हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Showing posts with label मोवाईल ब्रान्ड. Show all posts
Showing posts with label मोवाईल ब्रान्ड. Show all posts

Wednesday, December 25, 2013

एप्पललाई चीनबाट बढी आम्दानी?

स्मार्टफोन निर्माता एप्पलले चीनको सबैभन्दा ठूलो मोबाइल कम्पनीसँग सम्झौता गरेको छ। ७६ करोडभन्दा बढी ग्राहक रहेको चाइना मोबाइलसँग एप्पलको सम्झौताले विश्व टेलिकम क्षेत्रमा तरंग ल्याइदिएको हो। तीन नेटवर्कमा फोर जी लाइसेन्स भएको सरकारी स्वामित्वको चाइना मोबाइलसँगको सम्झौताले एप्पलले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिन सक्ने देखिएको छ।
चीन विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । एप्पलले अढाई वर्ष अघिदेखि नै चीन केन्द्रित बजार रणनीति अपनाउँदै आएको छ । ुएप्पलका लागि चीन निकै महत्वपूर्ण बजार होु, एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– ुचाइना मोबाइलसँग भएको सम्झौताले हामीलाई विश्वकै सबैभन्दा ठूलो नेटवर्कका उपभोक्ता समक्ष आइफोन पुर्‌याउने मौका मिल्नेछ ।ु

सन् २०१३ को सुरुवाततिर कुकले उत्तर अमेरिकाबाट भन्दा चीनबाट कम्पनीले बढी नाफा गर्ने बताएका थिए । आइफोन एप्पलका लागि आम्दानी बढाउने मुख्य उत्पादन हो । वर्षको अन्त्यसम्ममा आएका रिपोर्टअनुसार एप्पलले १७० बिलियन डलर रेभिन्यु उठाइसकेको छ । चीनका अन्य दुई ठूला कम्पनी चाइना युनिकम र चाइना टेलिकमसँग एप्पलले पहिले नै सम्झौता गरिसकेको छ । यी दुई कम्पनीको नेटवर्कमा ४ करोड ५५ लाख उपभोक्ता आवद्ध छन् । लगभग सवा अर्ब उपभोक्ता रहेको चीन सबैभन्दा बढी स्मार्टफाने उपभोक्ता भएको मुलुक हो । सामसङ एवं चीनका घरेलु सस्ता हेन्डसेटका कारण चीनमा आइफोनले बजार गुमाउँदै गएको भन्ने रिपोर्टहरु आइरहेका बेला अमेरिकी कम्पनीले यो ठूलो सम्झौता गरेको हो ।

बजार अनुसन्धान संस्था आइडीसी कन्सल्ट्यान्सीका अनुसार आइफोनको उपस्थिति चीनमा बलियो छैन । गुगलको इन्ड्रोयड अपरेटिङ सिस्टम भएका सस्ता हेन्डसेटले ठूलो बजार हिस्सा ओगटेका छन् । सामसङ, लेनोभो र कुलप्याड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । चिनियाँ टेलिकम इक्विपमेन्ट उत्पादक कुलप्याडका उत्पादनले बजार हिस्सा बढाइरहेको बेला आइफोनले चाइना मोबाइलको नेटवर्कबाट बिक्री गर्ने तयारी थालेको हो ।

प्रतिद्वन्द्वीलाई टक्कर दिन एप्पलले यसै वर्ष आइफोन सी बजारमा ल्याएको थियो । आइफोन सीले सामसङलाई खासै टक्कर दिन भने सकेनँ । अहिले आइफोन ५ सीलाई चाइना मोबाइलको नेटवर्कबाट बिक्री गरेर प्रतिद्वन्द्वीको सामना गर्ने रणनीति एप्पलले लिएको हुनसक्ने अनुमान गरिएको छ । जनवरी १७ देखि चाइना मोबाइलको नेटवर्कबाट आइफोन ५ एस र ५ सीको बिक्री सुरु हुनेछ । तर मूल्य कति तोकिनेछ भन्ने पनि स्पष्ट पारिएको छैन ।

यो वर्षको सेप्टेम्बरसम्म एप्पलले लगभग सवा १० करोड आइफोन बिक्री गरिसकेको छ । सम्झौतापछि १०–४० मिलियनसम्म आइफोन चीनमा बिक्री हुने अनुमान गरिएको छ । पछिल्ला अढाइ वर्षमा एप्पलले चीनमा ५० मिलियन आइफोन बिक्री गरेको छ ।

समसङले विश्व बजारबाट आइफोनका हिस्सा खास्दै लगेको अवस्थामा नयाँ सम्झौताले अमेरिकी कम्पनीलाई केही हदसम्म माथि उठाउने विश्वास गरिएका छ । अहिलेसम्म चाइना मोबाइलका प्रयोगकर्ताले आइफोन चलाउन पाउने अवस्था थिएन । चाइना मोबाइलको थ्रीजी टेक्नोलोजीले आइफोनका ुकम्पाटेबलु थिएन । फोर जी नेटवर्ककका प्रयोगकर्ता मात्र आइफोन ५ एस र ५ सी मा आवद्ध हुन सक्छन् ।

विश्लेषकहरुले अब आइफोन विश्वका फोन प्रयोगकर्तामध्ये १० प्रतिशतभन्दा बढी उपभोक्त समक्ष पुग्नेछ । तर त्यसका लागि सस्तो स्मार्टफोन उत्पादन गर्नु एप्पलको चुनौती हुनेछ ।

Sunday, November 24, 2013

ट्याब्लेट अप, पीसी डाउन

काठमाडौ, मंसिर ९ ( कम्प्युटर पीसी लाई म्युजियममा थन्क्याउनुपर्‍यो भने कतिको दुःख हुँदो हो रु हरेक काममा साथ दिँदै आएको कम्प्युटरको त्यो अवस्था आउनु पक्कै सुखद हुने छैन । कम्प्युटरको मायाले कसैले त्यसलाई अँगालेर बस्ने पनि छैन ।

मोनिटर, सीपीयू, माउस, किबोर्ड, स्पिकर, वेभ क्यामेरा सबै जुटाएर डेस्कटप चलाउँदै आएका उपभोक्ता ल्यापटपमा सर्दै जानु समयको आवश्यकता हो ।

त्यसो भए ल्यापटप सधैंका लागि हो त रु पक्कै होइन । ल्यापटपलाई समेत ट्याब्लेटले विस्थापित गर्दैछ । पीसी ९डेस्कटपरल्यापटप० को सिपमेन्ट सन् २०१३ को तेस्रो क्वाटरमा इतिहासमै धेरै ११ प्रतिशतले घटेको विश्वको ठूलो आईटी रिसर्च कम्पनी गार्टनरले जनाएको छ । गार्टनरको दाबीमा पीसीको बिक्रीलाई सस्ता ट्याब्लेटको लोकप्रियताले ध्वस्त पारेको हो ।

