हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 11, 2013

मोवाइलको ब्याट्री जोगाउने सरल उपाय

mobile-battery
मोबाइल तथा ट्याब्लेट, दैनिकीको आवश्यकता बनिसकेको छ। अध्ययन देखी मनोरञ्जन मात्र होइन दैनिकीमा आवश्यक पर्ने कम्प्युटरजन्य कामका लागि यीनै उपकरण प्रयोग हुन थालेका छन्। प्रयोगसँगै यी उपकरणका ब्याट्रीको ब्याकअप छिटो छिटो सकिएर हैरान पार्ने भएको छ।

मोबाइल तथा ट्याब्लेटमा इन्टरनेट र सामाजिक सञ्जाल जति सजिलै चलाउन सकिन्छ त्यति सजिलै ब्याट्री पनि सकिन्छ। जसले गर्दा ग्याजेटप्रेमीलाई हैरानी पनि मिलिरहेको छ। यसखालको हैरानीबाट जोगिनका लागि केही सरल उपाय पनि छन्। जसले तपाइँको मोबाइल तथा ट्याब्लेटको ब्याट्रीको आयुलाई केही समयको लागि बढाउँछ। लोडसेडिङले हैरान अनि यात्रामा निस्केकाहरुलाई यसले पक्कै पनि राहत दिनेछ।
चहक कम गर्ने
मोबाइल तथा ट्याब्लेटको स्क्रिनको चहक (ब्राइटनेस)लाई कम गरेको खण्डमा त्यसले ब्याट्री खपतलाई कम गर्छ। मोबाइल तथा ट्याब्लेटमा स्वत हुने सेटिङलाई परिवर्तन गरेर ४० देखी ४५ प्रतिशतमा चहकलाई राख्नुभयो भने त्यसले तपाइँको ब्याट्री खपत पनि कम गर्छ र आँखामा पनि नकारात्मक प्रभाव पार्दैन।

भाइब्रेसन अफ गर्ने
हामी धेरैले मोबाइललाई रिङटोन साथै भाइब्रेसन मोडमा राखिरहेका हुन्छौं। गोजीमा राखेर यता उता लाग्दा मोबाइल हल्लिएर भएपनि फोन आएको थाहा पाइयोस भनेर राखिने भाइब्रेसन मोडले पनि ब्याट्री धेरै खपत गर्छ। त्यसैले मोबाइलमा ब्याट्री धेरै समयसम्म टिकाउने हो भने मोबाइलको रिङटोनको आवाज मध्यम र भाइब्रेसन मोडलाई बन्द गर्नुपर्छ।
ब्लूटूथ वाइफाइ बन्द
मोबाइलमा गीत, भिडियो तथा तस्विरहरु साझे गर्न ब्लूटूथ सजिलो माध्यम भएपनि यो जतिखेर पनि खुलै राख्ने सुविधा होइन। जतिखेर पनि खुलै राख्दा यसले ब्याट्री पनि धेरै खपत गर्छ। त्यसैले ब्लूटूथ, वाइफाइ, जीपीएस तथा इन्फ्रारेड जस्ता कनेक्टीभीटीका सुविधाहरु प्रयोग नभएको अवस्थामा बन्द राख्नुपर्छ। यसो गरेको खण्डमा ब्याट्रीको आयु बढ्छ।
ब्याट्री एप राख्ने
मोबाइलमा ब्याट्री डक्टर जस्ता ब्याट्री खपतका बारेमा जानकारी दिने खालका एप राख्नुपर्छ। जसले तपाइँको मोबाइलमा रहेको कुन एप तथा सुविधाले धेरै ब्याट्री खपत गर्छ त्यसको जानकारी दिन्छ। जसको जानकारीको आधारमा बढी ब्याट्री खपत गर्ने सुविधा तथा एप बन्द गरेर ब्याट्रीको ब्याकअप जोगाउन सकिन्छ। साथै ब्याट्री थप कतिसमय सम्म टिक्छ भन्ने पनि थाहा पाउन सकिन्छ।
अनावश्यक एप हटाउने
तपाइँको फोनमा दैनिक तथा नियमित जसो प्रयोग हुने बाहेक नहुने एपहरु राख्नुभएको होला। जुन खासै उत्पादक पनि छैन भने त्यस्ता एपहरुलाई हटाइदिनु (अनइन्स्टल गर्नु) उपयुक्त हुन्छ। कतिपय मोबाइलका सुविधालाई राम्रो बनाउने एपहरु पृष्ठभूमिमा चलिरहेका हुन्छन् र तीनले ब्याट्रीको पावर पनि खपत गरिरहेका हुन्छन्।
एनिमेटेड सामग्रीबाट जोगिनु
मोबाइलको पृष्ठभूमिमा कुनै एनिमेसन भएको तस्विर वालपेपरका रुपमा प्रयोग नगर्ने। यस्ता खालका एनिमेसन युक्त सामग्रीले मोबाइलको ब्याट्री खपत गर्छन् त्यसैले यस्ता तस्विर तथा वालपेपरबाट जोगिनु पर्दछ। मोबाइलको पृष्ठभूमि वालपेपरका रुपमा यस्ता सामग्री राख्नुहुँदैन। दुरस‌ंचार डट कमबाट

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center