हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, August 30, 2013

मध्यरातमा भुइँचालोले हल्लायो मध्य नेपाललाई

शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।


दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।

भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।

शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन ।
तपाईले पनि भुईचालोको धक्का महसुस गर्नु भयो की । यदि गर्नुभयो भने तपाईको ठेगानासहित आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस ।

नेपालमा ६ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा। सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि ८०–८५ किलोमिटर उत्तर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सापकोटाले चीनको तिब्बतस्थित छोङ्दुई केन्द्र भएर भूकम्प गएको अमेरिकन जिओलोजिकल सेन्टरको रिपोर्टलाई अस्वीकार गरे । उनले ४ सय मिटर टाढा केन्द्र हुँदा यति ठूलो धक्का महसुस हुन नसक्ने दाबी गरे । ‘अमेरिकन जिओलोजिकल सेन्टरको कुनै भूकम्प मापन कार्यालय तिब्बत क्षेत्रमा छैन,’ उनले भने, ‘त्यो तथ्य गलत हो ।’

भूकम्पको धक्का काठमाडौंसहित ललितपुर, काभ्रे, नुवाकोटसहितका जिल्लामा पनि महसुस गरिएको छ ।

भूकम्पको धक्का महसुस हुनेवित्तिकै राजधानीमा सर्वसाधारण घर बाहिर निस्किए । पुनः भूकम्प आउने त्रासले राति अबेरसम्म पनि सर्वसाधारण घर बाहिरै हल्लाखल्ला गरेर बसेको देखिएको छ ।

२०६८ साल असोग १ गते ताप्लेजुङ केन्द्र भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पमा कम्तिमा ६ जनाको ज्यान गएको थियो ।

काठमाडौंको खरीबोटमा भूकम्प आएपछि आत्तिएर घरबाट हामफाल्दा घाइते भएका छन् ।

नोकियाले आफ्नो फिचर फोन नोकिया ५ सय १५ सार्वजनिक गरेको छ

नोकिया ५ सय १५ को आवरण एनोडाइज्ड स्याण्ड ब्लास्टेड आल्मुनियमबाट बनेको छ भने यसमा स्क्र्याच रेजिस्टेन्ट गोरिल्ला ग्लास टु तथा घाममा पनि चलाउन सकिने  डिस्प्ले रहेको छ ।

यसमा २ दशमलव ४ क्युविजिए डिस्प्लेका साथै १६६ पिपिआई पिक्सेल डेन्सिटी छ । नोकिया ४०   सिरिजको सफ्टवेयरअनुसार चल्ने यो मोबाइलमा ६४ एमबी र्‍याम छ ।

यसमा  २५६ एमबी इन्टरनल मेमोरी रहेको छ भने माइक्रो एसडी कार्डबाट ३२ जिबीसम्म क्षमता बिस्तार गर्न सकिने सुविधा पनि उपलब्ध छ । एलइडी फ्ल्याससहितको ५ मेगापिक्सेलको रियर क्यामरा रहेको नोकिया ५ सय १५  मा सेल्फ सटका लागि भ्वाइस गाइडिङ सुविधा पनि समावेश छ ।

यसमा कनेक्टिभिटीका लागि ब्लुटुथ, जिपीआरएस, माइक्रो युएसबी र थ्रीजीको सुविधा रहेपनि वाइफाइको सुविधा भने छैन । तर फेसबुक, ट्वीटर, इमेल जस्ता केहि प्रि–लोडेड एप्लिकेशन पनि यसमा दिइएको छ ।

यसको सिंगल सिम लाग्ने सेटको तौल १०१ दशमलव १ ग्राम र डबल सिम लाग्ने मोबाइलको तौल १०२ दशमलव ७ ग्राम रहेको छ । यसमा ५ सय २८ घण्टासम्मको स्टाण्डबाई टाइम र १० घण्टाको टकटाइम दिने ब्याट्री रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले आउँदो नोभेम्बरबाट यसलाई जर्मनी, रुस, पोल्याण्ड, स्वीट्जरल्याण्डको बजारमा बिक्री सुरु गर्ने र त्यसपछि मात्रै एसियाली बजारमा उतार्ने जानकारी दिएको छ ।

