हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 14, 2013

ट्विटरले सेयर जारी गर्ने

न्युयोर्क– माइक्रो ब्लगिङ साइट ट्विटर सञ्चालकले सेयर जारी गर्ने भएका छन् । गत वर्ष यस्तै प्रकृतिको फेसबुकले सवसाधारणलाई सेयर बिक्री गरेको थियो। अमेरिकी पुँजी बजार नियमक सेक्युरिटिज एक्सचेन्ज कमिसनमा सेयर जारी गर्नका लागि निवेदन दिएको खुलासा सञ्चालकहरुले ट्विटरमार्फत गरेका हुन्।

सात वर्षअघि सञ्चालनमा आएको ट्विटरका संस्थापक ज्याक दोर्से, बिज स्टोन र इभान विलियम्स हुन्। लगानीकर्ताहरु यसको मूल्यांकन १० अर्ब डलर गरेका छन्।

ट्विटरले भने कुन मूल्यमा सेयर जारी गर्न लागिएको भन्ने खुलाएको छैन । २०१३ मा ट्विटरले ५८ करोड ३० लाख डलर आम्दानी गर्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष उसको आम्दानी २८ करोड ८० लाख डलर कमाएको थियो । ट्विटरको प्रयोगकर्तामाझ देखापर्ने विज्ञापत उसको प्रमुख आम्दानीको स्रोत हो । हाल यसका २० करोड प्रयोगकर्ता छन् । तीनीहरुले दैनिक ५० करोडभन्दा बढी ट्विट गर्छन ।

सेयर जारी भएपछि ट्विटर विज्ञापनले भरिने र प्रयोगकर्ताका लागि झर्को लाग्ने हुनसक्ने अनुमान विश्लेषकले गरेका छन् । एक तिहाई प्रयोगकर्ताले स्मार्टफोनबाट ट्विटर चलाउँछन । मोबाइल संस्करणमा भने विज्ञापन देखिदैन । मोबाइलमा पनि विज्ञापन देखिने बनाउन उसले ३५ करोड डलरमा मोपब किनेको छ ।

लिंक्ड इन र फेसबुकपछि सेयर जारी गर्ने ट्विटर तेस्रो सामाजिक सञ्जाल हो । फेसबुकको सेयरमा सुरुमा ठूलो आकर्षण भए पनि दोस्रो बजारमा कारोबार सुरु भए पछि खस्किएको थियो ।

एप्पलको नयाँ आईफोनले लोभ्याउन सकेन

न्यूयोर्क, भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा शंका उत्पन्न भएको छ ।  iphone
कम्पनीको शेयरमा गिरावट आएका कारण यो अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ ।
यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो पुरानो अग्रणी स्थितिमा पुनः फर्किन सक्नेछैन ।
न्यूयोर्क शेयर बजारमा कम्पनी को शेयर ५.४ प्रतिशत तल झर्दै ४६७.७१ डलरमा बन्द भएको छ । स्मरणीय छ, प्रविधि क्षेत्रको यस प्रमुख कम्पनीले स्मार्टफोन को बजारमा आफ्नो रफ्तार फेरी पनि पक्रनका लागी केही दिन अघिमात्र दुइ वटा नयाँ आईफोन सार्वजनिक गरेको थियो ।

Friday, September 13, 2013

ब्ल्याकबेरी 9720 सार्वजनिक

भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक भारतमा  नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९० भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४ सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।  blackberry-9720
ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका साथमा 512 एमबी र्याम रहेको छ ।
यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ ।  स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ ।
ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको मद्दतले बिभिन्न सोशियल नेटवर्क्समा एक साथ पोस्ट गर्न सकिन्छ । यस फोनमा ब्ल्याकबेरी म्यासेन्जर (BBM) का लागी छुट्टै बटम रहेको छ । यसमा 512 एमबी इन्टरनल स्टोरेज छ भने यसमा 32 जीबी सम्मको मेमरी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा 3 जी, वाई-फाई, ब्लूटूथ र जीपीएस रहेको छ । एलईडी फ्लाशको साथमा 5 मेगापिक्सेलको मेन क्यामरा छ । यद्दपी यसमा फ्रन्ट क्यामरा भने छैन । यसमा स्टीरियो एफएम रेडियो र 1450mAh को ब्याट्री रहेको छ ।
कम्पनीले अहिले यसलाइ कालो र सेतो दुइ रङ्गमा उपलब्ध गराएको छ ।

सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर

एप्पलले ६४ बिटको प्रोसेसर रहेको नयाँ आइफोन ५ एस सार्वजनिक गरेपछि उसको प्रतिस्पर्धी कम्पनी सामसुङले पनि त्यसको सिको गर्ने भएको छ । एप्पलको पदचिन्ह पछ्याउँदै सामसुङले आफ्नो आउँदो स्मार्टफोनमा ६४ बिटको प्रोसेसर राख्ने निर्णय गरेको छ ।
कोरिया टाइम्समा छापिएको खबर अनुसार सामसुङ कम्पनीका सह कार्यकारी प्रमुख तथा मोबाइल डिपार्टमेन्ट प्रमुख जेके सिनले आफ्ना आगामी स्मार्टफोन ६४ बिट प्रोसेसरयुक्त हुने जानकारी दिएका छन् । उनका अनुसार ६४ बिटको प्रोसेसरवाला स्मार्टफोन आउन केही समय लाग्नेछ ।

उनको भनाइलाई आधार मान्ने हो भने अब सामसुङको ग्यालेक्सी एस ५ मा ६४ बिटको प्रोसेसर हुनेछ । ग्यालेक्सी नोट ३ सार्वजनिक भैसकेको अवस्थामा अब बजारमा आउने नयाँ उत्पादन भनेकै ५ एस हो जुन तत्कालै भने आउनेछैन ।

एप्पलले आफ्नो आइफोनको बजारका लागि चीन र जापानमा ध्यान केन्द्रित गरिरहेको बेला सामसुङले पनि अब चिनिया तथा जापानी बजारमा केन्द्रित हुने सोँच बनाएको सिनको भनाइ छ ।अहिले ३२ बिटको प्रोसेसर भएका स्मार्टफोन रहेकोमा यसको क्षमतालाई दोब्बर पार्दा स्मार्टफोनको गति दोब्बर तिब्र हुनेछ । उच्च क्षमतायुक्त माइक्रोप्रोसेसरको प्रयोगबाट स्मार्टफोनमा त्यो सँगै मेमोरी पावर पनि बढाइनेछ । ३२ बिटको प्रोसेसर भएको डिभाइसमा ४ जिबी सम्मको र्याम हुनेमा ६४ बिटको प्रोसेसर भएको खण्डमा १६ जिबी सम्मको र्याम राख्न सकिनेछ ।

एप्पल र सामसुङबीच अब घडीको 'युद्ध'

अमेरिकी इलेक्टोनिक्स कम्पनी एप्पल र उसको प्रतिस्पर्धी कोरियन कम्पनी सामसुङबीच स्मार्ट वाचमा प्रतिस्पर्धा हुने भएको छ ।
स्मार्टफोनमा प्रतिस्पर्धी रहेका यी दुई कम्पनीले अहिले स्मार्टवाच ल्याउने तयारी तिव्र पारेका छन् ।
सामसुङले ल्याउन लागेको सामसुङ ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाचबाट, फोटो खिच्न, फोन गर्न, इमेल इन्टरनेट चलाउन तथा भिडियो हेर्न र भिडियो गेम खेल्न सकिन्छ ।
ग्यालेक्सी गियर सेप्टेम्बर ४ मा जर्मनीको बर्लिनमा हुने इलेक्ट्रोनिक इन्ड्रस्ष्ट्रिज ट्रेड फेयरमा पत्रकार माझ सार्वजनिक गरिने छ । यसमा सामसुङकै स्मार्ट फोनमा प्रयोग हुने सफ्टवेयरहरु प्रयोग गर्न सकिने छ ।
यस्तै एप्पले पनि यहीसेप्टेम्बर १० तारिखमा ट्रेड फेयरमा आइवाच सार्वजनिक गर्ने तयारी गरेको थियो । तर आफूले भन्दा पहिला नै सामसुङले ग्यालेक्सी गियर सार्वजनिक गर्न लागेका कारण एप्पलले सामसुङले भन्दा पहिला नै आइवाच सार्वजनिक गर्ने अनुमान छ ।
एप्पलको आइवाच भने आइफोन जस्तै आइओएस सफ्टवेयरबाट चल्नेछ । तर यसमा के के सुविधा उपलब्ध छन् भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । एप्पलले सेप्टेम्बरमा नै आइफोन फाइभ एसका साथै कम आय भएका उपभोक्तालाई लक्षित गरी सस्तो आइफोन पनि ल्याउने तयारी गरिररहेको छ । यसअघि एप्पलले आइफोन सार्वजनिक गरेपछि सामसुङले पनि त्यस्तै फिचर भएको स्मार्टफोन सार्वजनिक गरेको थियो । एप्पलले आफ्नो प्याटेन्ट राइट चोरी गरेको भन्दै सामसुङमाथि मुद्दा हालेर क्षतिपुर्ति तिराएको थियो ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