हुन पनि आईटीमा अभ्यस्त धेरैजसोले आफ्नो पहिलो कम्प्युटिङ डिभाइस ट्याब्लेटरफ्याब्लेटलाई लिन थालेका छन् । ब्रोडकास्टिङ उपकरणहरूको व्यापार गर्ने सुस्मित इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुशील पोखरेललाई भेटौं । उनको पहिलो कम्प्युटिङ डिभाइस सामसुङको ग्यालेक्सी ग्रान्ड हो । उनी उठेर फेसबुकमा साथीहरूलाई ुगुडमर्निङु स्टाटस पोस्ट गर्नदेखि, व्यावसायिक इमेल लेख्न, रिप्लाई गर्न, एप्सहरूमार्फत कम्प्युनिकेसन गर्न यही डिभाइस युज गर्छन् ।

त्यसपछि उनलाई सघाउँछ, आइप्याडले । लामो यात्रामा निस्कँदादेखि कार्यालयबाट कफीरखाजा खान बाहिरिँदासमेत उनलाई आइप्याडले साथ दिन्छ । स्लिम, चिटिक्क परेको यो डिभाइसले उनलाई ल्यापटप बोक्ने झन्झटबाट मुक्ति दिएको छ ।

उनीसँग रहेको म्याकबुक ९ल्यापटप० एयर कार्यालयको टेबलमा रहन्छ । उनी अफिसको कुर्सीमा बसेका बेला मात्र यसको प्रयोग गर्छन् ।

ुम्याकबुकले ब्याकअपका रूपमा मात्रै काम गरेको छ,ु उनले सुनाए, ुफ्याब्लेट, आइप्याडजस्ता डिभाइसले अधिकांश कम्प्युटिङ काममा सघाउँछन् ।ु सानो डिभाइसमा औंला खेलाउँदै कम्प्युटरले गर्ने काम गर्नुको मज्जै बेग्लै । बोक्न सजिलो, जहाँसुकै बसेर चलाउन सकिने, पावर ९विद्युत्० थोरैले पुग्ने ट्याब्लेटलगायतका डिभाइसले सबैलाई लोभ्याएका छन् । ट्याब्लेटमा सिम हालेर इन्टरनेट चलाउने देखि कल गर्नेसम्मका सुविधा थपिएका छन् ।

फोन र ट्याब्लेटको मिश्रति रूप प्याब्लेटमा काम गर्न गाह्रो भए त्यसभन्दा ठूलो स्क्रिन भएका ट्याब्लेट छँदैछन् । अर्को कुरा ती डिभाइस ल्यापटपरपीसीको तुलनामा निकै सस्ता पनि छन् । ल्यापटप त कुनै कुरा टाइप गर्नका लागि मात्र प्रयोगमा आउन थाल्यो । इन्टरनेट चलाउन, इमेल गर्न, गीत सुन्न, भिडियो हेर्न, बुक पढ्न, फोटो खिच्नलगायत अनगिन्ती एप्स राखेर काम गर्न औंलाले छोएर काम गर्ने यिनै साना डिभाइस उपयोगी भएका छन् ।

विश्व बजारको ट्रेन्ड हेर्दा पीसी सेल्स डाउन र ट्याब्लेट सेल्स अप देखिएको छ । ुविकसित मुलुकमा ट्याब्लेटले पीसीलाई विस्थापित गर्दै लगेको छ,ु आईसीटी एसोसिएसन नेपालका उपाध्यक्ष भेषराज पौडेल भन्छन्, ुविश्व बजारको ट्रेन्ड नेपालमा तत्काल त देखिएको छैन । नेपालले २र३ वर्षमा ती मुलुकलाई पछ्याउने भएकाले यहाँ पनि पीसीको हालत त्यस्तै नहोला भन्न सकिन्न ।ु

विश्व बजारमा माग बढेको तथ्यांक हेरौं । सन् २०१२ मा १२ करोड ट्याब्लेटको सिपमेन्ट भएको थियो । यो संख्या सन् २०१० को तुलनामा ७ गुणा बढी रहेको गार्टनरको दाबी छ । यस वर्ष एप्पलले पहिलोपटक आइप्याड बजारमा ल्याएको थियो । विश्व बजारमा ट्याब्लेटको माग दिन प्रतिदिन बढ्दो छ । त्यसैले एप्पल, नोकिया, माइक्रोसफ्टलगायतका कम्पनीले नयाँ ट्याब्लेट बजारमा ल्याएका छन् ।

यसअघि गुगल, अमेजन, सामसुङजस्ता आईटीका हेविवेट कम्पनीले ट्याब्लेट बजारमा ल्याएका थिए । यीबाहेक लेनोभो, एचसीएल, एचपी, माइक्रोम्याक्स, आसुसलगायतका दर्जनौं कम्पनीले ट्याब्लेट बजारमा ल्याएका छन् । विश्व बजारमा आइप्याडको सेयर सबैभन्दा बढी छ । बजार सर्भे गर्ने अर्को संस्था इन्टरनेसनल डाटा कर्पोरेसन ९आईडीसी० का अनुसार आइप्याडको बिक्री ट्याब्लेट बजारमा ३२ प्रतिशत छ ।

दोस्रो नम्बरमा रहेको सामसुङको बिक्री १६ प्रतिशत छ । एप्पलले भर्खरै आइप्याड एयर बजारमा ल्याएको छ । त्यस्तै सामसुङले ग्यालेक्सी नोट थ्री बजारमा ल्याएको छ । यससँगै माइक्रोसफ्टले सर्फ ट्याब, नोकियाले लुमिया ट्याब्लेट बजारमा ल्याएका छन् । ट्याब्लेट उत्पादकले आफ्ना उत्पादनलाई विविधता दिएका छन् । पीसीको अपरेटिङ सिस्टम उत्पादक माइक्रोसफ्टले ल्याएको ट्याब्लेटले कम्प्युटरले जत्तिकै काम गर्छ ।

सामसुङका ट्याब्लेटमा धेरै अप्सन छ । उपभोक्ताले आफूलाई चाहिएको ट्याब्लेटरफ्याब्लेट मूल्यरउपयोगिताअनुसार छान्न सक्छ । एप्पलका आइप्याड काम गर्नरगेम खेल्न उत्तिकै उपयोगी छन् । अमेजनले ल्याएको किन्डल किताब पढ्न बढी उपयोगी छ । गार्टनरको अनुमानमा सन् २०१३ मा पूरा वर्ष १८ करोड ४० लाख ट्याब्लेट सिपमेन्ट हुनेछन् भने पीसी ३० करोड ३० लाख । सन् २०१५ मा भने

ट्याब्लेटको सिपमेन्ट बढेर ३३ करोड १० लाख पुग्नेछ ।

पीसीको सिपमेन्ट भने घटेर २७ करोड २० लाखमा झर्नेछ । अर्को सर्वेक्षणकर्ता बीआई इन्टेलिजेन्सको रिपोर्टले भने ट्याब्लेटको बिक्री अभूतपूर्व रूपमा बढिरहेको देखाएको छ । ुयति छिटो दरमा बिक्री बढेको अरू कुनै डिभाइसको थिएन,ु उसले आफ्नो रिपोर्टमा भनेको छ, सन् २०१३ मा ७४ प्रतिशतले  ट्याब्लेटको मार्केट बढ्नेछ । उसले हरेक वर्ष समग्रमा ७५ प्रतिशतले बजार बढिरहेको बताएको छ ।