Thursday, August 29, 2013

एसएमएस मार्फत इभिडियो डाटा प्याकेज प्राप्त हुने

नेपाल टेलिकमले आइपी सीडीएमए प्रविधिको इभिडियो सेवामा नयाँ भोल्यूम बेष्ड डाटा प्याकेज ल्याएको छ । भदौ १६ गतेदेखि लागु हुने उक्त डाटा प्याकेज एसएमएस मार्फत सहज रुपमा प्राप्त गर्न सकिने छ ।
सीडीएमएका ग्राहकहरुले आवश्यक रकम रिचार्ज गरेर आफुलाई चाहिलने डाटा प्याकेज १४५६ मा एसएमएस पठाएर खरिद गर्न सक्ने टेलिकमले जनाएको छ । टेलिकमले ५०० एमबी, २ जीबी, ५ जीबी र १० जीवी गरि ४ प्रकारका डाटा प्याकेज ल्याएको छ ।
यस्तो छ डाटा प्याकेज
Evedio-Data
सीडीएमए सेवाका ग्राहकहरुले इभिडियो सेवामा आफुले प्रयोग गर्न बाँकी रहेको डाटा भोल्यूम तथा भेलिडिटी पिरियड ‘बीएल’ टाइप गरि १४५६ मा एसएमएस पठाएर थाहा पाउन सक्ने टेलिकमले जनाएको छ । त्यस्तै, ग्राहकहरुले ‘हेल्प’ टाइप गरी १४५६ मा एसएमएस पठाएमा सिष्टमबाट नै एसएमएस गर्ने तरिकासहितको म्यासेज समेत प्राप्त गर्न सक्नेछन् । टेलिकमका अनुसार यो एसएमएस सेवा निःशुल्क प्रयोज गर्न सकिने छ ।
टेलिकमले हाल इभिडियो डाटा नचल्ने पुराना रिम कार्डहरुलाई इभिडियो चल्ने रिममा निःशुल्क परिवर्तन गर्ने व्यवस्था गरेको बताएको छ । त्यस्तै, ग्राहकहरुले इभिडियो सेवाको रिम कार्ड प्रयोग गरी भ्वाइस सेवाका साथै सीडीएमए स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा इभिडियो डंगोलमार्फत ३.१ एमबीपीएस क्षमतामा इन्टरनेट चलाउन सक्ने बताइएको छ ।
अहिले टेलिकमले इभिडियो सेवालाई बण्डलिङ गरेर बिक्री वितरण गरिरहेको छ । बण्डलिङ मार्फत उपलब्ध हुने यो सेवा ग्राहकहरुले २ हजार २ सय रुपैयाँ भुक्तानी गरेर खरिद गर्न सक्नेछन् । यो सेवा लिने ग्राहकले १ जीबी मेमोरी सहितको इभिडियो डंगोल, एक सय रुपैयाँको टक भेलु तथा मासिक १ जीबी डाटाको दरले ३ महीनासम्मको लागि ३ जीबी डाटा भएको रिम कार्ड प्राप्त गर्नेछन् ।
टेलिकमले हाल १२ अञ्चलका ४८ जिल्लाका सदरमुकाम तथा प्रमुख ब्यापारिक केन्द्रहरुमा इभिडियो सेवा सञ्चालनमा ल्याइसकेको छ । कम्पनीलेे इभिडियो सेवालाई ‘स्काइ प्रो’ को ब्राण्डमा बिक्री वितरण गरिरहेको जनाएको छ ।