Wednesday, September 11, 2013

६ अर्ब घाटा खाएर टेलियासोनेराले बेच्यो


२६ भदौ, काठमाण्डौ । एउटै कम्पनीले धेरैवटा मोवाइल सेवा प्रदायकको सेयर लिन नपाउने भएपछि एनसेलको लगानीकर्ता युरोपेली कम्पनी टेलियासोनेराले नेपाल स्याटेलाइट कम्पनीको सेयर जोधर इन्भेष्टमेन्ट नामक नयाँ कम्पनीलाई बेचेको छ । अजय सुमार्गी साझेदार रहेको नेपाल स्याटेलाइट कम्पनीले मध्यपश्चिम क्षेत्रमा दूरसंचार सेवा दिनेगरी हेला नेपाल ब्राण्डमा टेलिफोन सेवा सञ्चालन गरिरहेको थियो । सन् २०११ र १२ मा दुईपटक गरी टेलियासोनेराले नेपाल स्याटेलाइटको ५७ प्रतिशत सेयर किनेको थियो ।

टेलियासोनेराले बुधबार एक बिज्ञप्ति जारी गरी नेपाल स्याटेलाइट कम्पनीको सेयर बेच्दा ४० करोड स्वीडस क्रोनर ९करिव ६ अर्ब रुपैयाँ० घाटा भएको बताएको छ । ’टेलियासोनेरा नेपाल स्याटेलाइट कम्पनीमा रहेको आफ्नो अप्रत्यक्ष स्वामित्व जोधर इन्भेष्टमेन्टलाई बेच्ने समझदारीमा पुगेको छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘पछिल्ला बर्षहरुमा नियमक र कानुनी प्रावधान तथा लाइसेन्स वितरणमा अस्थिरता देखिएको छ, सोही कारण नेपाल स्याटेलाइट कम्पनीको सेयर किन्ने प्रकृया निष्र्कषमा पुग्न सकेन ।’

नेपाल स्याटेलाइट कम्पनीको सेयर बेचेपछि अब टेलियासोनेराले आफ्नो ध्यानपूर्णरुपमा एनसेलमा लगाउने पनि बताएको छ । एनसेलका लागि एउटा सहायक ब्राण्ड बनाउने र त्यसमार्फत् टेलियासोनेराको बजार बलियो बनाउने लक्ष्यसाथ नेपाल स्याटेलाइटको ५७ प्रतिशत हिस्सा किनेको भए पनि त्यो सफल नभएको उसले बताएको छ । सेयर बिक्री प्रक्रिया आगामी एक महिनामा पुरा हुने बताइएको छ ।प्रचण्डका ब्यापारिक साझेदारको आरोप लाग्दै आएका ब्यापारी अजेय सुमार्गीकी पत्नी नेपाल स्याटेलाइटको अध्यक्ष थिइन् । एनसेलकै लगानीकर्ता कम्पनीले नेपाल स्याटेलाइटको सेयर खरिद गरेपछि त्यहाँ कार्यरत अधिकांश कर्मचारीलाई निष्कासन गरिएको थियो भने सुमार्गीपत्नीले पनि राजीनामा दिएकी थिइन् । कम्पनीमा अझै पनि सुमार्गीको २५ प्रतिशत सेयर रहेको छ ।