यसले सन् २०१६ मा ५० करोड ट्याब्लेट बिक्री हुने प्रक्षेपण गरेको छ ।

नेपालमा भने मूल्य वृद्धिले पनि ल्यापटपरकम्प्युटरको बिक्रीलाई झन्डै ६०प्रतिशतले घटाएको आईसीटी एसोसिएसनका उपाध्यक्ष पौडेल बताउँछन् । ुदुई महिनाअघि ४०र४२ हजार रुपैयाँमा पाइने ल्यापटप डलरको भाउ बढेर ५० हजार रुपैयाँभन्दा बढी पर्ने भएको छ,ु उनले भने, ुत्यसले गर्दा उपभोक्ता मूल्य घट्ने आसले नकिनेर बसेका छन् । ल्यापटप महँगो मानेर किन बस्ने रु सस्तोमा पाइने ट्याब्लेट छँदैछ नि १

Saturday, November 16, 2013

सामसुङले ल्यायो ग्यालेक्सी कोर प्लस

samsung-galaxy-core-plus
मंसिर १, सामसुङले एक अर्को स्मार्टफोन ग्यालेक्सी कोर प्लस सार्वजनिक गरेको छ । अहिले भने कम्पनीले यो फोन ताइवानको बजारमा उतारेको हो । यसको मूल्य ७,९९० ताइवान डलर तोकिएको छ । कम्पनीले यस कुराको भने जानकारी दिएको छैन कि विश्वका बाँकी देशहरूमा कहिलेबाट यो उपलब्ध हुनेछ ।  
सामसुङ ग्यालेक्सी कोर प्लस मा 800×480 पिक्सेल्स रेजुलूशन भएको 4.3 इन्चको टीएफटी डिस्प्ले रहेको छ । यो सामसुङ टचविज यूजरइन्टरफेसका साथमा एन्ड्रोइड 4.2 जेली बीनमा चल्दछ ।
यसमा 1.2 गीगाहर्त्ज ड्यूल-कोर प्रोसेसर र 768 एमबीको र्याम रहेको छ । यसले ड्यूल-सिम सपोर्ट गर्दछ ।
यसको पछाडी पट्टि एलईडी फ्लाशका साथमा 5 मेगापिक्सेल्स र अगाडी पट्टि भिजीए क्यामरा रहेको छ । यसमा 4 जीबी इनबिल्ट स्टोरेजका साथमा 64 जीबी सम्मको माइक्रो-एसडी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा वाई-फाई, ब्लूटूथ 3.0 र जीपीएस रहेका छन । यसमा 1800mAh को ब्याट्री रहेको कुरा कम्पनीले जनाएको छ

Friday, November 1, 2013

गुगलले ल्यायो नेक्सस–५ स्मार्टफोन, केके छन नयाँ सुबिधा ?

गुललले आफ्नो नेक्सस स्मार्टफोनको नयाँ संस्करण लन्च गरेको छ । यो नेक्सस ४ भन्दा सानो हुनुका साथै पातलो र हलुका पनि छ । तर, यसको टच स्क्रीन ठूलो छ । नेक्सस ५ को टचस्क्रीन ४।९६ इन्चको छ ।
एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करण ‘किटक्याट’को क्षमतालाई सामना गर्न सक्ने गरी फोन तयार गरिएको हो । यसलाई महंगो स्मार्ट फोनदेखि सस्तो फिचरको फोनसम्मका लागि तयार गरिएको छ । नयाँ अपरेटिङ सिस्टमले सबै प्रकारको फोनमा राम्ररी काम गर्ने गुगलको दावी छ ।

नयाँ नेक्ससको उत्पादन एलजीले गरेको हो । गार्टनरको आंकडाअनुसार गुगलसँगको समझदारीपछि एलजीलाई निकै फाइदा भएको छ तर पनि कम्पनी आफ्नो प्रतिस्पर्धी सामसुङ र एप्पलभन्दा निकै पछि छ ।

नयाँ फोनमा एलजीको जी २ ह्याण्डसेजको हार्डवेयरको प्रयोग गरिएको छ । यसको माध्यमबाट १०८० पी रेजोलूशनको एचडी भिडियो रेकर्ड गर्न सकिन्छ भने यसलाई प्ले पनि गर्न सकिन्छ । यसको क्यामेरामा ¥यापिड बस्र्ट सिस्टमको खुबी पनि छ, जसको सहयोगमा एकै पटक धेरै तस्वीर खिच्न सकिन्छ ।

यो ह्याण्डसेटको विक्री अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, स्पेन, इटली, जापान र कोरियामा १ नोभम्बरबाट सुरु भएको छ । गुगलका अनुसार १६ जीबी क्षमताको नेक्ससको मूल्य अमेरिकामा ३४९ डलर हुनेछ भने ३२ जीबीको मूल्य ३९९ डलर ।

Sunday, October 27, 2013

सोनीको थ्री इन वन हेडफोन

नयाँ दिल्ली–सोनीले एड्भान्स फिचर्स सहित तीन नयाँ हेडफोन लन्च गरेको छ। जस मध्ये एक हेडफोनको प्रयोग तीन कामको लागी गर्न सकिन्छ। अर्थात सोनीले थ्री इन वन हेडफोन ल्याएको छ। म्युजिकका सौखिनका लागि सोनीको यो नयाँ हेडफोन निकै उपयोगी छ। यो हेडफोनको प्रयोग स्मार्टफोन, ट्याब्लेट, फैवलेटमा प्रयोग गर्न सकिन्छ।
सोनीले यी हेडफोनको एमडीआर १, एमडीआर–१० आर एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३ को भारतमा लन्च गरेको हो। पछिल्लो पटक सोनी, सामसुङ लगायतका स्मार्ट फोन कम्पनीहरुले भारतलाई केन्द्र बनाउन थालेका छन्, यसैको पछिल्लो उदाहरण सोनी हो। एमडीआर १ र एमडीआर–१० आरको मुल्य २४ हजार पर्ने छ। एमडीआर १ हेडफोनमा एडभान्स फिचर्स जस्तै बीट रेस्पोन्स कन्ट्रोल, डिजिटल नोइज कन्ट्रोल, डिजिटल इकोलाइजर र इम्प्लीफायर राखिएको छ।

एमडीआ–१० आरको कम्पनीले डिजिटल ब्लुटुथ हेडफोनको रुपमा लन्च गरेको छ। एनडब्ल्यूजेड–डब्ल्यूएच३०३ लाई थ्री इन वन हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। यसको तीन अलग अलग मोड म्यूजिक प्लेयर, स्पीकर र हेडफोनको रुपमा प्रयोग गर्न सकिन्छ। कम्पनीले एनडब्ल्यूजेड–डब्ल्यूएच ३०३को मूल्य १४५०० तोकेको छ।

