हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, July 12, 2013

अब हेडफोनले गर्छ मोबाइल चार्ज

ब्याट्री आयु छोटो हुँदा मोबाइल प्रयोगकर्ता दिक्क छन्। फोन निर्माताका लागि समेत टाउको दुःखाइको विषय बनिरहेको यो समस्यालाई समाधान गर्द एक जना स्कटिस अडियो इन्जिनयरले हेडफोन बनाएका छन्। एन्ड्रयु एन्डरसले सूर्य उर्जाबाट मोबाइल चार्ज गर्नसक्ने हेडफोन बनाएका हुन्। ुअनबीटु नामको यो हेडफोनलाई सार्वजनिक प्रयोगमा ल्याउन अहिले ुक्राउड फन्डिङु साइट किकस्टार डट कमबाट पैसा संकलनको काम भइरहेको छ।

अनौठा र सिर्जनात्मक नयाँ कामका लागि पैसा संकलन गरिदिने किकस्टारमा बिहीबारसम्म १४ हजार २ सय ३० पाउण्ड जम्मा भइसकेको छ। अडियो इन्जिनियर एन्ड्रयुले आफ्नो अवधारणालाई व्यापारिक स्वरुपमा बदल्न २ लाख पाउण्ड लाग्ने बताएका छन्।

कसरी चार्ज गर्छ हेडफोनले ब्याट्री

हेडफोनको ुहेडबेन्डुमा ०।५५ वाट क्षमताका सूर्यको उर्जा लिनसक्ने सेल लगाइएको छ। यसबाट प्राप्त उर्जालाई लिथियमका दुई साना ब्याट्रीले जोगाइराख्छन्। इयरप्याड भित्र रहने यी ब्याट्रीले हेडफोन सुनिरहँदा मोबाइल वा ट्याबलाई चार्ज गरिरहन्छन्। तर हेडफोन ज्याकमार्फत ब्याट्री चार्ज हुने भने हैन। युएसबी पोर्टमार्फत् कनेक्ट गरिएको हेडफोनले मोबाइल डिभाइसको ब्याट्री चार्ज गर्दछ। हेडफोनमा यो हेडफोनले आइफोन, सामसङ ग्यालेक्सी लगायतका स्मार्टफोनलाई सजिलै चार्ज गर्ने क्षमता राख्छन्। आम मान्छेका लागि उपयोगी यो हेडफोन कहिले बजारमा आउँछ त रु एन्डरसले मोबाइल तथा ट्याब चार्ज गर्नसक्ने यो हेडफोनलाई आगामी वर्षको सुरुवातदेखि नै बिक्रीका लागि उपलब्ध गराउने लक्ष्य लिएका छन्। बजारमा पठाउनु अघि हेडफोनको नयाँ डिजान बनाउने काम भइरहेको छ। ुयसमा केही सुधारको पनि जरुरी छु, उनले भने( ुहामी यसको डिजानलाई अझ राम्रो पार्दैछौं।

सबैभन्दा महत्वपूर्ण कुरा लगानीको रहेको छ। ुअनबीटुलाई सर्वसाधारणसम्म अगस्ट ७ अगाडि २ लाख पाउण्ड जुटाइसक्नु पर्नेहुन्छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center