हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 3, 2013

चोरीको मोबाइल नचल्ने

कतै मोबाइल भेट्टाउनुभयो वा कसैले सस्तोमा बेच्न लागेको फोन लिएर चलाउने सोच बनाउनुभएको छ भने त्यो सोच तत्काल छोड्नुहोस्। अनि महँगो मोबाइल हरायो भने पनि फेला पार्ने आशा पनि नमारिहाल्नुहोस्। किनभने नेपाल टेलिकमले मोबाइल हराउनेहरूलाई सजिलो बनाइदिएको छ।

टेलिकमले सञ्चालनमा ल्याएको १ करोड जीएसएम मोबाइल लाइन अन्तर्गतको ४८ लाख लाइन मोबाइल वितरणसँगै हराएका तथा चोरी भएका मोबाइलहरू चलाउनै नमिल्ने बनाउन सकिने हुनेछ। टेलिकमले १ करोड मोबाइल लाइन विस्तारसँगै नयाँ नेटवर्कको विस्तार गरेपछि हराएको तथा चोरी भएको मोबाइल सेट बन्द गर्न सकिने सुविधा थपिनेछ। मोबाइल सेवा निर्देशनालयका अनुसार इक्युपमेन्ट आइडेन्टीटी रजिस्टर ९इआइआर० सेवा सञ्चालनमा ल्याएपछि हराएका तथा चोरी भएका मोबाइल सेट चलाउनै नसकिने गरेर बन्द गराउन सकिन्छ।

नेपाल टेलिकमको मोबाइल चलाउने उपभोक्ताले यो सेवा लिन मोबाइल सेट खरिद गरेको भ्याट बिल पेस गर्नुपर्नेछ। भ्याट तिरेर किनेका मोबाइल सेटको आइएमइआइ ९इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी० नम्बर टेलिकमलाई उपलब्ध गराएपछि टेलिकमले त्यसैको आधारमा मोबाइल सेटलाई ब्लक गरिदिन्छ।

अहिले महँगा फोनसेटको प्रयोगसँगै हराउने तथा चोरी हुने घटनाहरू पनि बढिरहेका छन्। यो सेवा प्रारम्भ भएपछि मोबाइल हराएर हैरान भएकाहरूलाई राहत मिल्ने देखिन्छ। आफूले चलाउन नसक्ने भएपछि हराएका फोन भेटिने तथा फेला पार्नेले सम्पर्क गरेर फिर्ता दिने सम्भावना पनि बढी हुनेछ।

निजी मोबाइल सेवा प्रदायक एनसेलले अहिले नै इआइआरमार्फत कुन मोबाइल कसले चलाइरहेको छ त्यसको जानकारी दिने सेवा उपलब्ध गराइरहेको छ। सामसुङ मोबाइलको अधिकृत बिक्रेता आइएमएसले एनसेलसँगको सहकार्यमा आइएमइआइका आधारमा मोबाइल सेट प्रयोगकर्ताको जानकारी लिएर चोरी भएका मोबाइलको जानकारी हासिल गर्ने र कारबाही अघि बढाउने गरेको छ। आइएमएसले यही आधारमा सामसुङका महँगा मोबाइल सेटमा चोरी तथा लुटिएको अवस्थामा बीमा सुविधा पनि प्रदान गर्दै आएको छ।

इआइआर र आइएमइआइको माध्यमबाट मोबाइल प्रयोगकर्ताका बारेमा धेरै जानकारी लिन सकिन्छ। मोबाइल प्रयोगकर्ता रहेको ठाउँदेखि कुन मोबाइल सेटमा कुन नम्बर प्रयोग भएको छ सबै थाहा पाउन सकिन्छ। इआइआर र आइएमइआइको माध्यमबाट प्रयोगकर्ताका बारेमा धेरै जानकारी पाउन सकिने भएकाले यसबाट प्राप्त हुने जानकारी अपराध अनुसन्धानमा बाहेक अन्य अवस्थामा अनि नै गोप्य राखिन्छ। विभिन्न मुलुकमा व्यावसायिक लाभका लागि यसबाट प्राप्त हुने सूचनाहरू सेवा प्रदायकहरूले आपmनो सेवा प्रयोग गर्ने कर्पोरेट हाउसहरूलाई बाँडेको पनि पाइन्छ।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

उध्रेको चोली लाउदिन म त १० हजार पर्ने साडी चाहिन्छ ।।भिडियो
तिजको यो बबाल भिडियो हेर्न लिंकमा थिच्नुहोस।।

Friday, August 2, 2013

''सामसुङका स्मार्टफोन प्रतिबन्धित हुने संभावना''

''एप्पल र सामसुङबिच अमेरकामा चलिरहेको कानुनी लडाई अन्तिमा मोड तिर पुगेको छ । संभावत इन्टरनेशनल ट्रेड कमिशनले अर्को हप्ता सामसुङका केही स्मार्टफोनमाथी प्रतिबन्ध लगाउने छ।''
अदालतले सामसुङले एप्पलको पेटेन्स राईट उल्लंघन गरेको दोषी ठहराउँदै सामसुङलाई ठुलो जरिवाना समेत तिराएको थियो। अब सामसुङका केही स्मार्टफोनका मोडलहरु प्रतिबन्धमा पर्ने संभावना समेत बढेको हो।
अर्को हप्ता सम्म इन्टरनेशनल ट्रेड कमिशनले निर्णय लिने संभावना छ । इन्टरनेशनल ट्रेड कमिशनले अदालतको फैसला लगतै निर्णय लिनु पर्ने भएपनि केही समय लिएको थियो ।''
अदालतको फैसलामा सामसुङले आफ्नो मोबाइल डिभाइस बनाउँदा एप्पलको चार पेटेन्ट उल्लंघन गरेको स्विकार गरिएको थियो''
त्यसैलाई आधार बनाएर इन्टरनेशनल ट्रेड कमिशनले सामसुङका चर्चित मोडलहरु ग्यालेक्सी एस-२ र ग्यालेक्सी १०.१ ट्यावलेट लगायत चार मोडलहरुलाई अमेरिकिामा प्रतिबन्ध गर्न लागेको हो।''
सामसुङले पेटेन्ट राइट उल्लंघन गरेर यी मोडलहरु तयार पारिदिएका कारण एप्पलको आइफोन ३एस र आइफोन ४ एसले बजारमा जबरजस्त झड्का बेहोरेको थियो।''
इन्टरनेशनल ट्रेड कमिशनले अर्को हप्ता अगस्ट ९ मा यो महत्वपुर्ण निर्णय लिने बताइएको छ ।''