Friday, October 25, 2013

एप्पलपछि एचटीसीको फिङ्गर प्रिन्ट मोबाइल

बेइजिङ( स्मार्टफोन र ट्याब्लेटको बजारमा जमेको कम्पनी एचटीसीले आफ्नो नयाँ फोन म्याक्स लन्च गरेको छ। फोनमा एप्पलको ुआइफोन ५ एसुजस्तै फिङ्गर प्रिन्ट्स छ। यसको स्क्रिन ५।९ इन्च लामो छ।
चीनमा पत्रकार सम्मेलन गरेर यो नयाँ फोन ुवन म्याक्सुको सार्वजनिक गर्ने भनिए पनि लन्च हुनुपूर्व इन्टरनेटमा समाचार आएपछि कम्पनीले निर्धारित समयभन्दा एक दिन अगाडि नै फोन सार्वजनिक गरेको थियो।

सेप्टेम्बरमा एप्पलले आइफोन ५ एस फिङ्गर प्रिन्ट मोबाइल ल्याएको थियो। वान म्याक्स एन्ड्रोइड फोनमा पहिलो फिङ्गर प्रिन्ट मोबाइल भएको छ। स्मार्टफोनको बजारमा आक्रमकरुपमा आइरहेको यो ताइवानी कम्पनी पहिलो पटक घाटामा गएको बताइएको छ।

जुलाइदेखि सेप्टेम्बरसम्म आइपुग्दा एचटीसी दस करोड डलर नोक्सानमा भएको बीबीसीले जनाएको छ।

एचटीसीको यो नयाँ फोनमा उसका अन्य फोनभन्दा ब्याट्रीले लामो समय काम गर्नेछ।

नोकियाले ल्यायो फेब्लेट र ट्याब्लेट

अवुधवी( नोकियाले आफ्नो पहिलो फेब्लेट अर्थात् ठूलो स्क्रिन भएको फोन र ट्याब्लेट कम्प्युटर लन्च गरेको छ। नोकियाको नयाँ ट्याब्लेट विण्डोज आरटीमा चार जीबीको डाटा चिप्स रहने छ। माइक्रोसफ्टको हालै लन्च भएको सरफेसभन्दा यो शक्तिशाली हो।
माइक्रोसफ्टले केही समयपहिला नोकिया कम्पनीको मोबाइल सेगमेन्ट ५।४ अरब युरोमा किन्ने घोषणा गरेको थियो। बिक्रीको पूरा प्रक्रिया २०१४ को सुरुवातसम्म पूरा हुने बताइएको छ। मोबाइल, ह्याण्ड सेट तथा ट्याब्लेटको बजारमा माइक्रोसफ्टको विस्तार बढ्दै गए पनि यसको गति भने ढिलो छ। नोकियाको नयाँ ट्याब्लेटले बजारका अन्य ट्याब्लेटलाई च्यालेन्ज गर्न सक्ने बताइएको छ।

नोकियाले ल्याएका दुई फेब्लेट्स लुमिया सिरिजमा नै छन्। लुमिया १५२० र लुमिया १३२० को डिस्प्ले ६ इन्च रहेको छ। यसको अलवा यसमा बीमर र रिफोकस दुई एप्स पनि छन्। लुमिया २५२० एकमात्र विण्डोज आरटी ट्यावलेट हो जुन माइक्रोसफ्टले बनाएको होइन। अपरेटिङ सिस्टम एआरएम आधारित चिप अनुसार काम गर्ने छ, जसको ब्याट्री लाइफ राम्रो रहेको कम्पनीको दावी छ। यो विण्डोज ८ अपरेटिङ सिस्टममा आधारित छ।


Wednesday, October 9, 2013

सासमुङले ल्यायो घुमाउरो स्मार्टफोन, ग्यालेक्सी राउण्ड

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले घुमाउरो स्त्रिmन भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । ग्यालेक्सी राउण्ड नाम दिइएको उक्त स्मार्टफोनको स्त्रिmन ५।७ इन्चको रहेको छ । अर्को वर्ष घुमाउरो स्मार्टफोन सार्वजनिक गर्ने एल जी ले घोषणा गरेको भोलिपल्टै सामसुङले सबैलाई चक्मा दिनेगरी यो घुमाउरो स्मार्टफोन सार्वजनिक गरेको हो । स्मरण रहोस् एल जी र सामसुङ दुबैले लचिलो घुमाउरो स्त्रिmन भएको टेलिभिजन समेत निर्माणमा जुटिरहेका छन् ।



सासमुङका अनुसार यो नयाँ स्मार्टफोन ग्यालेक्सी राउण्डको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यो बन्द रहेको बेलामा पनि यसका प्रयोगकर्ताले मिति, बार, समय तथा मिस्ड कलका बारेमा जानकारी पाउन सक्नेछन् । साथै फोन बन्द रहेकै बेलामा समेत आफुलाई मनपर्ने गित सुन्न सक्नेछन् ।

सुरुमा दक्षिण कोरियामा लन्च गरिएको यो स्मार्टफोन विश्वका अन्य देशमा कहिले लन्च हुन्छ भन्ने बारेमा भने केही बताइएको छैन ।

विश्वमा स्मार्टफोनको बजार तिब्र रुपमा बढिरहेको सन्दर्भमा मोबाइल कम्पनीहरुले पनि नयाँ नयाँ तथा सुविधासम्पन्न मोबाइल फोन बजारमा ल्याएर उपभोक्ताको मन तान्ने कोसिस गरिरहेका छन् । एलजीले हालै विश्वको सबैभन्दा हल्का स्मार्टफोन बनाउने घोषणा गरेको छ । उसका अनुसार उक्त मोबाइल फोन लचिलो हुनेछ र फुट्ने छैन । सन् २०१४ सम्ममा त्यस्तो मोबाइल फोन बजारमा आउने एलजीको भनाइ छ । उक्त फोनमा ६ इन्चको स्त्रिmन हुनेछ र तौल केवल ७।२ ग्राम हुनेछ ।

Saturday, October 5, 2013

सामसुङ ग्यालेक्सी ‘नोट थ्री’ नेपाली बजारमा

काठमाडौं । बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘नोट थ्री’ नेपाली बजारमा भित्रिएको छ । सामसुङको पछिल्लो एन्ड्रोइड स्मार्टफोन ‘नोट थ्री’को नेपालमा ९१ हजार ५ सय रुपैयाँ पर्नेछ । सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सभिर्सेज ९आइएमएस० प्रालिले ‘नोट थ्री’ स्थानिय बजारमा बिक्री शुरु गरेको छ ।

यस्तो छ नोट थ्री

नोट थ्री ५।७ इञ्च ठूलो स्क्रिन भएको स्मार्टफोन हो । यसमा ब्याक साइडमा १३ मेगा पिक्सेल र फ्रन्ट साइडमा २ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ । क्यामेरामा अटो फोकस, टच टु फोकस, फेस डिटेक्सन, स्माइल डिटेक्सन, आइएसओ कन्ट्रोल, हृवाइट व्यालेन्स प्रिसेट्स, ब्रुष्ट मोड, डिजिटल जुम, हाई डाइनामिक रेञ्ज मोड, पानोरामा, सेल्फ टाइमर, इफेक्ट्सलगायतका सुविधाहरु रहेका छन् ।