अहिले टेलियासोनेरले सेयर बिक्री गरेको कम्पनी जोधर इन्भेष्टमेन्ट कम्पनी ब्रिटिस आइल्याण्डको कम्पनी हो । यसअघि टेलियासोनेराले सन् २००८ मा एनसेलको स्वामित्व पनि जोधरबाटै किनेको थियो । सो स्वामित्व खरिद प्रकृयामा भ्रष्टाचार भएको भन्दै सन् २०१२ मा डेनिस पत्रिका भेक्कान अफयेरले रिपोर्ट छापेको थियो । जोधर इन्भेष्टमेन्ट कम्पनीको स्वामित्व कोसँग छ भन्नेमा विवाद भएपछि टेलियासोनेराका अधिकारीहरुले जोधरसँग भएको सम्झौताबारे टिप्पणी गर्न नमिल्ने बताएका थिए ।

Tuesday, September 10, 2013

आइफोन सी को मूल्य ५४९ डलर, उपभोक्ता स्तब्ध

काठमाडौं —  एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन्। एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ
सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन्।
एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्।
एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ।
सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ।
सस्ता आइफोन लञ्च गर्दै एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख
कस्ता छन् फिचररु

आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको एप्पलको चियचर्चो गर्ने म्याकर्युोमरले उल्लेख गरेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ।


डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

एप्पलले सास्ता आइफोन सार्वजनिक गर्दै

एप्पलले सस्ता आइफोन लन्च गर्दैछ। बहुप्रतिक्षित मानिएको आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई कम्पनीले आजैबाट एकसाथ बजारमा ल्याउँदैछ। एक समारोहबीच एप्पलका सिइओ टिमोथी डी कुकले क्यालिफर्नियाको हेडक्वाटरबाट यी सस्ता नयाँ आइफोनको सार्वजनिक गर्नेछन्।

एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता यी आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी गरेका छन्।

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट

नेपाल टेलिकमले काठमाडौंका विभिन्न स्थानमा निशुल्क वाइफाइ इन्टरनेट दिइरहेको छ। टेलिकमले हटस्पट निर्माणका क्रममा परिक्षण गरिरहेकाले..
विभिन्न ६ ठाउँमा निशुल्क वाइफाइ दिएको हो। टेलिकमको यो आर्थिक वर्षमा मात्र देशका विभिन्न पाँच सय स्थानमा वाइफाइ हटस्पट बनाउने योजना छ काठमाडौंमा यतिखेर परिक्षणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, शिक्षण अस्पताल महाराजगञ्ज, शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारी, वीर अस्पताल र बसन्तपुर दरबार स्क्वायर साथै टेलिकमका विभिन्न कार्यालयहरुमा निशुल्क वाइफाइ इन्टरनेट उपलब्ध छ। टेलिकमका उपप्रबन्धक देबेन्द्र खतिवडाका अनुसार टेलिकमले विभिन्न १५ सय स्थानमा सञ्चालन गर्ने भनेको वाइफाइ हटस्पट निर्माणका क्रममा यतिखेर परिक्षणको काम भइरहेको छ। टेलिकमले वाइम्याक्स सेवा सुरु गर्दा १५ सय स्थानमा वाइफाइ हटस्पट सञ्चालनमा ल्याउने बताएको थियो।

उनले परिक्षण अवधिभर आम मानिसहरुले निशुल्क वाइफाइ इन्टरनेट चलाउन सक्ने बताए। यतिखेर टेलिकमले वाइफाइ हटस्पटको बिलिङ सिष्टमको परिक्षण गरिरहेको छ। यही परिक्षणको क्रममा तीन महिनासम्म आम उपभोक्ताले भने निशुल्क इन्टरनेट चलाउन पाउँछन्। टेलिकमले परिक्षण गरिरहेको वाइफाइ हटस्पटका क्षेत्रमा फोन, ल्यापटप तथा आईप्याड लगायतबाट इन्टरनेट चलाउन सकिन्छ। वाइम्याक्स इन्टरनेट चलाउनका लागि छुट्टै उपकरण आवश्यक भएपनि हटस्पटमा भने सिधै मोबाइल, आइप्याड वा ट्याब्लेटबाट नै इन्टरनेट चलाउन सकिन्छ।
अहिले हटस्पट परिक्षण भएका स्थानहरुमा ३ एपबीपीएस डाउनलोड र १ एमबीपीएस अपलोड क्षमता भएको इन्टरनेट सेवा उपलब्ध छ। अहिले जडान भएर निशुल्क उपलब्ध रहेको हटस्पटबाट कम्तीमा पनि ३० जनाले उच्च गतिमा इन्टरनेट चलाउन सक्नेछन्। टेलिकमले विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङमल, बसपार्क साथै पर्यटक आवागमन बढी हुने क्षेत्रहरुमा हटस्पट बनाउने छ। यसका लागि अमेरिकन कम्पनी एयरस्पान नेटवर्कसँग टेलिकमले गत फागुनमा नै सम्झौता गरिसकेको छ।

Monday, September 9, 2013

फिङ्गरप्रिन्ट स्क्यानरका साथमा आईफोन 5S !