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित डाउन्लोड गर्नुहोस्

तिम्रो काले अनलाईनमा आको छ पैसा जति फेसबुकले खाको छ नयाँ तिज गित तपाईलाई मन पर्छभने प्ले गरेर हेर्नुहोस् र डाउन्लोड गर्नुहोस्

अब एउटै सिडिमा ३ सय ओटा फिल्म हाल्न मन लागेको छ भने यसरि गर्नुहोस्

जापानको दुई ठुला इलेक्ट्रोनिक सामान निर्माता कम्पनी सोनी र प्यानासोनिक मिलेर धेरै डाटा सुरक्षित गर्ने अप्टिकल डिस्क बनाउने काम गरिरहेका छन् । वास्तवमा यी दुई ठुला कम्पनी मिलेर यस्तो अप्टिकल डिस्कमा काम गरिरहेका छन्, जसमा ३ सय जीबी डाटा सुरक्षित राख्न सकिने छ ।
जुन डिस्कमा तपाईले लामो समयसम्म डाटा सुरक्षित राख्न सक्नु हुनेछ । दुवै कम्पनीले संयुक्त बयान जारी गर्दे उनीहरुको लक्ष्य भनेकै लामो समयसम्म डाटा सुरक्षित राख्ने बताएका छन् । जसको लागि यि दुवै कम्पनी मिलेर जोडदारका साथ काम गरिहेका छन् ।
साथै यस डिस्कमा कम स्थानमा धेरै डाटा सुरक्षित गर्न सकिने पनि कम्पनीले जनाएको छ । यो नयाँ प्रविधि २०१५ सम्ममा बजारमा आउन सक्ने अनुमान लगाइएको छ । त्यसैले अब आफ्नो डाटा लामो समयसम्म सुरक्षित राख्नको लागि चिन्ता नलिनुस् ।

अब अवाज सुनेर काम गर्छ मोबाईलले

गुगलको स्वामित्व भएको मोटोरोला कम्पनिले यस्तो फोन लञ्च गरेको छ , जसले “अलवेज लिस्लिङ्” अर्थात सँधै फोन मालीकको आवाजको ईशारामा काम गर्छ । ‘मोटो एक्स’ नामबाट लञ्च गरीएको यो फोन ‘स्क्रिन टच’ वाला नभई सुनेर कमाण्ड गर्ने खालको हो । यस फोनको निर्माण अमेरीकामा भएको हो । यसलाई उपभोक्ताको जरुरत अनुकूल बनाउनको लागी तमाम  बिकल्प दिईएको छ । 
 
ईन्टरनेट क्षेत्रको शिर्ष कम्पनि गूगलले पछिल्लो बर्ष मोटोरोला कम्पनि १२ दशमलव ५ अर्बमा किनेको थियो । त्यस पछाडी आँफ्नो कम्पनि मोटोरोलाबाट गूगलले यो पहिलो उत्पादन बजारमा ल्याएको हो । मोबाईल फोन उद्योगका  बिश्लेषकले मोटो एक्स बजारमा आउँदा  एण्ड्रोएड अपरेटिङ् सिस्टमको बजारमा असर पर्ने बताएका छन् । 
 
किनभनेँ मुनाफाको लागी सँघर्ष गरीरहेका अरु मोबाईल निर्माता कम्पनिहरु गूगलको यो अपरेटिङ् सिस्टम प्रयोग गर्छन । मोटो एकसको हार्डवेयर अमेरीकाको टेक्सासमा एक नयाँ प्लाण्टमा बनाईएको हो । केहि कम्पनि अब ‘ मेड ईन यूएसए’ भुलाउने प्रयासमा छन् र अहिले गूगल पनि त्यसमा सामेल भएको छ । 
 
पछिल्लो साल मे मा मोटोरोलाको स्वामित्व गूगलमा आएपछि मोटो एक्स पहिलो र यस्तो फोन हो जसलाई कम्पनिले पुरा मेहेनेतका साथ आँफैले डिजाईन गरेको हो । तथापी गूगलको नियन्त्रणमा आएपछि मोटोरोलाले केहि हेडसेट बजारमा ल्याईसकेको छ तर त्यसमा पहिले देखी नै काम चलिरहेको थियो । मोटो एक्स यस्तो फोन हो जसलाई लिएर गूगलको बजार रणनितीको संकेत प्रष्ट रुपमा देखीने अनुमान लगाईएको छ ।  
 
मोटो एक्स लञ्च पछि एक पटक फेरी गूगल र सामसङ्को कारोबारी संबन्धलाई लिएर केहि सवाल खडा गरीदिएको छ । सामसङ् गूगलको एण्ड्रोएड सिस्टम प्रयोग गर्ने सबै भन्दा प्रभावशाली कम्पनि हो । तर अब यो नयाँ फोनसँग हुनेँ संभावीत प्रतिसपर्धालाई लिएर दुबै कम्पनिका बीच तनाब बढ्न सक्छ ।

Thursday, August 1, 2013

ट्याक्सी भाडादर थाहा पाउने एप आएछ।

गुगल प्ले र एप्पल एप स्टोरमा तीनवटा नयाँ नेपाली एप थपिएका छन्। छुट्टाछुट्टै सुविधाका नयाँ एपहरु उक्त स्टोरमा राखिएको महिना दिनमै हजार–हजारको हाराहारीमा डाउनलोड भइसकेका छन् ।