स्मार्टफोनमा ओएस ४।३ एन्ड्रोइड जेलिबिन अपरेटिङ सिष्टम, २३०० एमएचजेड क्वार्डकोर प्रोसेसर, ३०७२ एमबी र्‍याम रहेको बताइएको छ । त्यस्तै, यसमा ३२ एमएएच क्षमताको ब्याट्रि प्रयोग गरिएका कारण २५ घण्टासम्म लगातार कुरा गर्न सकिने कम्पनीले दाबि गरेको छ । ३२ जीबी इन्टरनल मेमोरी रहेको यस स्मार्टफोनमा आवश्यकता अनुसार ६४ जीबीसम्म विस्तार गर्न सकिन्छ । वाइफाई ब्लुटुथ, माइक्रो एसडी कार्ड, मल्टी टच स्क्रिन, लाइट सेन्सर डिस्प्ले रहेको बताइएको छ ।

नोट थ्री १६८ ग्रामको भएका कारण हलुका र पातलो रहेको छ । कम्पनीले दिएको जानकारीअनुसार नोट थ्री नेपाली बजारमा विभिन्न ३ रङमा उपलब्ध छ । यसभन्दा अगाडी बजारमा आएको नोट टुले पनि नेपाली बजारमा राम्रो उपस्थिती देखाउन सफल भएको थियो । नोट टुलाई जस्तै नोट थ्रीलाई पनि नेपालीहरुले मन पराउने कम्पनीले विश्वास लिएको छ ।

नोट थ्रीसँगै गियर घडी

कम्पनीले सेटसँगै प्रयोग गर्न मिल्ने गियर घडी पनि सार्वजनिक गरेको छ । ग्यालेक्सी नोट थ्री र गियर नामाकरण गरेर नोट थ्री र घडी नेपाली बजारमा भित्राइएको छ । नोट थ्री प्रयोग गर्ने ग्राहकले उक्त घडीमा फोन उठाउन, म्यासेज र भिडियो हेर्न सक्छन् । ४६ हजार रुपैयाँ तोकिएको घडी छुट्टै किन्न पनि सकिने कम्पनीले बताएको छ । दुबै एकसाथ किन्दा १ लाख ३३ हजार तिर्नुपर्ने हुन्छ ।

कम्पनीका अनुसार नोट थ्री खरिद गर्ने पहिलो पाँच जनाले यो घडी सित्तैमा प्राप्त गर्नेछन् । फोनको ब्लुटुथ रेञ्जभित्र रहेर काम गर्ने घडीबाट फोनमाजस्तै आवाज पहिचान हुनुका साथै अपरिचित व्यक्तिहरुबाट आएको फोनको आवाजसमेत पहिचान गर्न सकिन्छ । कम्पनीका अनुसार यसलाई फोनको दोस्रो स्त्रिmन समेत मानिन्छ ।

घडीका फिचरहरु

यस घडीमा १।२ मेगापिक्सेल क्यामेरा रहेको हुँदा तस्बिर खिच्न सकिन्छ । कम्पनीका अनुसार घडीबाट खिचेको तस्बिरलाई म्यासेजबाट पठाउन सकिन्छ । साथै, घडीले फोनमा आएका नोटिफिकेसन र इमेलहरुबारे चाँडो जानकारी गराउँछ ।

Tuesday, October 1, 2013

ब्रान्डमा उत्कृष्ट एप्पल

लन्डन ९एजेन्सी०, आश्विन १६ ( एप्पल विश्वकै सबैभन्दा मूल्यवान् ब्रान्ड बनेको छ । १३ वर्षसम्म पहिलो नम्बरमा बसेको कोकाकोलालाई पछि पार्दै एप्पल इन्टरब्रान्डको सूचीमा उत्कृष्ट ठहरिएको हो । ब्रान्डिङ सेवा उपलब्ध गराउने अमेरिकी कम्पनी इन्टरब्रान्डले बर्सेनि यस्तो सूची निकाल्ने गर्छ ।

आइफोन, आइप्याड, म्याकलगायत उत्पादन विश्वभर पुर्‍याएको एप्पलले विश्वका १ सय ब्रान्डलाई उछिन्दै पहिलो पटक उक्त स्थान पाएको हो । दोस्रो नम्बरमा सर्च इन्चिन, सामाजिक सञ्जाल र एन्ड्रोइड अपरेटिङ सिस्टम उपलब्ध गराउने कम्पनी गुगल परेको छ । कोकाकोला भने तेस्रो स्थानमा झरेको हो ।

इन्टरब्रान्डले सार्वजनिक गरेको सूचीअनुसार चौथो नम्बरमा इन्टरनेसनल बिजनेस मेसिन ९आईबीएम०, पाँचौंदेखि दसौंसम्म क्रमशः माइक्रोसफ्ट, जनरल इलेक्िट्रक, म्याकडोनल्ड, सामसङ, इन्टेल र टोयोटा  मोटरकर्प परेका छन् ।

यसअघि सन् २००० मा एप्पलले पहिलो पटक उत्कृष्ट ११ ब्रान्डको सूचीमा ३६ औं स्थान पाएको थियो । सो समय कम्पनीको ब्रान्ड मूल्य ६ अर्ब ६० करोड डलर थियो । जुन पछिल्लो समय ९८ अर्ब ३० करोड डलर बराबर पुगेको छ ।

कम्पनीले केही साताअघि मात्र नयाँ अपरेटिङ सिस्टम र दुई स्मार्टफोन सार्वजनिक गरेको छ । प्रख्यात उत्पादन ट्याबलेटमा पनि नयाँ शृंखला थपिने अनुमान बजारको छ ।

इन्टरब्रान्डेले एप्पललाई ग्राहकको आवश्यकताअनुसार उत्पादन ल्याउन सक्ने र डिजाइनमा पनि नवीनता थप्ने टिप्पणी गरेको छ । इन्टरब्रान्डले कम्पनीको वित्तीय अवस्था, ग्राहकको रोजाइ, मूल्य र नाफालाई हेरेर यस्तो सूची तयार गर्ने गर्छ । एक वर्षमा एप्पलको ब्रान्ड मूल्य २८ प्रतिशतले बढेको छ । जब कि कोकाकोलाले यही अवधिमा आफ्नो मूल्य २ प्रतिशत बढाएर ७९ अर्ब २० करोड मात्र बनाउन सकेको छ ।

Monday, September 23, 2013

३६ घन्टामा ९० लाख आइफोन बिक्री

न्युयोर्क( एप्पलको पछिल्लो उत्पादन आइफोनले अहिलेसम्मका सबै पुराना रेकर्ड तोडेको छ। विश्व बजारमा एप्पलले ३६ घन्टामा ९० लाख आइफोन बिक्री गरेको छ। कम्पनीका दुई नयाँ आइफोन ५ एस र ५ सी को माग विश्व स्मार्टफोन बजारमा उच्च देखिएको हो।