पाँच सय एमबीको दुई सय

काठमाडौं( नेपाल टेलिकमले सिडिएमए प्रविधिअन्तर्गतको इभिडियो सेवाको शूल्क घटाएको छ। बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै टेलिकमले ५ सय एमबी डाटा खरिदमा २ सय रुपैयाँ मूल्य तोकेको छ। त्यस्तै २ जिबी डाटा किन्दा ७ सय ५०, ५ जिबी डाटाको १७ सय र १० जिबी डाटाको २४ सय मूल्य तोकेको छ। यी चारवटै प्याकेजको म्याद एक महिनाका लागि हुने टेलिकमले जनाएको छ। यी मूल्यहरुमा कर भने जोडिएको छैन।
   
पहिलो ५ सय एमबी किन्दा प्रति एमबी ४० पैसा, २ जिबी खरिदमा प्रति एमबी ३७ पैसा, ५ जिबी खरिदमा प्रति एमबी ३३ पैसा र १० जिबी खरिदमा प्रति एमबी २३ पैसा शूल्क लाग्नेसमेत विज्ञप्तीमा उल्लेख छ।
पहिल्यैदेखि एक्टिभेट गरेका ग्रहकहरुले भने आवश्यक रकम रिचार्ज गरी १४५६ मा एसएमएस पठाएर डाटा खरिद गर्न सक्नेछन्। यसैगरी सिडिएमए सेवाका ग्रहकहरुले इभिडियो सेवामा आफूले प्रयोग गर्न बाँकी रहेको डाटा भोयलुम तथा म्यादको बारेमा जानकारी लिन ुबिएलु टाइप गरी १४५६ मा पठाउन सक्नेछन्। यस्तो एसएमएसको कुनै शूल्क नलाग्ने समेत विज्ञप्तीमा उल्लेछ छ।
नेपाल टेलिकमले हालः इभिडियो डाटा नचल्ने पुरनाना रुइम कार्डको सेवा प्रयोग गरी भ्वाइस सेवाको साथै सिडिएमए को स्मार्ट मोबाइल, ल्यापटप, डेक्सटप, ट्याबलेट तथा यभिडियो डोङ्गलमा मार्फत् ३।१ एमबिपिएस क्षमतामा इन्टरनेट चलाउन सकिनेछ।
ग्रहकले एक जिबी मेमोरीसहितको इभिडियो डोङ्गल, एक सय रुपैयाँको टल्क भ्यालु तथा मासिक एक जिबी डाटा को दरले ३ महिनासम्मको लागि ३ जिबी डाटा भएको रुइम कार्ड करबाहेक २२ सयमा खरिद गर्न सकिने विज्ञप्तीमा उल्लेख छ।
यो सेवाका लागि टेलिकमले १२ अञ्चलका ४८ जिल्लाबाट सेवा वितरण गरिरहेको छ।

गूगलले नेक्सस 4 को मूल्य १०० डलर कम गर्यो

गूगलले नेक्सस 4 स्मार्टफोन को मूल्य निकै कम गरेको छ । अब 8 जीबी भएको फोन 199 डलरमा किन्न सकिनेछ । यस अघि यस फोनको मूल्य कीमत 299 डलर तोकिएको थियो । त्यसैगरि 16 जीबी भएको फोन 249 डलर मा प्राप्त हुनेछ । यस अघि यस फोनको मूल्य 349 डलर रहेको थियो । nexus
गूगल प्ले ले ट्विटर मार्फत यस कुराको जानकारी दिएको हो । जस अनुसार यो मूल्य भने यूएस, यूके, अस्ट्रेलिया, क्यानाडा, जर्मनी, स्पेन र कोरियामा लागु हुने बताइएको छ ।
नेक्सस 4 को मूल्यमा कमी आएपछि नेक्ससको नयाँ भर्सन छिटै आउने अनुमान गरिएको छ ।
नेक्सस 4 लाइ LG कम्पनीले निर्माण गर्ने गरेको छ ।

Wednesday, August 28, 2013

100$ मा आईफोन 5 सी पाइने !