एप्पिकाली प्रालिले निर्माण गरेको नेप्से एप, ट्याक्सी फेयर्स नेपाल र प्यानिक एसएमएस एप्लिकेसनले नयाँ नेपाली एप्लिकेसन खोजिरहेका टेक्नोपुस्तालाई फाइदा पुग्ने कम्पनीले जनाएको छ। पछिल्लो समय नेपालमा स्मार्टफोन बिक्री बढिरहेको र नेपाली मोबाइल प्रयोगकर्ता विभिन्न एपमा रमाइरहेको बेला नयाँ उपयोगी एप स्टोरमा ल्याइएको एप्पिकाली प्रालिका प्रमुख कार्यकारी अधिकृत निकोलस पाण्डेले बताए।

एप्पिकालीका लागि सन्दिप ढकालको नेतृत्वले निर्माण गरेको नेप्से एपमा नेपालको शेयर बजारको सबै जानकारी समेटिएको छ। यो एपमार्फत् शेयर बजारका गतिविधिमा प्रत्यक्ष अपडेट हुन सकिन्छ। शेयरको बजार मूल्य, सूचना, समीक्षा, फ्लोर सिट जस्ता विषयमा जानकारी लिन सकिने कम्पनीले जनाएको छ। त्यस्तै यो एप्समा पोर्टफोलियोको माध्यमबाट आफ्नो लगानीको दैनिक नाफा–नोक्सान हिसाब हेर्न सकिनेछ ।

त्यस्तै, ट्याक्सी फेयर्स नेपाल एपले यात्रुलाई ट्याक्सी चढ्ने स्थानबाट गन्तव्यसम्मको यात्रा दूरीको जानकारी दिन्छ। उक्त दूरीको ट्याक्सी भाडाको जानकारी पनि यसले दिन्छ। यसले ट्याक्सी चालक र यात्रुबीच भाडाका विषयमा हुने विवाद कम गर्न सक्ने कम्पनीले जनाएको छ। यो एपले ट्याक्सी चढेको र ओर्लेको स्थान देखाउनुका साथै दिउँसो र रातिको भाडा, वेटिङ चार्ज, फ्ल्याग डाउन चार्जबारे पनि यात्रुलाई जानकारी दिन्छ ।

निर्माण गरिएका एपमध्ये विश्वव्यापी रुपमा प्रयोग गरेर लाभ लिन सकिने प्यानिक एप्समा सर्वसाधारणले आफूलाई आपतकालीन अवस्थामा नजिकको व्यक्ति तथा प्रहरीलाई जानकारी गराउन सक्ने सुविधा छ। एपमा ३ वटा आफ्ना नजिकका मान्छे वा प्रहरीको नम्बर सेभ गरेर आपत परेको बेला फोनको पावर बटन निरन्तर ४ पटक थिचेपछि एपले प्रत्येक २ मिनेटको अन्तरमा सेभ गरेको नम्बरमा जिपिएस लोकेसन र नक्सासहित सन्देश पठाउँछ। यो एपले आपतमा परेका व्यक्तिलाई तत्काल उद्धार गर्न सहयोग पुग्नेछ।

नेप्से एप एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टममा चल्छ भने ट्याक्सी एप हाललाई एन्ड्रोइडमा उपलब्ध छ। केही महिनामै यो आइओएसका लागि पनि निर्माण हुने कम्पनीले जनाएको छ। त्यस्तै, प्यानिक एप एप्पलको आइओएसमा उपलब्ध छ। नेप्से एप हाल १२ सय, ट्याक्सी एप ८ सयभन्दा बढी र प्यानिक एप १ हजारपटक डाउनलोड भइसकेको छ। तीनवटै एप्स निःशुल्क डाउनलोड गर्न सकिन्छ।

ुहामीले पहिलोपटक निर्माण गरेको एप औपचारिक जानकारी नगराउँदा पनि हजारौंपटक डाउनलोड भइसकेका छन्। त्यसैले औपचारिक जानकारी दिएर यसको लन्चिङ गर्ने योजना छ,ु पाण्डेले भने। कम्पनीले यसपछि ८ वटा नयाँ एप सार्वजनिक गर्ने योजना बनाएको छ। एउटा एप निर्माण गर्न सर्भर र प्राविधिक खर्च गरी ३ लाख रुपैयाँ लागेको कम्पनीको दाबी छ।

नेपालमा एन्ड्रोइड, आइफोन स्मार्टफोन बोक्ने ग्राहक बढ्दै गएपछि नेपाली एप बन्ने क्रम बढेको छ।

कस्ता छन् नेपाल भित्रिएका नयाँ सामसङ स्मार्टफोन?

नेपालमा मोबाइलको बजार हिस्सा बढाउँदै लगेको सामसङले थप ३ नयाँ ग्यालेक्सी सिरिजको स्मार्टफोन ल्याएको छ। सामसङको ग्यालेक्सी मेगा, ग्यालेक्सी कोर र ग्यालेक्सी पकेट नियो नामका तीन स्मार्टफोन हालै बजारमा ल्याइएका हुन्।

५।८ इन्चको मेगामा १।५ जिबी र्याम र १।४ गिगाहर्ज डुअल कोर प्रोसेसर छ। ८ जिबी आन्तरिक मेमोरी रहेको मोबाइलमा ६४ जिबी थप मेमोरी राख्न सकिन्छ। यसमा सबैभन्दा नयाँ ४।२।२ जेली विन एन्ड्रोइड अपरेटिङ सिस्टम छ। यसको बजार मूल्य ४४ हजार तोकिएको नेपालका लागि सामसङको अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसले जनाएको छ।

