन्न पाइन्छ। यसबाहेक चिनियाँ स्मार्टफोनहरु पनि नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन्छन्। बजारमा १० हजार देखि १ लाख रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरु पाइन्छ।
ुस्मार्टफोनको सबैभन्दा ठूलो फाइदा भनेको एप्स हो।ु बल्खुुकी अदिती शर्मा भन्छिन्, ुआफूलाई चाहिएको एप्स इन्स्टल गर्यो। आफूलाई कहिलेकाहिँ मात्र चाहिने एप्स पनि चाहिदाँसम्म राख्यो अनि हटायो।ु सामसङ ग्यालेक्सी एस डुअस बोक्ने उनको मोबाइलमा फेसबुकमा च्याट गर्न फेसबुक मेसेन्जर, ट्विटर चलाउन ट्विटडेक, अंग्रेजी डिक्सनेरी, नेपाली पात्रो, भाइवर, फोटो अपलोड गर्न इन्स्टाग्राम, बार कोड स्क्यानरलगायतका एप्स छन्।
बसुन्धाराका इश्वर काफ्ले पनि सोसल मिडियामा ट्विटर, इन्स्टाग्राम चलाउन र गेम खेल्न स्मार्टफोन प्रयोग गर्ने गरेको बताउँछन्। ुअपरझट परेका बेला मोबाइलबाट इमेल चेक गर्न पठाउन सजिलो हुन्छ,ु उनी भन्छन् स्मार्ट फोनको एडिक्सन छुट्टै छु। मोबाइल फोटोग्राफीमा विशेष रुचि भएका उनलाई स्मार्ट फोनले झट्ट फोटो खिचेर इन्सटाग्राम र ट्विटरमा सेयर गर्न सजिलो बनाइदिएको छ। उनी सामसङ एस डुअसको स्मार्टफोन प्रयोग गर्छन्।
बेलायतमा बस्दै आएका काठमाडौं बैद्धका ङवाङ योन्तेन ग्यात्सोको स्मार्ट फोन प्रयोग भने अन्यको भन्दा भिन्न छ। उनले इमेल आदानप्रदान र संसारका विभिन्न जानकारी प्राप्त गर्नका लागि आइफोनको प्रयोग गर्छन्। ुकार्यालय प्रयोजनका लागि बढी प्रयोग हुन्छ। ुसामाजिक सञ्जालको प्रयोग गरी साथीहरुसँग कुराकानी गर्न र विशेष गरी नेपालको खबर पढ्नका लागि सधैं प्रयोग गर्छु ु उनले भने। बैंकिङलगायत अन्य जानकारी प्राप्त गर्नका लागि पनि स्मार्टफोन प्रयोग गर्ने गरेको उनले बताए। आइफोन फाइभ प्रयोग गर्दै आएका उनी सामाजिक कार्यमा समेत सक्रिय छन्। ग्यास्तोले विभिन्न सामाजिक कार्य गर्दा स्मार्ट फोनले सहयोग पुर्याएको बताउँछन्।
मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ
ुएन्ड्रोइड अपरेटिङ सिस्टमु भएका स्मार्ट फोनमा गुगल प्लेबाट सजिलै यो एप्लिकेसन डाउनलोड गर्न सकिन्छ। फेसबुक वा क्यास अन एडमार्फत् लगअन गरेपछि एप्लिकेसन रजिस्टर हुन्छ। आफ्नो नाम, ठेगाना, इमेल, पासवर्ड र जन्ममिति राखेर अकाउन्ट बनाएपछि यो एप्लिकेसन प्रयोग गर्न सकिन्छ। त्यसपछि मोबाइलमा घन्टी बज्नेबित्तिकै स्त्र्किनमा डिजिटल विज्ञापन बज्छ।