एप्पलका अनुसार आइफोन ५ एसको माग उसको उपलब्धता भन्दा बढी आएको छ। आइफोनको माग बजारमा चुलिएपछि सेयर बजारमा त्यसको प्रभाव परेको छ। बजारमा आइफोनको माग ह्वात्तै बढेसँगै एप्पलको सेयर ६ प्रतिशतले बढेको छ। यस अघि एप्पलको सेयर वृद्धिदर ४ प्रतिशत थियो।

कम्पनीका मुख्य कार्यकारी अधिकृत टिम कुकले नयाँ आइफोनको बजारमा माग बृद्धि भएको उल्लेख गरे। आइफोन ५ एसको पहिलो उत्पादन बिक्री भइसकेको र बढ्दो मागलाई ख्याल गर्दै यसलाई बढी भन्दा बढी मात्रामा बजारमा ल्याउन लागिएको कुकुले बताए।

एप्पलले सेयर बजारका अधिकारीलाई पठाएको पत्रमा कम्पनीको मुनाफा वर्षको अन्तिमतिर ३४ अरबबाट ३७ अरब डलर पुग्नसक्ने बताएका छन्।


राइनो शील्ड: अहिले सम्मकै सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर

यदि तपाइँसंग महंगो फोन छ, र तपाइँलाइ यो खस्ला र फुटला भन्ने चिन्ता लागिरहन्छ भने अब चिन्ता नगर्नुहोस् । फोन खस्दा सबैभन्दा क्षति भनेको यसको स्क्रीन फुट्नाले हुने गर्दछ । अब संसारको सबैभन्दा बलियो स्क्रीन प्रोटेक्टर आएपछि यस कुराको चिन्ता नलिए पनि हुने भएको छ । यस्तो स्क्रीन प्रोटेक्टर, जसमा सानो ह्यामरको चोटले पनि कुनै असर गर्दैन ।  
Rhino-Shileds
राइनो शील्ड नामको यस स्क्रीन प्रोटेक्टरलाइ तयार गर्ने इभोल्यूशन ल्याब्स ले बताए अनुसार निकै कडा टेस्टहरू पास गर्नमा यो सफल भएको छ ।  कागजको तीन तहहरूको बराबर मोटाई भएको यस ट्रान्सपरेन्ट स्क्रीन प्रोटेक्टरलाइ टेस्टिङका क्रममा खुट्टाले समे कुल्चिएको थियो, यस माथी ईंटाहरू खसालियो र यहाँसम्म कि ह्यामरले समेत यसलाइ हानियो । तर निर्माण कम्पनीले दावी गरे अनुसार यति गर्दा पनि यसमा कुनै प्रकारको स्क्रीनमा समस्या देखिएन ।
कम्पनीले बताए खनुसार यसलाइ बिशेष किसिमको पोलिमरबाट बनाइएको हो । जुन खस्दा खेरी उत्पन्न हुने शकलाइ पूर्ण एनर्जीका साथमा सोस्दछ र स्क्रीनलाइ नोक्सान हुन दिँदैन । कम्पनीले दावी गरे अनुसार यो प्रोटेक्टर आईफोन र सामसुङको स्मार्टफोन्सको स्क्रीनमा प्रयोग गरिएको गोरिल्ला ग्लासको तुलनामा पांच गुणा धेरै इनर्जीको शकलाइ झेल्न सक्दछ ।
यस स्क्रीन प्रोटेक्टरको मूल्य २० पाउण्डढ रहेको छ । यो प्रोटेक्टर शीट आईफोन 5, 5S र 5C मा फिट हुन्छ । यसले स्क्रीनको टचस्क्रीन सेन्सिटिभिटीमा पनि कुनै असर पर्दैन ।

यसरी ह्याक भयो नयाँ आइफोन

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो ।
iphone
चाओस कम्प्युटर क्लब नामक समूहले स्त्रिmनको सिसाको छेउँबाट उच्च रिजोलुसन युक्त तस्वीर लिएर त्यसलाई स्क्यान गरी पारदर्शी पत्रमा लेजर पि्रन्ट गरे । अनि त्यसलाई उड ग्लुले छोपेर ग्लु सुकेपछि पि्रन्ट कपी मात्र उप्काएर त्यसलाई आइफोनको सेन्सरमा दबाए अनि त्यसपछि आइफोन खोल्न सफल भए ।
एप्पलको आइफोन ५ एस सार्वजनिक समारोहमा एप्पलले यो नयाँ आइफोनमा रहेको फिंगरपि्रन्ट सेन्सर यसअघिका फिंगरपि्रन्ट प्रविधिभन्दा निकै सुरक्षित रहेको दाबी गरेको थियो । तर ह्याकरहरुले एप्पलको त्यस्तो दाबीलाई दुइ दिनमै झुटो सावित गरिदिएका छन् । एप्पलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।
चाओस कम्प्युटर क्लबलेले आफ्नो वेबसाइटमा यो कुराको प्रमाण पेश गर्न एक भिडियो समेत राखेको छ । जसमा कुनै बनाबटी पि्रन्टको सहायताले आइफोन ५ एस को लक कसरी खोल्न सकिन्छ भन्ने कुरा देखाइएको छ । उसले आफ्नो टोलीले कसरी आइफोनको फिंगर पि्रन्ट रिडरलाई क्र्याक गर्न सफल भयो भन्ने कुरा समेत सविस्तार बताएको छ ।
एप्पलको आइफोन ५ एस ह्याक गर्ने एक जना ह्याकर स्टारबगले औँठाछापलाई कुनैपनि चिजको सुरक्षाका लागि प्रयोग नगर्न सल्लाह दिएका छन् । उनका अनुसार हामीले विभिन्न ठाउँमा आफ्नो औँठाछाप छाडेका हुन्छौँ जसलाई कपी गर्न निकै सजिलो हुन्छ र गलत मानिसले त्यसको फाइदा उठाउन सक्छन् ।

Thursday, September 19, 2013

भारतीय बजार ताक्दै सामसङ

नयाँ दिल्ली– विश्व प्रशिद्ध मोबाइल निर्माता कम्पनी सामसङले ग्यालेक्सी नोट ३ भारतमा पनी लन्च गरेको छ। सामसङको यो नयाँ फोनको मूल्य करिब ८० हजार नेपाली छ। पछिल्लो पटक भारतमा एन्ड्रोइड फोनको बजार बढेपछि सामसङले भारतलाई आफ्नो नजरमा राख्दै आएको हो। नोट ३ सँगै उसले नयाँ उत्पादन ग्यालेक्सी गीयरको पनी भारतमा लन्च गरेको थियो।

