हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 12, 2013

टेलिकमले थ्रिजी इभिडिओ प्याकेज ल्याउँदै

 इन्टरनेट सेवा विस्तारमा तीब्रता

टेलिकमले यसअघि प्याकेज रहितरुपमा यो सेवा सिडिएमएका प्रययोगकर्तालाई दिइरहेको थियो। नयाँ योजनामा प्योकजसहित न्यून शूल्कमा सेवा सुरु गर्ने टेलिकमको योजना छ। हाल टेलिकमको थ्रिजी सेवा १० अञ्चलका ३१ जिल्लामा पुगेकाले त्यहाँ थ्रिजी इभिडिओ सेवा सजिलै उपलब्ध हुनेछ। बाँकी जिल्लामा पनि आगामी दसैंसम्मा थ्रिजी सेवा पुर्याजउने लक्ष्य टेलिकमले लिएको छ। हाललाई थ्रिजी सेवा उपलब्ध नभएका जिल्लामा पनि इभिडिओ टुजीको गतिमा चल्छ।


नागरिक दैनिकको प्रकाशक नेपाल रिपब्लिक मिडिया प्रालिले २७ असारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ुएडुफेयर २०१३ु ९शैक्षिक मेला० को अवसर पारेर टेलिकमले नयाँ प्याकेजसहितको सेवा सार्वजनिक गर्न लागेको हो। प्योकजसहितको सेवाका लागि उपभोक्ताले २ हजार ४ सय ५९ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो प्याकेजमा एक जिबीको मेमोरी कार्ड, १५ सय ९९ सय रुपैयाँ पर्ने इभिडिओ डंगोल, २ सय रुपैयाँ पर्ने रिमकार्ड र एक महिनाका लागि पाँच जिबी डाटा उपलब्ध हुनेछ। शैक्षिक मेलामा रहने टेलिकमको एक सय ७ नम्बरको स्टलमा यो प्याकेज वितरण गरिनेछ। यसका लागि सेवाग्राही नागरिकता र फोटो लिएर मेलाको स्टलमा पुग्नुपर्नेछ।
डंगोलसहितको थ्रिजी इभिडिओ देशभर जुनै पनि ठाउँमा ल्यापटप र डेक्सटप कम्प्युटरमा चलाउन मिल्ने टेलिकमले जानकारी दिएको छ। यो सेवा सिडिएमए स्मार्टफोनमा बिनाडंगोल वाइफाई हटस्पटमा आधारित भएर पनि चलाउन मिल्छ।
थ्रिजी इभिडिओको शुल्क ५० पैसा प्रति मेगाबाइट तोकिएको छ। भोल्युममा आधारित प्याकेज लिन चाहनेका लागि भने यो शुल्कमा केही छुट हुनेछ। भोल्युम बेसमा एक महिनाका लागि १० जिबी डाटा लिनेलाई प्रति मेगाबाइट २३ पैसा र पाँच जिबी लिनेलाई प्रति महिना १७ सय ६० रुपैयाँ शुल्क तोकिएको छ।

प्याकेजसहितको यो सेवा विद्यार्थी र व्यवसायीका लागि ज्यादा उपयोगी हुने टेलिकमले जानकारी दिएको छ। टेलिकमले जानकारी दिएअनुसार देशभरमा हाल एक लाख ३६ हजार ५ सय ७३ ले इभिडिओबाट इन्टरनेट प्रयोग गरिरहेका छन्। टेलिकमका सिडिएमएको सक्रिय प्रयोगकर्ता ९ लाख ६० हजार छन्। जसमध्ये प्रिपेड सिडिएमए प्रयोग गर्ने ९ लाख र पोस्टपेड प्रयोग गर्ने ६० हजारजना छन्। थ्रिजी इभिडिओ सेवा सजिलै प्रयोग गर्न सक्नेछन्। टेलिकमका देशभरका काउन्टरबाट सिडिएमएको रिम बिक्री भइरहेका छन्। इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड पुर्याभउने लक्ष्यसहित टेलिकम थ्रिजी लगायत अन्य इन्टरनेट सेवा विस्तारमा आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।

दिएको नेपाल टेलिकमले सिडिएमए संकेतको प्रयोगबाट चल्ने थ्रिजी इभिडिओको प्याकेजसहितको योजना ल्याउने भएको छ। एक सेकेन्डमा ३ दशमलव १ मेगाबाइट्स डाउनलोड गर्नसक्ने सेवा ताररहित इन्टरनेट प्रविधिमा हालसम्मकै तीब्रगतिको हुने पनि टेलिकमले दाबी गरेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center