डुअल सिमको सुविधा रहेको कोरको डिप्ले ४।३ इन्चको छ  १ जिबी र्‍याम र १।२ गिगाहर्ज डुअल कोर प्रोसेसर रहेको यसमा पनि ८ जिबी आन्तरिक मेमोरी र ६४ जिबी मेमोरी सर्पोट गर्ने क्षमता छ। यसमा एन्ड्रोइडको ४।१ अपरेटिङ सिस्टम छ । यसको बजार मूल्य २८ हजार ५ सय तोकिएको छ। डुअल सिम नै भएको पकेट नियोमा ५१२ एबीको र्याम र ४ जिबीको आन्तरिक मेमोरी छ। यसले ३२ जिबीको मेमोरी सपोर्ट गर्छ । वाइफाई र जिपिएस सुविधा रहेको यो फोनमा एन्ड्रोइडको ४।१।२ अपरेटिङ सिस्टम छ । यसको मूल्य १२ हजार ३ सय पर्छ।

नेपाली बजारमा सामसङका स्मार्टफोन निकै लोकप्रिय रहेको भन्दै कम्पनीले नयाँ मोडलले पनि चाँडै नै ग्राहकको मन जित्ने कम्पनीले जनाएको छ।

मह‌ँगा स्मार्टफोनलाइ कार्बनको चुनौती

नयाँ दिल्ली( भरतीय मोबाइल निर्माता कम्पनी कार्बनले अन्य विदेशी मोवाइल कम्पनीसँग प्रतिस्पर्धा गर्न कम्मर कसेको छ। यसै क्रममा उसले महंगा स्मार्ट फोनहरुमा हुने फिचर्सहरु आफ्ना कम मूल्यका मोबाइहरुमा राखेर निकालेको छ। यसले गर्दा बढी मूल्यका स्मार्टफोन बोक्न नसक्नेहरुको लागी कार्बन रोजाइ बन्दै गएको छ।

हालै कार्बनले दुई नयाँ स्मार्टफोन ल्याएको छ। कार्बनले स्टार सिरिजको यो स्मार्टफोनको अनलाइन बुकिङ खुला गरिसकेको छ। कार्बन ए वान र कार्बन ए फाइभले पाएको सफलतापछि कार्बनले नयाँ फोन ल्याएको सहज अनुमान लगाउन सकिन्छ।
कार्बन ए वान स्मार्टफोन
स्क्रिन ३।५ इन्च रहेको कार्बन ए वान स्मार्टफोनको डिस्प्ले रेज्यूलोशन ३२०×४८० पिक्सल रहेको छ। यो फोन आइसिएस ४।० एन्ड्रोइड ओएस अपरेटिङ सिस्टम अनुसार चल्छ। यसमा दुई वटा सिम चलाउन सकिन्छ।

१ गिगाहटर्ज प्रोसेर रहेको फोनको इन्टरनल मेमोरी ५१२ एमबीको छ। कार्बनले यसमा २५६ एमबी र्योम रहेको यो स्मार्टफोनमा ३ मेगा पिक्सलको क्यामरा रहेको छ भने १४५० एमएएच ब्याट्री राखिएको छ।
कार्बन ए ५ स्मार्टफोन
हेर्दा यी दुवै फोन एउटै लाग्छन्। यो पनि दुइ सिम लाग्ने फोन हो। ए भाइभ स्मार्टफोन जिन्जरब्रेड ओएस अनुसार चल्छ। यी दुबै फोनको फिचर्समा खास फरक छैन। दुबैमा क्यामरा छन्। यसमा ३।२ मेगापिक्सलको क्यामरा रहेको छ। जो ए१ फोनको भन्दा ०।२ मेगा पिक्सल मात्र बढी हो। यसको फ्रन्ट क्यामेरा वीजीए क्वालिटीको रहेको छ।

फेसबुकले सुरु गर्‍यो एम्बेडेबल पोष्ट

सार्वजनिक अन्तरक्रियालाई अझ सशक्त पार्ने उद्देश्यले फेसबुकले ुएम्बेडेबल पोष्टु सेवा सुरु गरेको छ। ट्विटर र युट्युबलाई पछ्‌याउँदै फेसबुकले पनि उस्तै ढंगले एम्बेड गर्नसक्ने सुविधा ल्याएकव छ। पोष्टको दायाँपट्टि एम्बेड अप्सन राखिएको छ। त्यहाँ क्लिक गर्नासाथ प्राप्त हुने कोडलाई ब्लग वा न्युज मिडियाले पेष्ट गरी एम्बेड गर्न सक्नेछन्।


फेसबुकले तत्काललाई एम्बेड सुविधा सबै प्रयोगकर्तालाई दिइसकेको छैन। सिएनएन, हफिङ्टन पोष्ट र पीपल म्यागेजिनले सुरुमा यो सुविधा पाएका छन्। फेसबुकको एम्बेड सुविधाबाट ब्लग तथा डिजिटल मिडिया लाभान्वित हुने फेसबुकको विश्वास छ।

फेसुबकको यो सुविधाले सर्वसाधारणका अभिव्यक्त पोष्ट एम्बेड गरी मिडियाले प्रयोग गर्न सहज बनाइदिनेछ। हुन त फेसबुकका ७२ प्रतिशत प्रयोगकर्ता आफ्ना पोष्टलाई प्राइभेट राख्न चाहन्छन् भन्ने एक सर्भेले देखाएको थियो। अरब आन्दोलन जस्ता जनअभियानमा एम्बेड र ह्यास ट्यागबाट ट्विटरले आफूलाई अझ सशक्त सावित गरेको थियो। फेसबुक अहिले त्यो कुरामा आफूलाई अब्बल बनाउनतर्फ लाग्दैछ। जुन महिनाको मध्यमा फेसबुकले ह्यासट्याग सुविधा ल्याइसकेको छ।

यसरी देखिन्छ एम्बेड कोड


इभिडिओको थ्रिजी इन्टरनेट पश्चिम क्षेत्रमा पनि

नेपाल टेलिकमले आइपिसिडिएमए प्रविधिमा आधारित इन्टरनेट सेवा प्याकेजमा उपलब्ध गराउन थालेको छ। पोखरा र आसपास क्षेत्रमा बुधबारदेखि बिक्री थालिएको यो प्रविधिबाट तेस्रो पुस्ता ९थ्रिजी० को इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ।