भाद्र १३, एक चाइनीज कन्पनी गूफोन ले मात्र 100$ मा एप्पलको आईफोन 5सी को क्लोन ‘आई 5सी’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गूफोन ले यस फोनलाइ आगामी महिना लञ्च गर्न लागेको टेक मिडियाहरूको समाचारमा जनाइएको छ । गूफोन ले यस अघि पनि एप्पलका कयौं फोनका क्लोन्स हरू लञ्च गरिसकेको छ । Goophone-i5c
अहिले सम्म सस्तो आईफोन आउने कुनै आधिकारिक घोषणा भैसकेको छैन तर गूफोन ले यसको क्लोन बनाएर बाजी मारेको छ । यस अघि पनि गत मार्चमा गूफोनले गूफोन आई 5एस रिलीज जारी गरेको थियो जुन एप्पलको अनरिलीज्ड आईफोन 5एस को क्लोन थियो ।
बताइए अनुसार यस फोनको डिस्प्ले 4 इन्च (960×540 p) को हुनेछ । यो 1.2 गीगाहर्त्ज एमटीके 6572 प्रोसेसर मा चल्दछ । यस बाहेक यस फोनमा 1 जीबी र्याम, 8 मेगा पिक्सेलको रियर क्यामरा, 2 मेगा पिक्सेलको फ्रन्ट क्यामरा, 2000 mAh ब्याट्री, 4 जीबी स्टोरेज, 4.0 ब्लूटूथ, वाई-फाई, क्वाड ब्याण्ड जीएसएम, 3 जी कनेक्टिभिटी र 4.2 एन्ड्रोइड हुने बताइएको छ ।
यस आईफोन 5 सी को अफिसिशल लञ्च पछि तुरून्तै यसलाइ बजारमा बिक्रिका लागी ल्याइने कुरा कम्पनीले जनाएको छ ।

फेसबुकेहरुलाई खुशीको खबर, अनलाइन एल्बम शेयर गर्न सकिने

एकै सरोकारका तस्वीर अनलाईन मार्फत एकैचोटी शेयर गर्न र तस्वीरहरुलाई विशिष्टीकरण गर्न सहज होस् भनेर फेसबुकले अनलाइन फोटो एल्बम शेयर सुविधा थपेको छ । १० हजार वटासम्म तस्वीर आट्ने गरी साझा एल्बम बनाएर तस्वीर शेयर गर्ने सुविधा फेसबुकले थपेको हो ।
फेसबुकका अनुसार यो सेवाको उपभोग गर्दै फेसबुक प्रयोगकर्ताहरुले समूह तयार गरी साझा एल्बम तयार पार्न र त्यसमा विभिन्न महत्वपूर्ण क्षणमा एक अर्काले खिचेका एकै सन्दर्भका तस्वीरलाई एकठाउँमा संग्रह गरी साथीहरुबीच शेयर गर्न सकिनेछ । फेसबुकमा यसअघि निजि फोटो एल्बममा केवल १ हजार वटासम्म मात्र तस्वीर अपलोड गर्न सकिन्थ्यो ।

फेसबुकका दिनहुँ करोडौँ तस्वीर अपलोड हुने गरेको सन्दर्भमा फेसबुके साथीहरुबीच तस्वीर शेयर गर्न अझै सजिलो होस् भन्ने उद्देश्यले शेयर्ड फोटो एल्बमको सेवा सुरु गरेको फेसबुकको भनाइ छ ।

यो फोटो एल्बम शेयर गरिसकेपछि त्यसरी शेयर गरिएकाहरु हरेकले त्यसमा तस्वीर थप्न, संसोधन गर्न, ट्याग गर्न सक्नेछन् । यद्यपि अहिलेको लागि यो सेवा केवल अमेरिकामा मात्र सुरु गरिएको छ । एक तथ्यांक अनुसार विश्वमा धेरै नवजात शिशुको जन्मेको एक घण्टाभित्रैमा फेसबुकमा तस्वीर अपलोड हुने गरेको छ ।

