हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, July 9, 2013

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा

सोनीले ल्यायो सबैभन्दा स्लिम स्मार्टफोन एक्सपेरिया अल्ट्रा
{gallery}3337{/gallery}
न्युयोर्क — सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ। स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्न सोनीले यो फोन ल्याएको जनाएको छ। कन्सल्ट्यान्ट ट्रान्सपरेन्सी मार्केट रिसर्चको एक अध्ययनले सन् २०१२ मा स्मार्टफोन बजारको ७० प्रतिशत हिस्सा सामसङको कब्जामा रहेको देखाएको थियो। अध्ययनले सामसङको ग्यालेक्सी एस-३ तथा ग्यालेक्सी नोट-२ मोडलको ठूलो योगदानमा सामसङले स्मार्टफोन र ट्याब्लेट बजारमा कब्जा जमाएको थियो।
सामसङले २०१३ को सुरुमा ग्यालेक्सी एस-४ तथा ६ दशमलव ३ इञ्चको स्क्रिन भएको ग्यालेक्सी मेगाफोन ल्याएको थियो। सोनीको ५ इञ्चको स्क्रिन भएको एक्स्पेरिया जेड २०१३ को सुरुतिरै बजारमा ल्याएको थियो।

एक्स्पेरिया जेड अल्ट्रालाई सोनीले सबैभन्दा पहिला संघाइको मोबाइल एशिया एक्स्पोमा प्रस्तुत गरेको छ। इन्डोनेसिया तथा सिंगापुरमा यो स्मार्टफोन जुलाइदेखि बजारमा पुग्नेछ। सोनीले सेप्टेम्बरदेखि एक्स्पेरिया अल्ट्रालाई युरोपको बजारमा पुर्याउनेछ। 'यो स्मार्टफोनको मुख्य बजार दक्षिणपूर्वी एशिया हो', एक्स्पेरियाका मार्केटिङ निर्देशकले भनेका छन्- 'किनभने ठूला स्क्रिन भएका फोन अधिक मात्रामा यही क्षेत्रमा खबत हुन्छन्।'

६ दशमलव ५ मिमी मोटाइ भएको एक्सपेरिया जेड अल्ट्रा बजारमा उपलब्ध सबैभन्दा स्लिम हुवावेको एसेन्ड पी-६ भन्दा केही पातलो छ। यो फोनलाई पानीबाट बचाउनका लागि हेडफोन सकेट कभर आवश्यक पर्दैन। अघिल्लो एक्सपेरिया जेडमा कभरको राख्नुपर्थ्यो तर त्यसमा उपभोक्ताको गुनासो आएपछि नयाँ मोडेलमा सोनीले त्यसमा सुधार गरेको हो। एक्सपेरिया जेड अल्ट्रा पानीमा निकै बेरसम्म डुबे पनि केही हुँदैन।

एक्सपेरिया जेड अल्ट्रामा के के छ?

  • १०८० पिक्सल रेजेलुसन भएको स्क्रिन छ।
  • यसमा भएको सफ्टवेयरले झुर क्वालिटीको भिडियो तथा फोटोलाई आफैँ सुधार्छ।
  • १६ गिगाबाइटको इन्टरनल स्टोरेज र ६४ जिबीको एसडी कार्डको सुविधा छ।
  • ८ मेगापिक्सलको क्यामेरा छ।
  • फूल चार्ज ब्याट्रीले ११ घण्टासम्म लगाता कुराकानी गर्न सकिन्छ।
  • १२० घण्टा अडियो सुन्न सकिन्छ। सोनीले दाबी गरेको छ यो क्षमता सबै स्मार्टफोनमध्ये नयाँ रेकर्ड हो।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center