पुरानो प्रविधि विस्थापन गरेको टेलिकमले डाटा प्याकेजमा युएसबी डोंगोलसहित प्याकेज उपलब्ध गराउन थालेको बुधबार आयोजित पत्रकार भेटघाटमा वायरलेस सेवाका नायब प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले जानकारी दिए। ुइभिडिओ सेवामार्फत भ्वाइस सेवाको अतिरिक्त ३।१ एमबिपिएस डाउनलोड क्षमतामा इन्टरनेट चलाउन सकिन्छ,ु भट्टराईले भने, ुयो निकै प्रभावकारी बन्दै गएको छ।ु टेलिकमले गत वैशाखदेखि पोखरा र आसपासमा डाटाकार्ड बिना इभिडिओ सेवा बिक्री गरिरहेको थियो।

टेलिकमले डाटा प्याकेज बिक्री थालेको अवसर पारेर यसका प्रयोगकर्तालाई छुट योजना अघि सारेको छ । भट्टराईका अनुसार डाटाकार्ड सहित उपलब्ध हुने यो सेवामा ग्राकहले २ हजार ३ सय ५९ रुपैयाँ तिरेपछि ५ जिबी डाटा पाउँछन् । त्यससँगै १ जिबीको मेमोरीकार्ड, १ सय रुपैयाँको ुटकभ्यालुुको सुविधा पाउनेछन् । ५ जिबी डाटाको समय तीन महिना हुने उनले जानकारी दिए । ुयसको वास्तविक मूल्य करिब ५ हजार रुपैयाँ पर्छ, तर शुभारम्भको अवसरमा विशेष छुट दिएका हौं उनले भने ।

बजारमा हाल बिक्री भइरहेका यस्तै सेवामध्ये टेलिकमले ल्याएको यो प्याकेज सबैभन्दा सस्तो भएको उनले दाबी गरे । ुअरु कम्पनीको भन्दा यसको मूल्य निकै सस्तो छ । अहिले एक मेगाबाइटको मूल्य ५० पैसा पर्छ । सबै कम्पनीले यति सस्तोमा यो सेवा दिन सकेका छैनन् उनले भने ।

आइपिसिडिएमए प्रविधिको सेवा अहिलेसम्म देशका ४५ जिल्लामा सञ्चालनमा आएको टेलिकमले जनाएको छ । आगामी दसैंभित्र मुलुकभर पहुँच पु¥याउने टेलिकमका भट्टराईले जानकारी दिए । यसले नेपालको डिजिटल डिभाइड कम गर्न योगदान पुर्या उने भट्टराईले बताए ।

टेलिकमले यसको सेवा बिस्तार गर्न पुरानो प्रविधिमा आधारित बिटिएस विस्थापन गरी नयाँ प्रयोगमा ल्याएको छ । सबै गाविस र क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्न नयाँ प्रविधि भिœयाएको टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानले बताए । ुदु्रत गतिको इन्टरनेट सेवा दिनेसहित कुराकानीको गुणस्तर वृद्धि गर्न यो प्रविधि भिœयाएका हौं,ु उनले भने, ुअब सबै गाउँमा गुणस्तरीय इन्टरनेट सेवा दिन सकिन्छ । धेरैजनाले इन्टरनेटको गति सुस्त भएको गुनासो गरिरहेकोमा यो प्रविधिले उनीहरुको मागसम्बोधन गर्छ ।

वातावरणमैत्री र कम पावर खपत गर्ने यसका टावरले लोडसेडिङमा पनि गुणस्तरमा समस्या आउन नदिने वरिष्ठ इन्जिनियर सन्तोष शर्माले बताए । ुपुराना बिटिएसले निकै धेरै पावर खपत गर्दा समस्या थियो,ु उनले भने, ुतर नयाँमा यो समस्या आउने छैन । लोडसेडिङमा पनि यसमा समस्या आउँदैन ।ु टेलिकमले इभिडिओ सेवालाई ुस्काई प्रोुको नाममा बिक्री गरिरहेको छ ।

इभिडिओमा आकर्षण छ स् अनुपरञ्जन भट्टराई, नायब प्रबन्ध निर्देशक ( वायरलेस इन्टरनेट सेवा )
इभिडिओ थ्रिजी इन्टरनेट सेवा कस्तो प्रविधि हो 
?
यो प्रविधि वायरलेस इन्टरनेट प्रविधिमा आधारित छ । डाटा कार्डमा रिमकार्ड राखेर इन्टरनेट चलाउन सकिने यो प्रविधि तीव्र गतिमा इन्टरनेट चलाउन चाहने प्रयोकर्ताका लागि ल्याएका हौं । टेलिकमले यसअघि डाटाकार्ड बिनाको प्रविधि मात्र भित्र्याएको थियो । प्रयोगकर्तालाई गुणस्तरीय सेवा दिन बन्डलिङसहितको सुविधा सुरु गरेका छौं ।

यो सेवा कुन वर्ग लक्षित छ ?
गाउँगाउँमा बस्ने र डाँडाकाँडामा पुगेर तीव्र गतिको इन्टरनेट चलाउन चाहने प्रयोगकर्तालाई हामीले लक्षित वर्ग ठानेका छौ । गाउँमा थ्रिजी प्रविधिको इन्टरनेट चलाउन अहिलेसम्म कुनै विकल्प थिएन । अहिले पनि हामी एक्लै छौ । गाउँमा बसीबसी पनि अब प्रयोगकर्ताले भिडियो च्याट गर्न सक्छन् ।

