हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, July 11, 2013

आउँदैछ प्लास्टिकको सस्तो आइफोन ६

budget-iphone-6
नयाँ अपरेटिङ सिस्टम आइओएस ७ रिलिज हुने तिथि नजिकिँदै गर्दा एप्पल कम्पनीले नयाँ स्मार्टफोन समेत सार्वजनिक गर्ने तयारी गरिरहेको समाचार आएको छ । एप्पल निकट श्रोतहरुलाई उधृत गर्दै विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुले एप्पलले निकट भविष्यमा केवल एउटा मात्र नभै आउँदो जाडोयाममा एकैचोटी दुइवटा स्मार्टफोन सार्वजनिक गर्न लागेको बताएका छन् । समाचार अनुसार एप्पलले सुपथ मूल्यका प्लास्टिक आइफोन ल्याउनेछ र बहु प्रतिक्षित आइफोन ५ एस पनि सार्वजनिक गर्नेछ ।
प्लास्टिक आइफोन महंगा आइफोनको खस्कँदो बजारलाई ध्यानमा राख्दै मध्यम वर्गीय उपभोक्तालाई लक्षित गरी बनाउन लागिएको भएपनि यसको नाम के हुने भन्ने बारेमा भने एप्पलले केही निर्णय नगरीसकेको बताइएको छ ।
तर कतिपयले यसको नाम आइफोन ६ हुने भविष्यवाणी गरेका छन् ।
प्रविधि सम्बन्धि ब्लग टेचडीले हालै एप्पलले ल्याउन थालेको प्लास्टिक आइफोनको मोडल भन्दै झण्डै ४० वटा तस्वीर सार्वजनिक गरेको छ । एप्पलको विश्वस्त सुत्रबाट प्राप्त गरेको भनिएका ती तस्वीरमा नयाँ प्लास्टिक आइफोनलाई विभिन्न कोणबाट तस्वीरमा देखाइएको छ । जसमा कडा प्लास्टिकको खोलभित्र हालको आइफोन ५ र सुरुको आइपोडको मिश्रण जस्तो लाग्ने स्मार्टफोनको तस्वीर देख्न सकिन्छ ।
उक्त ब्लगका अनुसार नयाँ बजेट आइफोन पूर्णतया प्लास्टिकबाट बनेको हुनेछ । यसमा आइफोन ५ मा जस्तै ४ इन्चको स्त्रिmन हुनेछ भने यसको आकार भने एप्पलको सुरुताकाको उत्पादन आइपोड जस्तै हुनेछ । यसमा आइफोन ५ मा भन्दा केही विशेषता तथा सुविधा परिस्कृत गरिएको हुनेछ भने यो हरियो, रातो, निलो तथा कालो र सेतो रङमा उपलब्ध हुने बताइएको छ ।
एप्पलबाट लिक भएका भन्दै उक्त ब्लगले सार्वजनिक गरेका प्लास्टिक आइफोनका तसवीर र समाचारको विषयमा एप्पलले कुनै प्रतिक्रिया जनाएको छैन ।
उता द इन्टरनेसनल विजनेस टाइम्सले समेत आउँदो सेप्टेम्बरमा एप्पलले आइफोन ६ र आइफोन ५ एस एकैचोटी सार्वजनिक गर्ने दाबी गरेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center