जनसंख्याको हिसाबले र फोन प्रयोगको दृष्टिले भारत महत्वपूर्ण मानिएकाले पनि सामसङले भारतमा आफ्नो बजार बढाउन चाहिरहेको छ। भारतीय फोन निर्माता कम्पनीसँग भने उसले कडा प्रतिस्पर्धा गर्नुपर्ने निश्चित छ। कम मूल्यमा बजारमा आफ्नो दबदबा बनाएका कम्पनीहरु उसका चुनौती हुन्।
भारतीय बजारलाई विशेष किससिमबाट हेर्दै नोट ३ भारतबाट पनि लन्च गरेको बताइएको छ।
करिब १६८ ग्राम तौल रहेको नोट ३ मा १३ मेगापिक्सेलको हाइ क्वालिटी क्यामेरा लगाइएको छ। जसले गर्दा मानिसलाई क्यामेरा बोक्ने झन्झट गरिरहनु पर्दैन।
ग्यालेक्सी नोट ३ मा ३२०० एमएएचको ब्याट्री छ जुन अन्य तुलनामा लामो समय टिक्ने छ। यो फोन तीन रङमा ल्याइएको छ। ब्ल्याक, ह्वाइट र पिंक कलरमा फोन उपलब्ध छ।
सामसङले ग्यालेक्सी गियर पनि बजारमा ल्याएको छ जसको मूल्य ३२ हजारभन्दा माथि पर्ने बताइएको छ।
पछिल्लो पटक भारतमा आफ्नो बजारलाई तीब्ररुपमा अगाडि बढाइरहेको सामसङको नोट ३ र ग्यालेक्सी गियर दुबै सेप्टेम्बर २५ देखि भारतीय बजारमा उपलब्ध हुनेछन्। २५ सेप्टेम्बरमा औपचारिकरुपमा पाउने भनिए पनि बजारमा यो फोनको किनबेच सुरु भइसकेको छ। सामसङका भारत प्रमुख विनित टुटेजाका अनुसार नोट ३ को स्क्रीन साइज नबढाइ डिस्प्ले साइजमात्र बढाइएको छ। नोट ३ बजारमा ३ जीमा उपलब्ध हुनेछ, यसको ४ जी भर्सन पनी रहेको छ।
५।७ इन्चको फुल एचडी सुपर एमोसेड डिसप्ले स्क्रीन भिडियोले छुट्टै अनुभव दिनेछ। नोट ३ को एलटीइ भर्सनमा २१३ गीगाहटर्जको क्वाड प्रोसेसर छ। जबकि भारतमा महँगो ३ जी मोडलमा ११९ गीगाहटर्जको ओक्टाकोर प्रोसेसर छ।
यसमा ३ जीबीको र्या म तथा ३२ र ६४ जीबीको डिक्स स्पेस मेमोरी रहेको छ।
यता ग्लेक्सी गियरले ग्यालेक्सी सिरीजका लगभग सबै डिभाइसको साथ काम गर्न सक्नेछ। ग्यालेक्सी गियर अघिल्लो महिना आएको ट्याब्लेटको साथ पनि चल्नेछ।
नोट ३ मा ुफाइन्ड माइ मोबाइलु फिचरको अपडेट भर्सन यसमा उपलब्ध छ। यो फिचरको माध्यमबाट फोन हराएको अवस्थामा र चोरी भएको अवस्थामा फोनलाई निस्क्रीय बनाउन सकिन्छ जसले गर्दा फोनको लगत प्रयोग हुन नपाओस्।

Wednesday, September 18, 2013

असुस कम्पनीको प्याडफोन इन्फिनिटी सार्वजनिक

 प्राविधिक सामानहरूको उत्पादक कम्पनी असुसले नयाँ प्याडफोन इन्फिनिटीको घोषणा गरेको छ । यो यस्तो फोन हो, जसलाइ प्याडफोन स्टेशनमा लगाएर ट्याबलेट जस्तै प्रयोग गर्न सकिन्छ । नया प्याडफोन इन्फिनिटी यस सीरीज को चौथो डिभाइस हो ।
asus-new-padfone-infinity
यस नयाँ प्याडफोन इन्फिनिटी मा 5 इन्च फुल एचडी (1920×1080 पिक्सेल्स) आईपीएस डिस्प्ले, 2.2 गीगाहर्त्ज क्वालकम स्न्यापड्रेगन 800 प्रोसेसर र एड्रिनो 320 जीपीयू (ग्राफिक्स प्रोसेसिङ यूनिट) रहेको छ । यो फोन एन्ड्रोइड 4.2.2 मा चल्दछ ।
यसको यूनिबडी फ्रेम ब्रश्ड आल्युमिनियम फिनिश भएको छ । यसमा पछाडिपट्टी एलईडी फ्लाशका साथ 13 मेगापिक्सेलको क्यामरा रहेको छ, जसले 1080p भिडियो रेकर्ड गर्न सक्दछ । यसमा 2 मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।
यस अघिको प्याडफोन डक जस्तै यसमा पनि 10.1 इन्चको डिस्प्ले रहेको छ, जसमा एन्टि-फिङ्गर प्रिन्ट कोटिङ रहेको छ ।
फोनमा 2000mAh ब्याट्री रहेको छ ।
प्याडफोन इन्फिनिटी को मूल्य 640 अमेरिकी डलर र प्याडफोन स्टेशन को मूल्य 240 अमेरिकी डलर तोकिएको छ ।

Saturday, September 14, 2013

एप्पलको नयाँ आईफोनले लोभ्याउन सकेन

न्यूयोर्क, भाद्र ३०, एप्पलले हालै ल्याएको दुइ वटा नयाँ आईफोनलाइ जसरी बजारमा सार्वजनिक गर्यो त्यसले स्मार्टफोनको बजारमा विस्तारको उसको योजनाका बारेमा शंका उत्पन्न भएको छ ।  iphone
कम्पनीको शेयरमा गिरावट आएका कारण यो अनुमान गरिएको हो । साथै यसका बारेमा विश्लेषकहरूको टिप्पणी पनि निकै नराम्रो रहेको थियो । केही विश्लेषकहरूले बताए अनुसार एप्पलका नयाँ उत्पादनको मूल्यमा कुनै आकर्षक कमी गर्न असफल भएको छ ।
यसैले बढिरहेको बजारमा सीमित आय भएका वर्गहरूका मानिसहरू शायद नै धेरै आकर्षित हुनेछन । नयाँ उत्पादनहरूलाइ हेर्दै विश्लेषकहरूले भनेका छन कि अब यस कम्पनीका उत्पादनहरूले नयाँ उत्पादन भन्दै आफ्नो पुरानो अग्रणी स्थितिमा पुनः फर्किन सक्नेछैन ।
न्यूयोर्क शेयर बजारमा कम्पनी को शेयर ५.४ प्रतिशत तल झर्दै ४६७.७१ डलरमा बन्द भएको छ । स्मरणीय छ, प्रविधि क्षेत्रको यस प्रमुख कम्पनीले स्मार्टफोन को बजारमा आफ्नो रफ्तार फेरी पनि पक्रनका लागी केही दिन अघिमात्र दुइ वटा नयाँ आईफोन सार्वजनिक गरेको थियो ।