विज्ञापन हेर्न मन नभए सोझै फोन उठाउन सक्नुहुन्छ। नत्र कम्तीमा ६ सेकेन्ड त्यही विज्ञापन हेरेबापत् एक अमेरिकी सेन्ट कमाउन सकिन्छ। जति मोबाइल उठाउँदै गयो, अकाउन्टमा उति रकम जम्मा हुँदै जान्छ। कति पैसा जम्मा भयो भन्ने सूचना प्रत्येक कलपछि एप्लिकेसनमै आउँछ। १० डलर जम्मा भएपछि प्रयोगकर्ताले रकम निकाल्नसक्ने कम्पनीले जनाएको छ। रकम निकाल्न इसेवा भने लिनैपर्छ। अन्य देशका लागि पेपल अकाउन्ट पनि प्रयोग गर्न सकिन्छ।
औपचारिक रूपमा केही दिनभित्र सार्वजनिक हुन लागेको यो एप्लिकेसन गुगल प्लेमा राखेको २० दिन भइसक्यो। अहिलेसम्म करिब १० हजार डाउनलोड भइसके। सिरान टेक्नोलोजीले विश्वमै पहिलोचोटि यस्तो एप्लिकेसन निर्माण गरेको दाबी गरेको छ। कम्पनीका अध्यक्ष विश्वास ढकालले डिजिटल विज्ञापनलाई प्रभावकारी बनाउन मोबाइल स्त्र्किनमा विज्ञापन गर्ने एप्लिकेसन निर्माण गरेको जानकारी दिए।
ुयो एप्लिकेसनबाट धेरैभन्दा धेरै समूहमा प्रभावकारी रूपले विज्ञापन गर्न सकिन्छ,ु उनले नागरिकसँग भने, ुस्मार्टफोनको प्रयोग अहिले व्यापक भइसक्यो, अबका दिनमा विज्ञापनको सशक्त माध्यम यही हो।ु
यसअघि आधा दर्जन मोबाइल एप्स निर्माण गरेको सिरान टेक्नोलोजीले क्यास अन एडमा अहिलेसम्म पशुपति पेन्ट्स, कलर्स मोबाइल, बर्जर पेन्ट्स, बजाज मोटरसाइकल, आफ्नै कम्पनी लगायतको विज्ञापन राखेको छ। सम्बन्धित विज्ञापनदाता कम्पनी र एप्लिकेसन कम्पनीबीच सम्झौता भएपछि मोबाइलमा विज्ञापन बज्न थाल्छ। विज्ञापनदाताले तिर्ने शुल्कबाटै प्रयोगकर्तालाई पैसा दिने ढकालले बताए।
कम्पनीले यो एप्लिकेसन एकैचोटि १० भन्दा बढी देशमा सार्वजनिक गर्ने योजना बनाएको छ। ुयसले नेपाली एप्लिकेसनलाई विश्वव्यापी बजारमा पुर्याउने आशा गरेका छौं,ु ढकालले भने।
Tuesday, September 3, 2013
माइक्रोसफ्टले नोकियाको फोन युनिट किन्यो
सन् २०१४ मा यो डिलले पूर्णता पाउने रोयटर्सले जनाएको छ।
फोन युनिट माइक्रोसफ्टले किनेसँगै नोकियाका सिइओ स्टेफन इलोपले माइक्रोसफ्ट जोइन गरेका छन्। ुभविष्यका लागि यो यो निकै बोल्ड कदम होु, स्टेफनले भनेका छन्( ुयो कर्मचारी र सेयरहोल्डर, कम्पनी र उपभोक्ता सबैको विजय भएको छ।ु
सामङ र एप्पलले स्मार्टफोन ल्याएपछि कुनै बेलाको मोबाइल सेटको बादशाह नोकियाको बजार खस्केको थियो।
Sunday, September 1, 2013
अब फेसबुकले अनुहार चिन्नेछ !

किन चाहियो डिजिटल क्यामेरा ?
