
मनिष मोदी र सुरज सुरज सापकोटाले धेरै मेहनत गरेर फोटालाई भिडियोमातुरुन्तै कन्भर्ट गर्न सकिने एप्सनिर्माण गरेका हुन् जसमा तपाईले फोटालाई भिडियोमा कन्भर्ट गर्न सकिन्छ । चाहे त्यो फेसबुकमा रहेका तस्विरहरु हुन् वा कम्प्युटरमा भएका तस्विरहरु नै त्यसमा ब्याकग्राउण्ड म्युजिक अनिवार्य हुन्छ ।
पिकोभिको कुनै ट्रायल भर्सनमानभएर व्यवसायीक भईसकेको छ । मुभिमेकरवाट कुनै एक भिडियो वनाउन ३० मिनेट लाग्छ भने पिकोभिकोवाट १ मिनेटमै वनाउन सकिनेकम्पनीको दावी छ । यो प्रविधिलाई आईफोन, एण्ड्रोईड, विण्डोज, आईप्याड एप्समा पनि विकास गर्न लागिएको कम्पनीले जनाएको छ । हाल नेपाल र भारतमा वढी युजर रहेको यो एपलाई चिली सरकारले समेत रुचाएको छ ।
चिलि सरकारको सहयोगमा त्यहा प्रोजेक्ट सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अमितअग्रवाल वताउनुहुन्छ । साधारण ईन्टरनेट चलाउन सक्ने युजरलाई ध्यानमा राखेर विकास गरिएको यो एप्स धेरै उपयोगी रहेकाले चाडै विश्वबजारमाजम्ने कम्पनीले जनाएको छ । जानकी ईन्टरप्राईजेजले पिकोभिको मात्रनभएर, स्प्यारो एसएमएस सेवा,सोसिएलमार्केटिङ, सफ्टवेयर निर्माण लगायतको क्षेत्रमा समेत कामगर्दै आईरहेको छ ।
7:22 AM

तपईको कोहि आफन्त वा तपाई आफै युरोप वा अमेरिकामा हुनुहुन्छ भने सायद
आईफोन ५ तपाईको हातमा परिसकेको हुन सक्छ या भनौ तपाईको अबको जन्मदिनमा
आइफोन ५ उपहार पाउने पक्का भएको होला । तर पख्नुहोस, नेपालमा के आइफोनलाई
प्रयोग गर्न सकिन्छ त ? तपाईलाई सायद थाहनै होला आइफोन ५ मा न्यानो
सिमकार्डको प्रयोग गरिएको छ जुन मैले यो लेख लेख्ने समय सम्म कुनै पनि
मोवाईल सेवा प्रदायकले उपलब्ध गराएको छैन । आइफोन 4s मा एप्पलले माइक्रो
सिमको प्रयोग गरेर केहि अप्ठ्यारोमा पारेको नेपाली उपभोक्तालाई ५ को न्यानो
सिमले त चलाउने सम्भावनानै आइपोडमा सिमित गरिसकेको छ । तर त्यो निरासको
सम्भावना तपाईको दक्षता र कार्यकुशलताले केहि कम गर्न सक्ने देखिएको छ ।
