एप्पल आईफोन 5S को लन्चिङमा मात्र एक दिन बाँकी छ । अब एउटा कुरा भने पक्का भएको छ कि यस आईफोन 5S मा फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ । साथै यसमा होम बटनको शेप पनि परिवर्तन हुनेछ ।
iphone5s
टेक ब्लग iPhoneinCanada मा रीटेल बक्समा प्याक्ड आईफोन 5S को हाई रेजुलूशनको इमेज अपलोड गरिएको छ, जसमा होम बटन मा एक सिल्भर रिङ प्रस्टसंग देखिन्छ । साथै यो पनि देखिएको छ कि पुरानो आईफोन्स भन्दा फरक यस फोनको होम बटन राउण्ड शेपमा हरको छ ।
यसै बीच एक इन्टरनेट शो मा फक्स न्यूज का क्लेटोन मोरिसले दावी गरे अनुसार निश्चित रूपमा आईफोन 5S मा फिङ्गरप्रिन्ट सेन्सर हुनेछ । यस अघि अगष्टमा अस्ट्रेलियाका सोनी डिक्सन ले पनि आफ्नो ब्लगमा आईफोनको फिङ्गरप्रिन्ट स्क्यानरको तस्वीर लीक गरेका थिए ।
अनुमान गरिए अनुसार भोली सेप्टेम्बर १० मा एप्पलले आईफोनका दुइ भर्जन लन्च गर्नेछ । आईफोन 5S धेरै मुल्यको गोल्ड स्याम्पेन कलरको मोडलमा हुनेछ भने आईफोन 5C कम मूल्यको मोडलमा हुनेछ । जुन पाँच फरक फरक रङ्गमा हुनेछन ।
बताइए अनुसार महंगो मोडलमा भने फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ ।