उनले त्यस क्यामेरामा सिल्बर हेलाइड प्रविधिको रिल हालेर धेरै तस्बिर खिचे । त्यो क्यामेराको डेट एक्स्पायर भएपछि उनले क्याननको डिजिटल सिंगल(लेन्स रिफ्लेक्स ९डीएसएलआर० किनेका छन् । फोटोग्राफीका सौखिन उनी फोटो खिच्नासाथ फेसबुक, इन्स्टाग्राम, फ्लिकरलगायतका साइटमा शेयर गर्छन् । उनलाई त्यसो गर्न अहिले भने स्मार्ट फोनले सघाएको छ ।
ुमोबाइबाट तुरुन्तै सेयर गर्न सकिन्छ,ु उनले आफ्नो स्मार्टफोन देखाउँदै भने, ुबोक्न, खिच्न, शेयर गर्न सजिलो भएकाले कम्युनिकेसनसँगै यस ग्याजेटलाई क्यामेराको रूपमा यसलाई प्रयोग गर्न थालेको छु ।ु उनले विभिन्न समयका क्यामेराको कथा सुनाउदै गर्दा बजारमा कम्प्याक्ट क्यामेराको ब्यापार बुझ्न मन लाग्यो । एक दशकमै डाइनोसरझैं लोप भए रिल हाल्ने क्यामेरा ।
ती क्यामेरा अहिलेको पुस्तासम्मले देख्न पाउँदैछन । आगामी पुस्तालाई ती क्यामेरा देखाउन म्युजियम नै बनाउनु पर्ने अवस्था छ । त्यतिखेर कोडाक, यासिकालगायतका कम्पनीका क्यामेरा निकै चल्तीमा थिए । तिनमा कोडाक, कोनिका, फुजी, अग्फाजस्ता कम्पनीका रिल हालिन्थ्यो । रिलमा लाइट पर्न नहुने फोटो, उडी हाल्ने । फोटो खिची सकेपछि रिल अनलोड गर्नु पथ्र्यो, अनिमात्र धुलाउन पाइने ।
रिललाई पहिले डेभलप गरेर नेगेटिभ तयार गरिन्थ्यो । त्यसलाई धुलाएर फोटो निकालिन्थ्यो । डिजिटल प्रविधिले त्यसलाई विस्थापन गर्यो । चन्द्रमाको पहिलो तस्बिर खिच्ने कोडाक कम्पनी प्रविधिको विकासमा टिक्न नसकेर टाट उल्टियो । नेपालमा ५ वर्षअघि ३ सय ४५ कलरल्याबले फोटो धुलाउने मेसिन कौडीको भाउमा बेचे । कलर ल्याब एसोसिएसनका अनुसार यो व्यवसायमा १ अर्बभन्दा बढी लगानी डुब्यो ।
ती क्यामेराको बजार डिजिटल क्यामेराले लिए । सानो आकारका ९कम्प्याक्ट० डिजिटल क्यामेराले फोटो खिच्न सबैलाई निकै सजिलो भयो । न रिल हाल्नु पर्ने न धुलाउनु पर्ने । पछिल्लो समय सामाजिक संजालको चरम विकासले ती क्यामेराको उपयोगमा सघायो । फोटो खिच्यो, कम्प्युटरमा सारेर तुरुन्तै सामाजिक संजालमा अपलोड गर्यो ।
गुणस्तरीय फोटो खिच्ने क्यामेरा स्मार्टफोनमै उपलब्ध हुन थालेपछि भने कम्प्याक्ट डिजिटल क्यामेराको हविगत तिनै रिल हाल्ने क्यामेराको जस्तै हुने देखिएको छ । राजधानीका अधिकांश डिजिटल क्यामेरा पसलेको कुरा सुन्दा नयाँ प्रविधिका ९डिजिटल कम्प्याक्ट० क्यामेराको बजार बढ्नुको साटो घट्दै गएको छ । क्यानन क्यामेराको अधिकृत बिक्रेता प्रिम्याक्स इन्टरनेसनलका बजार प्रबन्धक दिनेश अग्रवालको भनाइमा अहिले कम्प्याक्ट क्यामेराको विक्री एक वर्षअघिको तुलनामा आधाभन्दा घटेको छ ।
ुएक वर्षअघिसम्म कम्प्याक्ट क्यामेरा महिनाकै ५ सयभन्दा बढी विक्री हुन्थे, उनले सुनाए, ुराम्रा क्यामेरा भएका मोबाइल आउन थालेपछि विक्री घटेर महिनामा २ सय ४० वटा जतिमात्र विक्री हुन थालेको छ । बजारमा कम्याक्ट क्यामेरा २२ मेगापिक्सेलसम्मका आएका छन् । स्मार्ट फोन भने ४१ मेगापिक्सेलसम्मका क्यामेरा भएका छन् । पानोरोमिक भ्युमा खिच्ने सुविधासमेत मोबाइलमै उपलब्ध हुन थालेको छ ।
अप्टिकल जुम भएका स्मार्टफोनसमेत बजारमा छन् । क्यामेरामा फोटो खिच्नासाथ सामाजिक संजालमा शेयर गर्ने सुविधा हुन्छ । फोटोलाई आफ्नो अनुकूल एडिटसमेत गर्न सकिन्छ । फोटो सेयर गर्न मिल्ने इन्स्टाग्राम, फ्किर, पिकासा, फेसबुक, गुगल प्लसलगायतका साइटको एप्ससमेत स्मार्टफोनमै उपलब्ध छ । बहुउपयोग गर्न सकिने स्मार्टफोनलाई क्यामेराका रूपमा समेत प्रयोगमा ल्याउन थालेपछि किन चाहियो कम्प्याक्ट डिजिटल क्यामेरा रु
कस्ता छन् राम्रो क्यामेरा भएका स्मार्टफोन ?