५ रंगमा नोकिया लुमियाका नयाँ भर्सन

लुमिया ९२५ लुमिया ९२५

नयाँ दिल्ली( नोकियाले आफ्नो लुमिया सिरिजलाई लगातार बढाउँदै गएको छ। कम्पनीले यही सिरिजमा दुई नयाँ विन्डोज ८ फोन लन्च गरेको छ। लामो प्रतीक्षापछि सार्वजनिक गरिएका लुमिया ६२५ पाँच र लुमिया ९२५  तीन रंगमा उपल्बध छन्। यी फोनमा रहेका फिचर्सका कारण पहिलेदेखि नै विशेष चर्चा भइरहेको थियो। नोकियाले सेतो, कालो, पहेँलो, रातो हरियो रंगमा लुमिया ६२५ ल्याएको छ।
नोकिया लुमिया ९२५ मा ८।७ मेगापिक्सल क्यामरा छ। यसमा प्रयोग भएको पियोर भ्यु प्रविधिले कम प्रकाशमा पनि राम्रो तस्विर खिच्न सकिन्छ। साथै फरक फरक मोडमा बेस्ट सट, एक्सन सट तथा मोसन फोकसमा हाई क्वालिटी तस्विर लिन सकिन्छ। यो मोडेलका फोन सेतो, कालो र खैरो गरी ३ रंगमा उपलब्ध छन्। नोकिया लुमिया ९२५ का धेरै फिचर्स लुमिया ९२० सँग मिल्दा जुल्दा छन्।

नोकिया लुमिया ९२५ मा १।५ गीगाहटर्ज डुअल कोर स्नेपड्रेगन एस ४ प्लस प्रोसेसर, १ जीबी र्‍याम, १६ जीबी इन्टरनल स्टोरेजले एकै साथ काम गर्छ। लुमिया ९२५ मा ४।५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ।  यस फोनमा ४।७ इन्च डिस्प्ले रहेको छ। १ गिगाहर्ज डुअल कोर स्नेपड्रेगन प्रोसेसर, ५१२ एमबी र्या७म र ८ जीबी इन्टरनल मेमोरी छ। फोटोग्राफीको लागि ५ मेगा पिक्सल क्यामरा छ।




नोकियाले लुमिया ९२५ र लुमिया ६२५ लाई एकै साथ भारतीय बजारमा ल्याएको हो।

Tuesday, August 27, 2013

संसारको सबैभन्दा पातलो स्मार्टफोन वीवो X3 सार्वजनिक

भाद्र ११, चाइनीज मोबाइल कम्पनी वीवोले संसारकै सबैभन्दा पातलो स्मार्टफोन वीवो एक्स 3 सार्वजनिक गरेको छ । वीवो एक्स 3 मात्र 5.75 मिलीमीटर मोटाइको रहेको छ ।  स्लीकनेसको मामलामा यो स्मार्टफोनले वावे असेन्ड पी6 (6.18 मिलीमीटर) लाइ समेत पछि पारेको छ ।  
vivo
यस फोनमा 720p को 5 इन्चको स्क्रीन, एक 1.5 गीगाहर्त्ज क्वाड-कोर मीडियाटेक प्रोसेसर र 8 मेगापिक्सेल को रियर क्यामरा रहेको छ । जुन एलईडी फ्ल्याशका साथमा रहेको छ । यस बाहेक यसको फ्रन्ट क्यामरा 5 मेगापिक्सेलको रहेको छ ।  X3 को र्याम 1 जीबी को छ, जसमा दुइ वटा सिम कार्ड यूज गर्न सकिन्छ । यसमा 16 जीबी इन्टरनल मेमरी दिइएको छ । तर यसमा मेमरी कार्ड रीडर छैन ।
वीवो ऐन्ड्रोइडको 4.2 जेलीबीन मा रन हुन्छ । चीनमा यो फोन २४९८ युआन ( नेपाली करिब ४२,०००) रहेको छ ।
स्लीकनेस फ्ल्यागशिपमा सहभागी कम्पनीहरूका फोनहरूमा सामसुङको ग्यालेक्सी एस4 को थिकनेस 7.9 मिलीमीटर र एचटीसी वन को 9.3 मिलीमीटर रहेको छ । तर सेप्टेम्बरमा रिलिज हुन लागेको उमेओक्स कम्पनीको X5 वीवोको एक्स3 भन्दा पातलो हुने अनुमान गरिएको छ ।