मूल्य कस्तो छ ?
वायरलेस थ्रिजी इन्टरनेट प्रविधिमा यो सबैभन्दा सस्तो छ । हामीले एक मेगाबाइटको मूल्य ५० पैसा तोकेका छौं । सबै कम्पनीले यति सस्तोमा यो सेवा दिन सकेका छैनन् । त्यसैले गाउँका बासिन्दाका लागि पनि सहज छ । शुभारम्भ प्याकेजमा पनि हामीले ५० प्रतिशतभन्दा बढी छुट दिएका छौं । ५ हजार रुपैयाँ जति पर्ने ५ जिबीको प्याकेज डोंगोलसहित २ हजार ३ सय ५९ रुपैयाँमा उपलब्ध गराएका छौं । यसमा १ जिबीको मेमोरी कार्ड, १ सय रुपैयाँको ुटकभ्यालुु पनि सित्तैमा पाइन्छ । ५ जिबी डाटाको समय तीन महिना हुन्छ ।

राजधानीमा सुरु भइसकेको यो सेवाप्रति ग्राहकको प्रतिक्रिया कस्तो छ ?
राजधानीमा दुईवटा शिक्षा मेलामा यो बेच्यौं । त्यसमा देखिएको ग्राहकको आकर्षण र सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएर राजधानीबाहिर पनि सेवा विस्तार गरेका हौं।

Wednesday, July 31, 2013

आईफोन 5 एस र आईफोन लाइट सेप्टेम्बरमा आउने

आईफोनमा रमाउन चाहनेहरूका लागी खुसीको खबर छ । धेरै समयदेखि हल्लाहरू तथा करेन्ट लागेर मानिस मरेको घटनाले पिडित भएको कम्पनी एप्पलले आफ्नो नयाँ आईफोन 5एस सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।  
यसका साथै एप्पलले आफ्नो आईफोनको सस्तो भर्जन आईफोन लाइट पनि आईफोन 5एस का साथमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । एप्पलको त्रेमासिक रिपोर्ट सार्वजनिक गर्दै बताइए अनुसार सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ उत्पादन बजारमा ल्याउने छ ।
यस नए लन्चका साथमा एप्पलले आफ्नो नयाँ आईओएस 7 अपग्रेडेड भर्जनका साथमा उतार्नेछ । नयाँ आईफोन 5एस मा डुअल लेड का साथमा 12 मेगा पिक्सेलको हाईक्वालिटी क्यामरा पनि रहेको छ । एप्पलले आफ्नो यस नयाँ डिभाइसमा फिङ्गरप्रिन्ट सेन्सर फीचरलाइ पनि यसका साथमा ल्याउने अनुमान गरिएको छ ।
आईफोन लाइट बजारमा फरक फरक रंगहरूमा उपलब्ध हुने बताइएको छ । हालै मात्र एप्पलका सीईओले आफ्नो कम्पनीको त्रैमासिक रिपोर्टका प्रस्तुत गरेका थिए ।

Tuesday, July 30, 2013

एप्पलको सिपमेन्ट बढ्यो, नाफा घट्यो

Apple
एप्पलले बजारमा आपूर्ति गरेका उत्पादनको वृद्धि उच्च भए पनि कम्पनीको मुनाफा भने घटेको छ । सिपमेन्ट ५१ प्रतिशतले बढेको समाचारहरुमा जनाइएको छ ।
तर कम्पनीको मुनाफा भने २२ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमासमा ४२ प्रतिशत रहेको ग्रस मार्जिन अहिले ३७ प्रतिशतमा झरेको छ । एप्पलको नयाँ आइफोन र आइप्याडको पर्खाइमा उपभोक्ताले बजारमा उपलब्ध ग्याजेटमा रुचि नदेखाएको तथा सामसुङ्गले पि्रमियम क्लासका सेट बजारमा ल्याएको हुनाले एप्पलको बजार तत्काल माथि नगएको विश्लेषकको भनाइ छ ।
सामसुङ पहिलो पटक एप्पललाई जितेर २०१२ को आम्दानीमा सबैभन्दा ठूलो स्मार्टफोन निर्माता बनेको छ । सामसुङले आइफोनसँग प्रतिस्पर्धा गर्न एस थ्री र एस फोर लञ्च गरेपछि बजार हिस्सा एक्कासी बढेको हो । सामसुङको आक्रामक उत्पादन र बजारीकणको प्रभावस्वरुप देखिएको अहिलेको वृद्धि दिगो हुन्छ वा क्षणिक भनी विश्लेषकहरुले चासोपूर्वक लिएका छन् ।
एप्पलको सेयर मूल्य जनवरीयता २० प्रतिशतले घटिसकेको छ । नासडाकमा एप्पलको सेयर मूल्य ४२० डलर प्रतिकित्ताको हाराहारीमा कारोबार भइरहेको छ । गत त्रैमासमा एप्पलले ३ करोड १२ लाख आइफोन बिक्री गरेको छ । यो अवधिमा २ करोड ६० लाख आइफोन र १ करोड ४६ लाख आइप्याड बिक्री गर्ने पूर्वानुमान गरेको थियो ।
अमेरिकामा आइफोनको बिक्री ५१ र जापानमा ६६ प्रतिशतले बढेको चिफ फाइनान्सियल अफिसर पिटर ओपनहेमरले बताएका छन् । तर मुख्य बजारमा चीनको आम्दानी घटेको छ । तेस्रो त्रैमासको तुलनामा ४३ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले आम्दानी घटेको छ ।
चीनमा आर्थिक वृद्धि दर पहिलेको तुलनामा कमजोर भएको कारण आफ्नो आम्दानी घटेको दाबी एप्पलले गरेको छ । यद्यपि चीन एप्पलको लागि ठूलो अवसर रहेको एप्पलका प्रमुख कार्यकारी टिम कुकले बताए । ९० दिनको तथ्यांकको आधारमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
एप्पलले ६ अर्ब ९० करोड डलर कमाएको छ, जुन प्रतिसेयर ७.४७ डलर हो । यो अवधिमा कम्पनीले ३५ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । गत वर्षको यो अवधिमा ३५ अर्ब आम्दानी गरी ८ अर्ब ८० करोड नाफा गरेको थियो, जुन प्रतिसेयर ९.३२ डलर थियो । कम्पनीसँग १ खर्ब ४६ अर्ब ६० करोड डलर चालू पुँजी रहेको समाचारमा जनाइएको छ ।