नोकिया लुमिया १०२०
सोनी एक्स्पेरिया जेड
यसमा १३ मेगापिक्सेलका क्यामेरा छ । अगाडितिर २ मेगापिक्सेलको क्यामेरा पनि छ । टीएफटी क्याप्टिभ टचस्क्रिनभएको सेटमा फुल एचडी रेकर्डिङ सुविधा भएकाले राम्रो भिडियोसमेत खिच्न सकिन्छ । यसमा २३०० एमएएचको ब्याट्री छ ।
लजी अप्टिमस जि प्रो
माइक्रोम्याक्स क्यानभास ४ ए २१०
लेनोभो के ९००
यसमा मुख्य क्यामेरा १३ मेगापिक्सेल र अगाडिको क्यामेरा २ मेगापिक्सेलको छ । यसमा ५।५ इन्चको एलसीडी क्याप्टिभ टच स्क्रिन छ । त्यस्तै २ गिगाहर्जको डुएल कोर प्रोसेसर ३२ जीबीसम्म बढाउन मिल्ने मेमोरी, फुल एचडी रेकडिङलगायतका सुविधाले डिजिटल क्यामेराले जस्तै तस्बिर खिचेर सेयर गर्न सकिन्छ ।
मोबाइलमा खतरा
अब पछिल्लो कुराचाहिँ मोबाइलमा आएको छ । स्मार्टफोन प्रयोग गर्ने र त्यसमा पनि निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसन चलाउनेको गोप्यता सजिलै भंग भइरहेको खुलासा भएको छ ।
कुरा हो, भारतमा भएको ह्याक्र्स कन्प्रmेन्सको । कार्यक्रममा इन्टरनेट सुरक्षा र ह्याकिङमा काम गर्ने युवाको जमातले एक चिनियाँ एप्लिकेसनमार्फत ग्राहकले पठाएको म्यासेजलाई प्रत्यक्ष चोरी गरेर देखाइदिएको थियो । जसले यस्ता एप्लिकेसनबाट व्यक्तिगत विवरण लिन, फोनमा भएका कुराकानी सुन्न, इमेल र ठेगानाबारे सजिलै जानकारी लिन सकिने देखायो ।
भारतमा पछिल्लो समय निःशुल्क फोन र एसएमएस गर्न दिने एप्लिकेसनको प्रचारप्रसार बढ्दै गएको समयमा यो कुरा महत्त्वपूर्ण भएको छ । जसलाई पछ्याउँदै नेपाली बजारमा पनि यस्ता एप्लिकेसन लोकप्रिय भइरहेका छन् ।
कन्प्रmेन्समा विदेशी सरकारले यस्ता एप्लिकेसनको प्रयोग गरेर जानकारी लिइरहेको हुन सक्ने अनुमान पनि लगाइयो । केही साता अघि मात्रै स्नोडेनले गरेको खुलासमा अमेरिकाले धेरै सूचना खोज्ने पाँचौं ठूलो मुलुक भारत रहेको पाइएको थियो । त्यसैले मोबाइल एप्लिकेसनको चियोले पनि भारतीय सूचना प्रविधि ज्ञातालाई हच्काएको छ ।
पछिल्लो समय बढाएको यस्ता चियोबारे खुलेरै विरोध पनि हुन थालेको छ । जसमा एक हुन् टिम बर्नस ली । वल्र्ड वाइड वेभ (डब्लूडब्लूडब्लू० का आविष्कारक लीले सर्वसाधारणको सूचना हेर्ने अमेरिकी र बेलायती प्रवृत्तिलाई नराम्रो भन्दै विरोध गरे । टाइम पत्रिकासँगको कुराकानीमा उनले युरोप र अमेरिकी मुलुकलाई मध्यपूर्वसँगै दाँजेका छन् । मध्यपूर्वमा सरकारले देखिने गरी चियो गर्ने तर पश्चिमा मुलुकमा यो लुकाएर हुने उनको भनाइ छ । यस्ता कामको जति नै ठूलो विरोध भए पनि जोखिम भने घट्न सकेको छैन । त्यसमा पनि पछिल्लो समय नयाँ प्रविधि आँखा चिम्लिएर भित्र्याउने मुलुकमा यस्ता गतिविधिको खतरा बढी छ ।
