हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, December 25, 2013

एप्पललाई चीनबाट बढी आम्दानी?

स्मार्टफोन निर्माता एप्पलले चीनको सबैभन्दा ठूलो मोबाइल कम्पनीसँग सम्झौता गरेको छ। ७६ करोडभन्दा बढी ग्राहक रहेको चाइना मोबाइलसँग एप्पलको सम्झौताले विश्व टेलिकम क्षेत्रमा तरंग ल्याइदिएको हो। तीन नेटवर्कमा फोर जी लाइसेन्स भएको सरकारी स्वामित्वको चाइना मोबाइलसँगको सम्झौताले एप्पलले प्रतिद्वन्द्वीलाई कडा टक्कर दिन सक्ने देखिएको छ।
चीन विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन बजार हो । एप्पलले अढाई वर्ष अघिदेखि नै चीन केन्द्रित बजार रणनीति अपनाउँदै आएको छ । ुएप्पलका लागि चीन निकै महत्वपूर्ण बजार होु, एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– ुचाइना मोबाइलसँग भएको सम्झौताले हामीलाई विश्वकै सबैभन्दा ठूलो नेटवर्कका उपभोक्ता समक्ष आइफोन पुर्‌याउने मौका मिल्नेछ ।ु

सन् २०१३ को सुरुवाततिर कुकले उत्तर अमेरिकाबाट भन्दा चीनबाट कम्पनीले बढी नाफा गर्ने बताएका थिए । आइफोन एप्पलका लागि आम्दानी बढाउने मुख्य उत्पादन हो । वर्षको अन्त्यसम्ममा आएका रिपोर्टअनुसार एप्पलले १७० बिलियन डलर रेभिन्यु उठाइसकेको छ । चीनका अन्य दुई ठूला कम्पनी चाइना युनिकम र चाइना टेलिकमसँग एप्पलले पहिले नै सम्झौता गरिसकेको छ । यी दुई कम्पनीको नेटवर्कमा ४ करोड ५५ लाख उपभोक्ता आवद्ध छन् । लगभग सवा अर्ब उपभोक्ता रहेको चीन सबैभन्दा बढी स्मार्टफाने उपभोक्ता भएको मुलुक हो । सामसङ एवं चीनका घरेलु सस्ता हेन्डसेटका कारण चीनमा आइफोनले बजार गुमाउँदै गएको भन्ने रिपोर्टहरु आइरहेका बेला अमेरिकी कम्पनीले यो ठूलो सम्झौता गरेको हो ।

बजार अनुसन्धान संस्था आइडीसी कन्सल्ट्यान्सीका अनुसार आइफोनको उपस्थिति चीनमा बलियो छैन । गुगलको इन्ड्रोयड अपरेटिङ सिस्टम भएका सस्ता हेन्डसेटले ठूलो बजार हिस्सा ओगटेका छन् । सामसङ, लेनोभो र कुलप्याड क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । चिनियाँ टेलिकम इक्विपमेन्ट उत्पादक कुलप्याडका उत्पादनले बजार हिस्सा बढाइरहेको बेला आइफोनले चाइना मोबाइलको नेटवर्कबाट बिक्री गर्ने तयारी थालेको हो ।

प्रतिद्वन्द्वीलाई टक्कर दिन एप्पलले यसै वर्ष आइफोन सी बजारमा ल्याएको थियो । आइफोन सीले सामसङलाई खासै टक्कर दिन भने सकेनँ । अहिले आइफोन ५ सीलाई चाइना मोबाइलको नेटवर्कबाट बिक्री गरेर प्रतिद्वन्द्वीको सामना गर्ने रणनीति एप्पलले लिएको हुनसक्ने अनुमान गरिएको छ । जनवरी १७ देखि चाइना मोबाइलको नेटवर्कबाट आइफोन ५ एस र ५ सीको बिक्री सुरु हुनेछ । तर मूल्य कति तोकिनेछ भन्ने पनि स्पष्ट पारिएको छैन ।

यो वर्षको सेप्टेम्बरसम्म एप्पलले लगभग सवा १० करोड आइफोन बिक्री गरिसकेको छ । सम्झौतापछि १०–४० मिलियनसम्म आइफोन चीनमा बिक्री हुने अनुमान गरिएको छ । पछिल्ला अढाइ वर्षमा एप्पलले चीनमा ५० मिलियन आइफोन बिक्री गरेको छ ।

समसङले विश्व बजारबाट आइफोनका हिस्सा खास्दै लगेको अवस्थामा नयाँ सम्झौताले अमेरिकी कम्पनीलाई केही हदसम्म माथि उठाउने विश्वास गरिएका छ । अहिलेसम्म चाइना मोबाइलका प्रयोगकर्ताले आइफोन चलाउन पाउने अवस्था थिएन । चाइना मोबाइलको थ्रीजी टेक्नोलोजीले आइफोनका ुकम्पाटेबलु थिएन । फोर जी नेटवर्ककका प्रयोगकर्ता मात्र आइफोन ५ एस र ५ सी मा आवद्ध हुन सक्छन् ।

विश्लेषकहरुले अब आइफोन विश्वका फोन प्रयोगकर्तामध्ये १० प्रतिशतभन्दा बढी उपभोक्त समक्ष पुग्नेछ । तर त्यसका लागि सस्तो स्मार्टफोन उत्पादन गर्नु एप्पलको चुनौती हुनेछ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center