सामसुङले ल्यायो तीन नयाँ स्मार्टफोन


विश्वको नम्बर वान स्मार्टफोन निर्माता कम्पनी सामसुङका थप ३ नयाँ स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । नेपाली बजारको मागअनुसार स्मार्टफोन पस्कँदै आएको सामसुङका ग्यालेक्सी सिरिजका स्मार्टफोनहरु भित्रिएका हुन् । सामसुङ मोबाइल नेपाली बजारमा इन्टरनेशन मार्केटिङ सर्भिसेज प्रालिले आधिकारिक रुपमा बिक्री बितरण गर्दै आएको छ ।
Samsung_Galaxy_Mega
सामसुङ ग्यालेक्सी मेगा, मूल्य ४४ हजार
कम्पनीले ‘सामसुङ ग्यालेक्सी मेगा’, ‘सामसुङ ग्यालेक्सी कोर’ र ‘सामसुङ ग्यालेक्सी पकेट निओ’ स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्मार्टफोन नेपाली बजारमा निकै लोकपि्रय रहेका छन् । नयाँ स्मार्टफोनले पनि नेपालीहरुको मन जित्न सफल हुने कम्पनीले विश्वास लिएको छ । यी स्मार्टफोनहरुको आ-आफ्नै विशेषता रहेका छन् ।
ग्यालेक्सी मेगा
५.५ इञ्चको टचस्क्रिनरहेको ग्यालेक्सी मेगामा १.५ जीबी र्‍याम रहेको छ । यसमा १.४ गिगाहर्ज डिउल कोर प्रोशेसर, ८ जीबी इन्टरनल मेमोरी रहेको छ । स्मार्टफोनमा ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । एण्ड्रोइड ओएस ४.२.२ जेलि बिन अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा सबैभन्दा नयाँ भर्सनको ओएस सिष्टम प्रयोग गरिएको छ । यस स्मार्टफोनको नेपाली बजारमा ४४ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी कोर
दुईवटा सीम प्रयोग गर्न मिल्ने यस स्मार्टफोनमा ४.३ इञ्चको टचस्क्रिन रहेको छ । यसमा १ जीबी र्‍याम, १.२ गिगाहर्ज डिउल कोर प्रसेसर, ८ जीबी इन्टरनल मेमोरी रहेको छ । आवश्यकताअनुसार ६४ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोनमा एण्ड्रोइड ४.१ जेलि बिन अपरेटिङ सिष्टम रहेको छ । यसको मूल्य नेपाली बजारमा २८ हजार ५ सय रुपैयाँ रहेको छ ।
Galexy-core
सामसुङ ग्यालेक्सी कोर, मूल्य २८ हजार ५ सय
ग्यालेक्सी पकेट निओ
नेपाली बजारमा १२ हजार ३ सय रुपैयाँ पर्ने यस स्मार्टफोनमा दुई सीम प्रयोग गर्न मिल्छ । यसमा ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल मेमोरी रहेकेा छ । एण्ड्रोइड ओएस ४.१.२ अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा वाईफाई, जिपिएस, ब्लुटुथ लगाएतका सुविधाहरु रहेका छन् ।
Galaxy-Pocket-Neo
सामसुङ ग्यालेक्सी  निओ, मूल्य १२ हजार ३ सय

एनसेलको मासिक १२५ बोनस

एनसेलले आफ्ना प्रयोगकर्तालाई मासिक एकसय २५ को बोनस दिने भएको छ। एनसेलले आफ्नो नेटवर्कमा एक करोड प्रयोगकर्ता पुगेको भनेर बोनस सीमको अफर सुरु गरेको छ।

जसमा ९९ रुपैंयामा ५० को मेन ब्यालेन्स भएको सीममा वर्षको करिब एहकजार पाँचसय बराबरको निशुल्क सेवा दिने बताएको छ। एनसेलले दिने एक वर्षको एकहजार पाँचसयको निशुल्क सेवामा एसएमएस, फोन र इन्टरनेट चलाउन सकिन्छ। एनसेलको अफरमा उपभोक्ताले मासिक एकसय २५ बराबरको सेवा निशुल्क पाउने छन्। एनसेलले जनाए अनुसार उसले यो योजनामा सीमकार्ड किन्ने उपभोक्तालाई मासिक ३० एसएमएस, २० मिनेट फोन र १० एमबी डाटा निशुल्क उपलब्ध गराउने छ। एनसेलले यसरी उपलब्ध गराउने निशुल्क एसएमएस र २० मिनेटको फोन कल अवधि एनसेलको नेटवर्कमा मात्र प्रयोग गर्न पाइनेछ।

Monday, July 29, 2013

स्मार्टफोनलाई चुनौति दिँदै क्यानभास ४

काठमाडौं– भारतीय मोबाइल फोन निर्माता कम्पनी माइक्रोम्याक्सले ल्याएको नयाँ फोन ुक्यानभास ४ुले सस्तो मूल्यमा स्मार्टफोन बोक्न चाहनेहरुको सपना पूरा गर्ने भएको छ। समकालीन स्मार्टफोनहरुको तुलनामा यसको मूल्य कम पर्नेछ। यसले सामसङ ग्यालेक्सी एस ४, एचटीसी वन, नोकिया लूमिया, एलजी, गुगल नेक्सस ४ लाई चुनौति दिने अनुमान गरिएको छ।


१३ मेगापिक्सल र ८ कोर प्रोसेसर भएको क्यानभास ४ मोबाइलको मूल्य ३० हजार वरिपरि छ। कम्पनीले यु–ट्युबमा यो नयाँ फोनबारे केही भिडियो जानकारी राखेको छ। फोनले युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ। क्यानभास ४ को मुख्य विशेषता भनेको १३ मेगापिक्सलको क्यामेरा नै हो। यसको अलवा यसमा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा पनि छ।

