हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Monday, September 23, 2013

नयाँ कम्पनीबाट ६० लाख मोबाइल थपिदै

निजी क्षेत्रका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरु युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र स्मार्ट टेलिकमले ६० लाख मोबाइल फोन वितरण गर्ने भएका छन् ।
३०/३० लाख जीएसएम मोबाइल लाइन वितरण गर्ने ती कम्पनीको पूर्व योजना सर्वोच्च अदालतले गत साता गरेको एक फैसलाबाट कार्यान्वयनमा आउने भएको हो । दुई कम्पनीलाई एकीकृत लाइसेन्स दिने सरकारी निर्णयविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
Smart-Telecom
सीमित सेवाको लाइसेन्स पाएका कम्पनीलाई नेपाल दूर सञ्चार प्राधिकरणले एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो । यूटीएल र स्मार्ट टेलिकमले एकीकृत लाइसेन्स लिई सेवा विस्तारको योजना नियामक निकायमा पेश गरेका थिए ।
नेपाल दूर संचार प्राधिकरणले स्मार्टलाई एकीकृत लाइसेन्स दिइसकेको थियो भने यूटीएललाई पनि दिने निर्णय गरेर जारी गर्न बाँकी रहेको थियो । अदालतमा प्राधिकरणविरुद्ध मुद्दा दायर भएपछि योजना अलपत्र परेको थियो ।
सर्वोच्च अदातलले गत साता एकीकृत दूरसञ्चार अनुमतिपत्रका विषयमा परेका सात मुद्दा खारेज गरेको हो । सर्वोच्चको फैसलापछि कम्पनीहरुलाई लगानी र नेटवर्क विस्तारमा रहेका बाधा हटेका छन् । सर्वोच्चको फैसलाले दूरसञ्चार प्राधिकरणमा बाधा अड्काउ फुकाउमार्फत् गठन भएको बोर्डलाई पनि वैधता दिएको छ ।
दुई कम्पनीले प्राधिकरणसमक्ष एकीकृत लाइसेन्सको अनुमति माग्दा पहिलो चरणमा ३०-३० लाख जीएसएम लाइन विस्तार गर्ने प्रस्ताव गरेका थिए । सन् २०१४ सम्ममा पहिलो चरणको विस्तार सम्पन्न हुने कम्पनीहरुले बताएका थिए ।
एकीकृत दूरसञ्चार अनुमतिपत्र पाइसकेको स्मार्टले पहिलो चरणमा राजधानीसहित सहरी क्षेत्रमा जिएसएम मोबाइल सेवा विस्तारको काम गर्नेछ । उपकरण आयात, पूर्वाधार निर्माणलगायत काम सम्पन्न गर्न तीन महिना लाग्ने कम्पनीले जनाएको छ ।
अब यी कम्पनीले ल्यान्ड लाइन, सिडिएमए, जिएसएम मोबाइल, डाटा सेवा तथा अन्तर्राष्ट्रिय गेटवे सेवा बिक्री गर्न सक्नेछन् । त्यसमध्ये स्मार्टले चार महिनाभित्र सहरी क्षेत्रमा जिएसएम मोबाइल सेवा सुरु गर्ने बताएको छ । मोबाइल सेवा सुरु गरेर ३० लाख लाइन वितरण गर्न देशभर १ हजार ८ सयवटा बेस ट्रान्सिभर स्टेसन -बिटिएस) बनाउने उसको योजना छ ।
स्मार्टले सेवा विस्तारका लागि करिब ३० अर्ब थप लगानी गर्ने घोषणा गरेको छ । त्यसमध्ये प्रारम्भिक लगानी करिब ७ अर्बको हुनेछ । स्मार्टले उद्योग विभागबाट आफ्नो पुँजी १ अर्ब ५९ करोड ६० हजारबाट बढाएर ८ अर्ब ९८ करोड ४६ लाख १० हजार पुर्‍याउन स्वीकृति लिएको छ । लगानी विस्तारका लागि बेलायतको स्क्वायर स्टार इन्कबाट करिब ८ करोड अमेरिकी डलर ऋण सम्झौता गरिसकेको कम्पनीले जनाएको छ ।
स्मार्ट टेलिकमकको ग्राहक संख्या अहिले ७ लाख ५३ हजार २ सय ५४ रहेको छ । स्मार्टमा २० प्रतिशत स्वदेशी र ८० प्रतिशत विदेशी लगानी रहेको छ । यसमा लाल साहु डिस्टि्रब्युसन प्रालि सिंगापुरको ७० प्रतिशत, जिल्याट स्याटलाइट नेटवर्क लिमिटेडको १० प्रतिशत र स्क्वायर नेपाल प्रालिको २० प्रतिशत स्वामित्व रहेको छ ।
कम्पनीले पूर्वाञ्चलबाहेकका ३ सय ९८ गाविसमा कम्तिमा दुई लाइन टेलिफोन सेवा विस्तार गर्ने सर्तमा अनुमति पाएको थियो । हाल कम्पनीले ४० जिल्लाका ग्रामीण क्षेत्रमा सेवा सञ्चालन गरिरहेको छ ।
त्यस्तै, भारतीय सरकारी दूरसञ्चार कम्पनीको प्रमुख लगानी रहेको यूटीएललाई एकीकृत अनुमतिपत्र दिने निर्णय प्राधिकरणले गरे पनि कम्पनीले लाइसेन्स भने पाइसकेको छैन । लाइसेन्स हात पारेपछि यूटीएलले पहिलो चरणमा आठ सीडीएमए बीटीएस र ५ सय जीएसएम बीटीएस स्थापना गर्ने योजनामा बनाएको छ ।
यूटीएलले दोस्रो चरणमा थप ५ सय बीटीएस निर्माण गर्ने बताएको छ । उसले यो काम सन् २०१४ मे ६ भित्र सक्ने बताएको थियो । तर मुद्दाको कारण योजना अवधि पछि सर्ने भएको छ । यूटीएलले १० अर्ब लगानी थप गर्ने बताइसकेको छ । हाल यूटीएलका ७ लाख १९ हजार ३ सय ४१ प्रयोगकर्ता रहेका छन् ।
दुई कम्पनीले मोबाइल लाइन विस्तार गरेपछि अहिले तीव्र प्रतिस्पर्धामा रहेका नेपाल टेलिकम र एनसेललाई थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने देखिन्छ । नेपाल टेलिकमले थप ५० लाख जीएसएम मोबाइल विस्तारको तयारीलाई तीव्रता दिइसकेको छ ।
- See more at: http://www.onlinekhabar.com/2013/09/118748/#sthash.eYJwPb8L.eG4jYezg.dpuf

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center