२०१३ को अप्रिल यता प्रयोगकर्ताको संख्या विश्लेषण गर्दा अमेरिकी इन्टरनेट कम्पनी साँच्चिकै गम्भीर हुनु पर्ने स्थितिमा पुगेको छ। ३० देशका टिनएचर्सले फेसबुकिङमा कम चासो दिन थालेको रिपोर्टले देखाएको छ। वर्षको पहिलो चार महिनामा सक्रिय टिनएजर्सको प्रतिशत ७६ रहेकोमा दोस्रो चौमासिकमा घटेर ५६ प्रतिशतमा झरेको छ। फेसबुकले लाइक गर्नेलाई मात्र सक्रिय प्रयोगकर्ता मान्दैन। स्ट्याट्स लेख्ने, कमेन्ट गर्ने, फोटो— भिडियो अपलोड गर्ने, ट्याग गर्ने, कमेन्ट रिप्लाइ गर्ने टिनएजर्समा कमी आएको हो।
सबैभन्दा बढी नेरल्यान्डका टिनएजर्सले फेसबुकिङ छाडेका छन्। त्यहाँ फेसबुकमा सक्रिय हुने टिनएजर्समा ५२ प्रतिशतले गिरावट आएको छ। फेसबुक मुख्यालय रहेको अमेरिकामा १६ प्रतिशतले यस्तो गिरावट आएको छ। आखिर फेसबुक छोडेर किशोर किशोरी कता जाँदैछन् रु वीच्याट जस्ता मोबाइल च्याट एवं फोटो सेयरिङ एपहरु स्नापच्याट र इन्स्टाग्राममा उनीहरु भुल्न थालेका छन्।