सोनीले भित्रायो विश्वकै पातलो स्मार्टफोन

जापानीज मोबाइल निर्माता कम्पनी सोनीको विश्वकै पातलो मोबाइल एक्सपेरिया जेड अल्ट्रा नेपाली बजारमा भित्रिएको छ । वाटर प्रुफ, ठूलो स्क्रिन, हल्का डिजाइन लगाएतका विशेषताहरु भएको एक्सपेरिया जेड अल्ट्राको नेपाली बजारमा ८५ हजार रुपैयाँ पर्ने बताइएको छ ।
स्मार्टफोन पारखीहरुलाई लक्षित गरि बजारमा ल्याइएको एक्सपेरिया जेड अल्ट्रामा ६.४ इञ्चको फुल हाई डिफिनेशन स्क्रिन रहेको छ । मोबाइलमा फुल एच डि टि्रलुमिनस डिस्प्ले र एक्स रियालिटी प्रयोग गरिएको हुँदा पिक्चर क्वालिटी र कलर डिटेल्स उच्च गुणस्तरको देखिने दाबि गरिएको छ । यसले प्राकृतिक रङहरुलाई क्यामेरामा कैद गर्न सक्ने दाबि गरिएको छ ।
Sony-Xperia-Z-Ultra-product
पछिल्लो समय सामसुङ र एप्पलका स्मार्टफोनले नेपाली बजार ओगट्न थालेपछि सोनीले प्रतिस्पर्धामा उत्रिने एक्सपेरिया सिरिजका मोबाइलहरु नेपाली बजारमा भित्राएको थियो ।
एक्सपेरिया जेड अल्ट्रा वाटर र डष्ट प्रुफ मोबाइल हो । यसमा २.२ गिगाहर्जको क्वार्ड कोर प्रोशसर, ४.८ जेलिविन एन्ड्रोइड अपरेटिङ सिष्टम, २ जीबी र्‍याम, अगाडी ८ मेगापिक्सेल र पछाडी २ मेगापिक्सेल क्यामेर लगायतका सुविधाहरु रहेको सोनीको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले जानकारी दिएको छ ।
मोबाइलमा ३००० एएमएच क्षमताको ब्याटि्र प्रयोग गरिएको छ । साथै, ठूलो स्क्रिनमा चाँडै ब्याट्री सकिने समस्यालाई ध्यानमा राखेर कम्पनीले मोबाइल खरिद गर्दा एक्स्ट्रा ब्याट्री उपलब्ध गराउने जनाएको छ । जस्ले गर्दा मोबाइलमा लामो समयसम्म गेम खेल्न, भिडियो हेर्न, फोटो हेर्न सकिनेछ ।
एक्सपेरिया जेड अल्ट्रा नोट बुकको रुपमा समेत प्रयोग गर्न सकिने कम्पनीले दाबि गरेको छ । २१२ ग्राम तौलमा उपलब्ध यस मोबाइलको अगाडी पछाडीको भाग शीशाले बनेको छ । यसमा मोबाइल सम्बन्धी पछिल्ला विकसित सबै प्रविधिहरु प्रयोग गरिएको बताइएको छ ।
xperia-z-ultra-vs-xperia-z
sony-xperia-z-ultra-1
- See more at: http://www.onlinekhabar.com/2013/09/113572/#sthash.2C17jzHp.ZQFC8jQu.dpuf
जापानीज मोबाइल निर्माता कम्पनी सोनीको विश्वकै पातलो मोबाइल एक्सपेरिया जेड अल्ट्रा नेपाली बजारमा भित्रिएको छ । वाटर प्रुफ, ठूलो स्क्रिन, हल्का डिजाइन लगाएतका विशेषताहरु भएको एक्सपेरिया जेड अल्ट्राको नेपाली बजारमा ८५ हजार रुपैयाँ पर्ने बताइएको छ ।
स्मार्टफोन पारखीहरुलाई लक्षित गरि बजारमा ल्याइएको एक्सपेरिया जेड अल्ट्रामा ६।४ इञ्चको फुल हाई डिफिनेशन स्क्रिन रहेको छ । मोबाइलमा फुल एच डि ट्रिलुमिनस डिस्प्ले र एक्स रियालिटी प्रयोग गरिएको हुँदा पिक्चर क्वालिटी र कलर डिटेल्स उच्च गुणस्तरको देखिने दाबि गरिएको छ । यसले प्राकृतिक रङहरुलाई क्यामेरामा कैद गर्न सक्ने दाबि गरिएको छ ।
पछिल्लो समय सामसुङ र एप्पलका स्मार्टफोनले नेपाली बजार ओगट्न थालेपछि सोनीले प्रतिस्पर्धामा उत्रिने एक्सपेरिया सिरिजका मोबाइलहरु नेपाली बजारमा भित्राएको थियो ।
एक्सपेरिया जेड अल्ट्रा वाटर र डष्ट प्रुफ मोबाइल हो । यसमा २।२ गिगाहर्जको क्वार्ड कोर प्रोशसर, ४।८ जेलिविन एन्ड्रोइड अपरेटिङ सिष्टम, २ जीबी र्‍याम, अगाडी ८ मेगापिक्सेल र पछाडी २ मेगापिक्सेल क्यामेर लगायतका सुविधाहरु रहेको सोनीको नेपालका लागि आधिकारिक बिक्रेता नेपा हिमा ट्रेड लिंकले जानकारी दिएको छ ।
मोबाइलमा ३००० एएमएच क्षमताको ब्याट्रि प्रयोग गरिएको छ । साथै, ठूलो स्क्रिनमा चाँडै ब्याट्री सकिने समस्यालाई ध्यानमा राखेर कम्पनीले मोबाइल खरिद गर्दा एक्स्ट्रा ब्याट्री उपलब्ध गराउने जनाएको छ । जस्ले गर्दा मोबाइलमा लामो समयसम्म गेम खेल्न, भिडियो हेर्न, फोटो हेर्न सकिनेछ ।
एक्सपेरिया जेड अल्ट्रा नोट बुकको रुपमा समेत प्रयोग गर्न सकिने कम्पनीले दाबि गरेको छ । २१२ ग्राम तौलमा उपलब्ध यस मोबाइलको अगाडी पछाडीको भाग शीशाले बनेको छ । यसमा मोबाइल सम्बन्धी पछिल्ला विकसित सबै प्रविधिहरु प्रयोग गरिएको बताइएको छ ।