मोबाइल प्रयोगकर्ता र त्यसमा पनि स्मार्टफोनको प्रयोग बढ्दै गएपछि इन्टरनेटको जोखिम पनि मोडिएको कम्प्युटर एसोसिएसन अफ नेपालका द्वितीय उपाध्यक्ष नारायण न्यौपाने बताउँछन् । ुएन्ड्रोइड, आईओएसलगायत प्रयोग हुने मोबाइलको बढ्दो प्रयोगसँगै जोखिमका कुरा पनि अघि आएका छन्,ु उनी भन्छन्, ुजसलाई नियन्त्रण गर्न उपयुक्त संरचना हामीकहाँ छैन ।ु
सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट इन्टरनेटको प्रयोग र कारोबार बढ्दै गए पनि सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास भइनसकेको उनी बताउँछन् । पछिल्लो समय मोबाइल एप्लिकेसनमार्फत पनि बढ्न थालेको सबैखाले कारोबारले जोखिम अझ बढेको देखाउँछ ।
ुकर प्रणाली, बैंकिङ कारोबार, भूमिसुधार, व्यापारलगायतमा इन्टरनेट र विस्तारै मोबाइलको प्रयोग बढ्दै गएको छ,ु उनी भन्छन्, ुजसलाई सुरक्षित बनाउन थोरै पहल भएको छ ।ु सूचना मात्रै होइन रकमसम्म पुग्ने बाटो पनि इन्टरनेट र मोबाइल भएकाले जोखिम थप चुलिएको हो । ुमुख्य कुरा ग्राहक आफैं पनि यस्ता विषयमा जानकार हुनुपर्छ,ु न्यौपाने भन्छन् ।
मोबाइल सुरक्षासम्बन्धी काम गर्ने संस्था ट्रेन्ड मिक्रोले २०१३ मा स्मार्टफोनलाई भाइरसबाट हुने खतरा बढ्ने अनुमान सार्वजनिक गरेको छ । विशेषगरी एन्ड्रोइड स्मार्टफोनमा बढी देखिने र समस्या कम्प्युटरमा लाग्ने भाइरसभन्दा फरक हुने उसको भनाइ छ ।
हालै सार्वजनिक भएको अध्ययनले एक वर्षमा खतरनाक एप्लिकेसनको संख्या ३० हजारबाट बढेर १ लाख ७५ हजार पुगेको उल्लेख छ । यस्ता एप्लिकेसनबाट हुने खतरामा सूचना चुहावटदेखि हटाउन नमिल्ने विज्ञापनसम्म राखिएको छ । यस्ता एप्लिकेसनमार्फत सूचना निकाल्ने गिरोहले विस्तारै वित्तीय कारोबार गर्ने बैंकतर्फ ध्यान दिन थालेको कम्पनीले उल्लेख गरेको छ ।
थ्रीजी र वाईफाईको बढ्दो उपलब्धताले मोबाइलबाटै धेरै कुरा गर्नेको जमात बढाएको छ । यसको अर्थ स्मार्टफोनले कुराकानी र सम्पर्क गर्न सजिलो मात्र बनाएको छैन, सँगै जोखिम पनि बढाएको छ । सुरक्षा नहेरी एप्लिकेसन डाउनलोड गर्नेले विचार पुर्याउनुपर्ने बेला आएको छ । मोबाइलकै ब्यालेन्स हराउनेदेखि गोप्य कुराकानी सार्वजनिक हुनसम्म बेर लाग्दैन ।
इडवार्ड स्नोडेनको नाम विश्वभर फैलिन धेरै समय लागेन । अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वकर्मचारी स्नोडेनले गरेका खुलासाले धेरैलाई झस्कायो पनि ।
3:48 AM


