Friday, September 13, 2013

ब्ल्याकबेरी 9720 सार्वजनिक

भाद्र २८, ब्ल्याकबेरीले छिमेकी मुलुक भारतमा  नयाँ स्मार्टफोन ब्ल्याकबेरी 9720 लन्च गरेको छ । यसको मूल्य १५९९० भारतीय रूपैया (नेपाली रूपैयाँ २५६००) रूपैयाँ तोकिएको छ । यो फोन १४ सेप्टेम्बर बाट बजारमा उपलब्ध हुने बताइएको छ।  blackberry-9720
ब्ल्याकबेरी 9720 कम्पनीको पुराने अपरेटिङ सिस्टम ब्ल्याकबेरी ओएस 7.1 मा चल्दछ । यसमा 806 मेगाहर्त्ज को प्रोसेसरका साथमा 512 एमबी र्याम रहेको छ ।
यसमा क्वार्टी कीपैडका साथमा 2.8 इंच को टचस्क्रीन पनि छ ।  स्क्रीनमा 214 पीपीआई (पिक्सल/इन्च) पिक्सेल डेन्सिटी का साथमा 480×360 पिक्सेल्सको रेज्यूलूशन रहेको छ ।
ब्ल्याकबेरी 9720 मा मल्टिकास्ट फीचर रहेको छ, जसको मद्दतले बिभिन्न सोशियल नेटवर्क्समा एक साथ पोस्ट गर्न सकिन्छ । यस फोनमा ब्ल्याकबेरी म्यासेन्जर (BBM) का लागी छुट्टै बटम रहेको छ । यसमा 512 एमबी इन्टरनल स्टोरेज छ भने यसमा 32 जीबी सम्मको मेमरी कार्ड लगाउन सकिन्छ ।
कनेक्टिभिटी अप्शन्समा 3 जी, वाई-फाई, ब्लूटूथ र जीपीएस रहेको छ । एलईडी फ्लाशको साथमा 5 मेगापिक्सेलको मेन क्यामरा छ । यद्दपी यसमा फ्रन्ट क्यामरा भने छैन । यसमा स्टीरियो एफएम रेडियो र 1450mAh को ब्याट्री रहेको छ ।
कम्पनीले अहिले यसलाइ कालो र सेतो दुइ रङ्गमा उपलब्ध गराएको छ ।

Tuesday, September 10, 2013

आइफोन सी को मूल्य ५४९ डलर, उपभोक्ता स्तब्ध

काठमाडौं —  एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन्। एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ
सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन्।
एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफर्नियाको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन्।
एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ।
सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ।
सस्ता आइफोन लञ्च गर्दै एप्पलका अन्तरार्ष्ट्रिय बजार प्रमुख
कस्ता छन् फिचररु

आम उपभोक्तालाई लक्ष्यित गरेर ल्याउन लागिएको आइफोन सी नामका यी स्मार्टफोनहरु प्लाष्टिकले बनेका छन्। र सुरुमा कम्तिमा ५ रंगमा आउनेछन्। एप्पलले सस्ता आइफोनमा आइओएस सभेन अपरेटिङ सिस्टम राखेको एप्पलको चियचर्चो गर्ने म्याकर्युोमरले उल्लेख गरेको छ। ९ एमएम बाक्लो रहने आइफोन सी मा सिङ्गल कोर ए(फाइभ प्रोसेर छ। एप्पलले यो प्रोसेरलाई आइफोन फोर एस र फाइभमा पहिलै प्रयोग गरिसकेको छ।


डिजाइन बडी कर्ब राउन्डेड रहने यी आइफोनहरुको भोल्युम बटन आइपडको जस्तै लामो रहनेछ। आइफोन सी ६४ एमएम चौडाइ र १२०एमएम लम्बाइ रहनेछ। स्क्रिन साइज आइफोन फाइभ शैलीकै ४ इञ्चको रेटिना डिस्प्ले रहनेछ। सस्ता आइफोनमा ८ मेगापिक्सेलको क्यामरा राखिएको छ। एप्पलले सस्ता आइफोनमा धेरै फिचर्स आइफोन फाइभसँग मिल्दाजुल्दा राखेको छ। यसले गर्दा आइफोन फाइभका प्रयोगकर्तालाई आफूलाई अपग्रेड गर्ने दवाब पर्नेछ।

एप्पलले महँगो बजारसँगै सस्तो बजारमा पनि कब्जा गर्न यस प्रकारका आइफोन ल्याउन लागेको बताइन्छ। यस भन्दा पहिला एप्पलले आफ्ना पुराना मोडलहरुलाई सस्तोमा बेच्ने पहल पनि गरेको थियो। तर बजारमा चलेका सस्ता एन्ड्रोइड फोनले उसको योजनालाई विफल पारिदिएपछि सस्ता आइफोन ल्याउन लागेको हो।

एप्पलले सास्ता आइफोन सार्वजनिक गर्दै

एप्पलले सस्ता आइफोन लन्च गर्दैछ। बहुप्रतिक्षित मानिएको आइफोन फाइभ सी र आइफोन फाइभ एसलाई कम्पनीले आजैबाट एकसाथ बजारमा ल्याउँदैछ। एक समारोहबीच एप्पलका सिइओ टिमोथी डी कुकले क्यालिफर्नियाको हेडक्वाटरबाट यी सस्ता नयाँ आइफोनको सार्वजनिक गर्नेछन्।

एसियाली राष्ट्रिमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो। प्लाष्टिक निर्मित सस्ता यी आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी गरेका छन्।

Monday, September 9, 2013

फिङ्गरप्रिन्ट स्क्यानरका साथमा आईफोन 5S !

एप्पल आईफोन 5S को लन्चिङमा मात्र एक दिन बाँकी छ । अब एउटा कुरा भने पक्का भएको छ कि यस आईफोन 5S मा फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ । साथै यसमा होम बटनको शेप पनि परिवर्तन हुनेछ ।
iphone5s
टेक ब्लग iPhoneinCanada मा रीटेल बक्समा प्याक्ड आईफोन 5S को हाई रेजुलूशनको इमेज अपलोड गरिएको छ, जसमा होम बटन मा एक सिल्भर रिङ प्रस्टसंग देखिन्छ । साथै यो पनि देखिएको छ कि पुरानो आईफोन्स भन्दा फरक यस फोनको होम बटन राउण्ड शेपमा हरको छ ।
यसै बीच एक इन्टरनेट शो मा फक्स न्यूज का क्लेटोन मोरिसले दावी गरे अनुसार निश्चित रूपमा आईफोन 5S मा फिङ्गरप्रिन्ट सेन्सर हुनेछ । यस अघि अगष्टमा अस्ट्रेलियाका सोनी डिक्सन ले पनि आफ्नो ब्लगमा आईफोनको फिङ्गरप्रिन्ट स्क्यानरको तस्वीर लीक गरेका थिए ।
अनुमान गरिए अनुसार भोली सेप्टेम्बर १० मा एप्पलले आईफोनका दुइ भर्जन लन्च गर्नेछ । आईफोन 5S धेरै मुल्यको गोल्ड स्याम्पेन कलरको मोडलमा हुनेछ भने आईफोन 5C कम मूल्यको मोडलमा हुनेछ । जुन पाँच फरक फरक रङ्गमा हुनेछन ।
बताइए अनुसार महंगो मोडलमा भने फिङ्गरप्रिन्ट स्क्यानर हुनेछ ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center