सामसुङले ल्यायो ६६ लाखको टेलिभिजन( फोटो सहित )

दक्षिण कोरियाली कम्पनी सामसुङले विश्वमा अहिलेसम्मकै ठूलो आकारको घरायासी टेलिभिजन सार्वजनिक गरेको छ । युएचडी टिभी ११० नाम दिइएको उक्त टेलिभिजनको स्क्रिन ११० इन्च अर्थात् झण्डै साढे २ मिटरको रहेको छ । निकै अत्याधुनिक प्रविधिले युक्त यो टेलिभिजन आगामी वर्षबाट बजारमा बिक्रि सुरु हुने सामसुङले जनाएको छ ।जर्मनीको बर्लिनमा आयोजित व्यापार मेलाका क्रममा यो भिमकाय टेलिभिजन सार्वजनिक गरिएको छ । यो ११० इन्चको टेलिभिजन बजारमा आउन अझै केही समय लाग्ने भएपछि सामसुङले ९८ इन्चको एस नाइन हाइ डेफिनेसन टेलिभिजन भने बजारमा ल्याइसकेको जनाएको छ । यसको अन्तराष्ट्रिय बजारमा मूल्य झण्डै ६६ लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।


सामसुङका अनुसार यो ११० इन्चको अल्ट्रा एच डी टेलिभिजनबाट जापानी दर्शकहरुले सुरुमा आगामी वर्ष हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण हेर्न पाउनेछन् भने बेलायती दर्शकले सन् २०१५ को रग्बी विश्वकप हेर्न पाउनेछन् ।बर्लिनमै आयोजित समारोहमा सामसुङले दुइजना मान्छेले एकैचोटी दुइवटा च्यानल हेर्न मिल्ने टेलिभिजन पनि सार्वजनिक गरेको छ । एस ९ सी नामक उक्त टेलिभिजनको स्क्रिन

आजको विनिमय दर 10 September, 2013


Sunday, September 8, 2013

६ इन्च स्क्रीन सम्मको आईफोन टेस्ट गर्दै एप्पल

भाद्र २३, ठुलो स्क्रीन भएको स्मार्टफोनको बढ्दो माग र यस सेगमेन्टमा सामसुङको ग्यालेक्सी सीरीजप्रति मानिसहरूको राम्रो प्रतिक्रियाहरू पछि अब एप्पल पनि आफ्नो आईफोनको लागी ४.८ देखि लिएर ६ इन्च साइज सम्मको स्क्रीनहरू टेस्ट गरिरहेको कुराको अहिले मिडियाहरूले खुलासा गरेका छन ।  iphone
वाल स्ट्रीट जर्नल को एक रिपोर्टमा जनाइए अनुसार एप्पल यस साइजको स्क्रिनमा निकै इन्टरेस्ट देखाइरहेको छ र ‘आईफोन म्याथ’ नामको मोडलका लागी ४.८  इन्च साइज भएको स्क्रीनका लागी पनि टेस्ट चलिरहेको छ ।
यद्दपी अहिलेनै एप्पलले १० सेप्टेम्बर मा आफ्नो स्पेशल इभेन्टमा जुन आईफोन 5 एस र आईफोन 5 सी सार्वजनिक गर्न गैरहेको छ, यसको स्क्रीन भने ४ इन्च भन्दा बढि हुन्छ वा हुन्न भन्ने केही जानकारी प्राप्त हुन सकेको छैन ।
रिपोर्ट्समा बताइए अनुसार यी दुबै मोडलमा पहिलेकै ४ इन्चकै स्क्रिन हुनेछ, जुन एप्पलको आईफोन 5 मा थियो ।
स्मरणीय छ कि मार्केटमा ४ इन्च भन्दा ठुलो स्क्रीन साइज भएको सेगमेन्टको सेल बढिरहेको छ । र्स्माटफोन मार्केटमा सामसुङलाइ कडा टक्कर दिनका लागी एप्पल अब ठुलो स्क्रीन भएको फोनमाथि काम गरिरहेको बताइन्छ । साथै एप्पलले लो कष्टका ह्याण्डसेट पनि अफर गर्न गैरहेको छ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center