५।५ इन्च एचडी डिस्प्ले स्क्रीन रहेको मोबाइलमा २ जीबी र्यायम, १६ जीबी इन्टरनल मेमोरी, ३२ जीबी एक्सर्टनल मेमोरी र एन्ड्रोइड ४।२।२ अपरेटिङ सिस्टममा यसको प्रयोग गर्न सकिनेछ। मोबाइलको पछिल्लो भाग पलाष्टिकले बनेको छ। यसले एक क्लिकमा १५ सेकेण्डभित्र ९९ फोटो खिच्न सक्ने क्षमता राख्छ। माइक्रोम्याक्सले यस फोनमा ुब्लो– टु अनलकु फीचर पनि राखेको छ। बेस्सरी फुकेपछि पनि मोबाइल अनलक हुन्छ।


फोनमा आलमुनियम कभर लगाइएको छ। तर यसका लागि थप ३ हजार तिर्नुपर्ने हुन्छ। यस नयाँ फोनमा भिडियो हेर्दै म्यासेज वा इमेल पनि गर्न सकिन्छ। एउटा भिडियो हेर्दै अर्कोको प्रिभियु पनि हेर्न सकिन्छ। भिडियो हेर्दाहेर्दै मोबाइल छाडेर अर्कोतर्फ गएमा भिडियो पनि रोकिन्छ। यो फोनको अर्को नयाँ विशेषता हो।


माइक्रोम्याक्सले क्यानभास सिरिजमा अहिलेसम्म चार फोन बजारमा ल्याइसकेको छ। जसमा क्यानभास एचडी, क्यानभास ३ डी, क्याभास म्युजिक र क्याभास वीवा रहेका छन्। बजारमा यी मोबाइलको माग अन्यको तुलनामा बढी छ। क्यानभास ४ ले पनि आफ्ना पुराना सिरिजकै बाटोमा अगाडि लाग्ने अनुमान गरिएको छ।

Sunday, July 28, 2013

५ सय केन्द्रमार्फत् टेलिकमको वाइम्याक्स सेवा

काठमाडौं( नेपाल टेलिकमले आर्थिक वर्ष २०७०(७१ का लागि कूल ६९ अर्ब ९५ करोड ६३ लाख नौ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। टेलिकमका अनुसार सरकारलाई राजस्ववापत रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार, पुँजीगत खर्चवापत रु १९ अर्ब ४१ करोड ६५ लाख ५४ हजार, आयगत खर्चवापत रु १० अर्ब ६८ करोड ७४ लाख ८६ हजार, लाभांश ९नेपाल सरकारलाई बुझाउने बाहेक अन्य० बापत रु ६१ करोड २४ लाख ८२ हजार रकम छुट्टाएको हो।
   
त्यस्तै ग्राहक लाभांश र सुविधावापत रु ८४ करोड २८ लाख ९९ हजार र अन्य दायित्ववापत रु सात करोड ७१ लाख ८५ हजार, अन्य प्रशासनिक सेयरिङ वापतको भुक्तानी रु एक अर्ब एक करोड ६५ लाख १९ हजार र लगानीवापत रु १५ अर्ब ९५ करोड विनियोजन गरेको टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी आव २०६९र७० मा सरकारमा दाखिला गरेको राजस्व विवरणअनुसार लाभांशवापत रु छ अर्ब ५८ करोड ७५ लाख १७ हजार ६००, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्कबापत रु चार अर्ब १४ करोड ५२ लाख ३१ हजार ०७९, आयकरवापत रु चार अर्र्ब २४ लाख ७१ हजार ९५८, रोयल्टी र ग्रामीण दूरसञ्चार कोषवापत रु एक अर्ब ९८ करोड ८९ लाख ८६ हजार ८१०, जिएसएम मोबाइलको अनुमतिपत्र नवीकरणवापत रु दुई अर्ब ३१ करोड १० लाख र फ्रिक्वेन्सी दस्तुरवापत रु एक अर्ब ३३ करोड ५९ लाख १७ हजार ५३४ गरी जम्मा रु २० अर्ब ३७ करोड ११ लाख २४ हजार ९८१ सरकारलाई राजस्व बुझाइएको छ।
चालु आर्थिक वर्षमा कम्पनीले रु २१ अर्ब ३५ करोड ३१ लाख ८४ हजार राजस्व सरकारलाई बुझाउने प्रक्षेपण गरेको छ। यस वर्ष कम्पनीले कुल २९ लाख १३ हजार ४०१ लाइन थप टेलिफोन वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ।
त्यस्तै जिएसएम सेवातर्फ चालु आर्थिक वर्षमा २० लाख मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ। त्यस्तै सिडिएमए सेवातर्फ चालु आर्थिक वर्षमा आठ लाख ८६ हजार लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखिएको छ।
यो आर्थिक वर्षभित्र आइपी सिडिएमए सेवाको विस्तार गरी ७५ वटै जिल्लामा सेवा सञ्चालनमा ल्याइनेछ। यो सेवाको विस्तार कार्यबाट ग्रामीण क्षेत्रमा समेत ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच स्थापित गर्न सहयोग पुग्ने टेलिकमले जनाएको छ।
चालु आर्थिक वर्षमा ल्यान्डलाइन सेवाका २७ हजार ४०१ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य राखिएको छ। सबै सेवाका ग्राहकहरूको गुनासालाई केन्द्रीकृत गरी छिटो तथा सरल रुपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क केन्द्र सञ्चालनमा ल्याइने भएको छ।
त्यसैगरी इन्टरनेट सेवातर्फ ग्राहकको अनपेक्षित जमघट तथा भिडभाड हुने क्षेत्रहरूको पहिचान गरी यसै आर्थिक वर्षभित्र वाइम्याक्समार्फत ५०० स्थानमा कार्यालय स्थापना गरी सेवा विस्तार गरिने भएको छ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center