हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, July 14, 2013

कम्प्युटर बिक्रीमा विश्वव्यापी मन्दी, टच स्क्रिन बनाउने चुनौती

ट्याब्लेट बढ्दो प्रयोगले पर्सनल कम्प्यूटर ९पिसी० बिक्रीमा मन्दी आएको छ। कम्प्यूटर बिक्रीको इतिहासमा सबै भन्दा बढी मन्दी आएको समय भएको यस क्षेत्रका शाध स‌स्थाहरुले बताएका छन्। अनुसन्धान संस्था गार्टनरले यो वर्ष कुल सात करोड ६० लाख पर्सनल कम्प्यूटर बिक्री भएको बताएको छ। यो पछिल्ला बर्षको तुलनामा १०।८ प्रतिशतले कम हो।


ट्याब्लेट र स्मार्टफोनको लोकप्रियता बढ्दै गएपछि पीसीको बिक्रीमा नराम्रोसँग गिरावट आएको अनुसन्धान संस्था गार्टरले औंल्याएको छ। ुसस्तो मुल्यमा बजारमा पाइने ट्याब्लेटसले पीसीको बिक्रीलाई अझ गिराइदिएका छन्ु, उसले भनेको छ।

उदाउँदो अर्थतन्त्र भएका मुलुकका मान्छेबीच कम मूल्यका ट्याब्लेट लोकप्रिय रहेको गार्टनरका मुख्य विश्लेषक मिकाको किटागावा बताए। अर्को एउटा अनुसन्धान संस्था आइडीसीले निकालेको प्रतिवेदनले पनि पछिल्लो वर्षको तुलनामा पिसीको मागमा गिरावट आएको देखाएको छ। आइडिसीका अनुसार पिसीको माग ११।४ प्रतिशतले घटेको छ।

ुपीसीको बिक्रीलाई सुधार गर्न थुप्रै चुनौतीहरु छन्ु, अनुसन्धान संस्थाहरुले भनेका छन्( ुअहिलेको अवस्थालाई बदल्नको धरै काम गर्न बाँकी छन्।ु

आइडीसीका विश्लेषक चाउले यूरोप र चीनको बजारले चुनौती देखाएको बताए। अमेरिकामा भने स्थिति त्यति नकारत्मक छैन। तर उदाउँदो बजारमा जुन प्रकारको कमजोरी देखिएको छ यसले लामो समयपछि हुने वृद्धिमा खतरा उत्पन्न हुने उनको भनाइ छ।

ुमुल्यमा कम गर्ने र टच कम्प्यूटर सिस्टम बनाउने हो भने पीसीले अरु धेरै आकर्षण गर्न सक्ने छु, चाउले भने( ुयसको उत्पादनलाई आकर्षक बनाउन सक्ने हो भने ट्याब्लेट्स जस्ता उत्पादनले ल्याउने खतरारा बाट बच्च सकिन्छ।ु

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center