हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, November 24, 2013

पैसा दिने मोबाइल एप

मोबाइलमा सित्तैमा डाउनलोड गर्न पाइने एपहरुले विज्ञापन देखाएर हैरान पारेकाहरु मध्ये एक तपाइँ पनि हुनुहोला। पत्रिका, टेलिभिजन, रेडियो मात्र होइन वेबसाइटहरुमा पनि विज्ञापन हेर्न कसैलाई मन पर्दैन। त्यसैले त वेबसाइट तथा मोबाइल एपका विज्ञापन हटाउनका लागि नै विभिन्न एपहरु विकास भएका छन्।

तर, विज्ञापन हेरेको पैसा दिन्छु भन्यो भने तपाइँ यस्ता विज्ञापन हटाउने चक्करमा होइन कि विज्ञापन हेर्ने तर्फलाग्नुहुन्छ। आखिर जे भएपनि पैसा बोल्छ भनिएको त्यसै होइन। एण्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टम भएका मोबाइल चलाउनेका लागि यस्ता विभिन्न खालका उपायहरु व्यवसायीहरुले प्रस्तुत गरेका छन् जसमा विज्ञापन हेर्नेहरुलाई केही रकम दिने भनिएको छ। यस्ता खालका एप यूरोप अमेरिकामा मात्र होइन नेपालमा पनि प्रसस्त चर्चा बटुल्न सफल भएका छन्। चर्चाको तुलनामा त्यस्ता एपबाट पैसा बटुलेकाहरुको कुराहरु भने सुन्न पाइएको छैन।
यी यस्ता एप हुन् जुन निशुल्क डाउनलोडका लागि उपलब्ध छन् र तीनले निश्चित निशुल्क कामहरु गरेपछि केही रकम मोबाइल चलाउनेलाई दिने बताएका छन्। यस्ता पैसा दिने भनिएका धेरै एप मध्ये कसैले ६ देखी १० सेकेण्डको विज्ञापन देखाउँछन् भने कसैले कुनै वेबसाइट वा पेज लाइक पनि गर्न लगाउँछन।
मोबाइलमा डाउनलोड गर्नेहरुलाई पैसा दिने बताएका केही एप यी हुन्
क्यासअनएड
Android Apps which offers money payment for its users Cash on Ad Nepalese app
नेपालमा प्रसस्त चर्चा पाएको एप हो यो। मोबाइलका लागि विकास भएका एपहरु मध्ये नेपालमा सर्वाधिक चर्चा पाएको पनि भन्न सकिन्छ यसलाई। विशेष गरेर यसको निर्माता शिरान टेक्नोलोजिजसँग काम लिएका सबै ठूला भनिएका दैनिक देखी अनलाइन न्यूजपोर्टल सबैले यसको खुबै प्रचार गरेका थिए। यसले फोन उठाउनु अघि ६ सेकेण्डको विज्ञापन देखाउँछ जुन पुरै हेर्नेलाई प्रत्येक कल उठाउँदा १ सेन्ट दिने बताएको छ। नेपालमा यसबाट जम्मा भएको पैसा इसेवा नामक अनलाइन पेमेन्ट कम्पनीबाट लिन सकिने जनाएको छ। यो एप चलाउनेले २४ घण्टामा एकपटक एपलाई सिंक गर्नुपर्छ। यो एप प्रयोग गर्नका लागि फेसबुक वा इमेल प्रयोग गरेर दर्ता हुनुपर्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
लोकेट
Android Apps which offers money payment for its users Locket lock screen
तत्काल अमेरिकाका लागि मात्र उपलब्ध यो एप बेटा संस्करणमा रहेको छ। भरखरै एपस्टोरमा उपलब्ध भएको यो एपले पनि विज्ञापन हेर्नेलाई पैसा दिने बताउँछ। यसले विज्ञापन, कुपनहरु, सित्तैमा गीत र खेलहरु मोबाइलमा उपलब्ध गराउँछ। अर्नमोर मार्फ धेरै पैसा कमाउने मौका समेत दिने यो एप राखेपछि स्क्रिनमा हरेक पटक स्वाइप गर्दा १ सेन्ट दिने यसले बताएको छ। यो एपले मोबाइलको लक स्क्रिनमा विज्ञापन देखाउँछ त्यसको तल रहेको एउटा विशेष प्वाइन्ट (फोटोमा निलो देखिने)लाई दायाँ वा बायाँ स्वाइप गरेपछि १ सेन्ट उपलब्ध हुने हो। यो एपबाट एक घण्टामा ३ सेन्ट कमाउन सकिन्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।
लेटस्क्रिन
Android Apps which offers money payment for its usersLatteScreen
अनलक एण्ड अर्न अर्थात मोबाइल अनलक गर र कमाउ। एशियामा मात्र १० लाख भन्दा धेरैले चलाउने दाबी गरिएको यो एप एपडिस्कोले तयार पारेको हो। यो एपले पनि लक स्क्रिनमा विज्ञापन देखाउँछ र स्क्रिन अनलक गरेपछि विज्ञापन हेरे बापत केही रकम दिन्छ। यो एपमा विज्ञापन हेरेर पैसा पाउनका लागि एप डाउनलोड गरेर त्यसमा आफूलाई दर्ता गर्नुपर्छ। यो एपकाबारे थप बुझ्न तथा मोबाइलमा राख्नका लागि यहाँ क्लिक गर्नुहोस्।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center