Monday, August 26, 2013

माइक्रोम्याक्सले ल्यायो सबैभन्दा ठुलो फोन…

भाद्र १०, माइक्रोम्याक्सले आफ्नो नयाँ मोबाइल डूडल 2 ए 240 लन्च गरेको छ । कम्पनीको यो फोन अहिले सम्मकै सबैभन्दा ठुलो मोबाइल हो । माइक्रोम्याक्स युवाहरूमा अहिले निकै मनपर्ने मोवाइल बनिसकेको छ । माइक्रोम्याक्सले क्यानभास डूडल 2 ए 240 को अनलाइन ब्रिकी पनि शुरू गरिसकेको छ । Micromax-Canvas-Doodle-2-A240
माइक्रोम्याक्सको यस फोनमा 5.7 इन्चको 1280 x 720 पिक्सेल को स्क्रीन रहेको छ । यो स्क्रीनमा एचडी र आईपीएस डिस्प्ले सहितको छ । यसमा 1.2 गीगाहर्ट्ज कोर प्रोससेर रहेको छ । यो एन्ड्रोइड 4.2 जेलीबिनमा रन हुन्छ ।
माइक्रोम्याक्सको यो फोन 12 मेगापिक्सेलको क्यामरा ड्यू ल एलईडी फ्ल्याशका साथमा रहेको छ । फ्रन्टमा 5 मेगापिक्सेलको क्यामरा रहेको छ । यसमा 2600 एमएएच को ब्याटरी लगाइएको छ । यस फोनमा जीएसएम ड्यूल सिम रहेको छ । 12 जीबी को इन्टरनल मेमोरी, जसले 32 जीबी सम्मको माइक्रोकार्ड एसडी राखि बढाउन सकिन्छ । यस फोनमा 3G, WiFi 802.11 b/g/n, Bluetooth, GPS/A-GPS जस्ता बिशेषताहरू पनि छन । यस फोनको मूल्य करीब ३६,००० रूपैयाँ रहेको बताइएको छ ।

Sunday, August 25, 2013

इन्टरनेट प्रयोगकर्तामा भारतले पछार्यो जापानलाई

internet-userविश्वमा स्मार्टफोनको तेश्रो ठूलो बजारको रुपमा स्थापित भैसकेको भारत इन्टरनेट प्रयोगकर्ताको संख्याको आधारमा पनि तेश्रो नम्बरमा उक्लिएको छ । कम स्कोर नामक संस्थाको पछिल्लो रिपोर्ट अनुसार जापानलाई पछि पार्दै भारत बढि इन्टरनेट प्रयोगकर्ता भएका मुलुकमध्ये तेश्रो स्थानमा चढेको हो । इन्टरनेट प्रयोगकर्ताको संख्याको हिसाबले चीन पहिलो र अमेरिका दोश्रो स्थानमा रहेको छ ।
इण्डिय डिजिटल फ्युटर इन फोकस २०१३ नामक प्रतिवेदन अनुसार भारतमा अहिले ७ करोड ३९ लाख मानिसले घर वा कार्यालयमा अनलाइन सेवाको उपभोग गरिररहेका छन् । भारतमा इन्टरनेट प्रयोगकर्ताको वाषिर्क वृद्धिदर ३१ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ । एसिया प्रशान्त क्षेत्रका ६४ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ता मध्ये चिनियाहरुले ५४ प्रतिशत ओगटेका छन् । भारतले ११.५, जापानले ११.४, दक्षिण पूर्वी एसियाले ९.६ र एसिया प्रशान्त मुलुकका अन्य देशले समग्रमा १३.५ प्रतिशत हिस्सा ओगटेका छन् ।
तथ्यांक अनुसार युवा इन्टरनेट प्रयोगकर्तामा भारत एक नम्बरमा छ । भारतका इन्टरनेट प्रयोगकर्ता मध्ये ७५ प्रतिशत ३५ वर्षमुनिका छन् । त्यस्तै भारतको हकमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ३९ प्रतिशत महिला रहेका छन् ।
विश्वमा इन्टरनेट प्रयोगमा लैंगिक अनुपातको हिसाबलेे रुस अग्रस्थानमा छ । रुसमा इन्टरनेट चलाउने जनसंख्या मध्ये ५२ प्रतिशत महिला छन् । यस्तो संख्या ब्राजिलमा ४९, चीनमा ४५ प्रतिशत रहेको छ ।

एनसेलको चाडपर्व उपहार योजना ‘नगदमा गदगद’

Ncell-tower९ भदौ, काठमाडौं । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको अवसर पारी ‘नगदमा गद्गद’ नामक नयाँ उपहार योजना ल्याएको छ । चाडपर्वमा ग्राहकहरुलाई आकर्षक उपहारसहित उत्कृष्ट नेटवर्क र स्तरिय सेवा प्रदान गरेर थप खुशियाली प्रदान गर्न नयाँ उपहार योजना ल्याएको कम्पनीले जनाएको छ । योजना भदौ १० गतेदेखि १० हप्तासम्म संचालन हुनेछ ।
प्रत्येक हप्ता ५० रुपैयाँ वा सोभन्दा बढी मेन व्यालेन्सबाट खर्च गर्ने एनसेलका ग्राहकहरु यस योजनामा सहभागी हुन सक्नेछन् । जसमध्ये उपहार योजनाअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली एनसेल ग्राहकले नगद १० लाख रुपैयाँ प्राप्त गर्ने छ । साथै, प्रत्येक हप्ता १ लाख ग्राहकले ५० रुपैयाँको बोनस व्यालेन्स र अन्य एक लाख ग्राहकले ५० वटा निःशुल्क एसएमएस प्राप्त गर्न सक्ने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपहार योजनामा एनसेलका पि्रपेड तथा पोष्टपेड सबै ग्राहकहरु सहभागी हुन सक्ने बताइएको छ । एक हप्तामा ५० रुपैयाँ बराबरको मेन व्यालेन्स प्रयोग गर्दा ग्राहकले एसएमएस मार्फत एउटा टिकट नम्बर प्राप्त गर्नेछन् । यदि कुनै ग्राहकले उक्त हप्ता सय रुपैयाँ खर्च गरेको छ भने २ वटा टिकट नम्बर प्राप्त गर्नेछन् ।
एक हप्ताभरि गरिएको सेवा प्रयोगको आधारमा एसएमएस मार्फत प्राप्त गरिने टिकट नम्बरहरुबाट हरेक सोमबार लक्की ड्र गरि विजेता घोषणा गरिने कम्पनीले जानकारी दिएको छ । एसएमएस र वोनस रकम पनि सोहि दिन प्रदान गर्ने बताइएको छ । लक्कि ड्र मार्फत प्राप्त भएको एसएमएस र वोनस रकम एक साताभित्र प्रयोग गरिसक्नुपर्ने एनसेलका कर्पोरेट कम्यूनिकेशन एक्सपर्ट मिलन शर्माले बताउनुभयो ।

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center