हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, July 14, 2013

नेपाल तेस्रो स्थानमा सीमित

काठमाडौ, असार ३१ ( नेपालले पहिलो दक्षिण एसियाली आमन्त्रित पुरुष भलिबलमा लगातार दोस्रो हार बेहोर्दै तेस्रो स्थानमा सीमित हुँदा आइतबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा धेरै कमजोरी छताछुल्ल भए । उही स्तरको तर अनुभवमा कमी रहेको घरेलु टिम माल्दिभ्ससँग हरेक पक्षमा चुक्यो र खेल ३(० को सोझो सेटमा गुमायो ।

मुख्य प्रशिक्षक कपिलकिशोर श्रेष्ठको रणनीति पूरै ुफ्लपु भएको खेलमा नेपाली खेलाडीको प्रदर्शन बिर्सनलायक थियो । सबैभन्दा कमजोर पक्ष रिसिभ रह्यो । लिबरो पुष्पजंग मल्ल दबाबमा देखिए र एकपछि अर्को गल्ती गरे । अन्य खेलाडी मिलन मल्ल, सञ्जय अर्याल, सुनील श्रेष्ठ, महेन्द्र श्रेष्ठ, कुलबहादुर थापाले अंक बटुले पनि त्योभन्दा बढी गल्तीलाई निरन्तरता दिए ।

ुनतिजाले देखाए जस्तो खेल एकतर्फी थिएन,ु माल्दिभ्सका प्रशिक्षक मोहम्मद सराफले भने,ुखेल प्रतिस्पर्धात्मक थियो । तर नेपाली खेलाडीमा अनुभवको कमीले गर्दा हामीलाई सहज भयो । साथमा उसका राम्रो खेलाडी लिफ्टर इम रानालाई रोक्ने रणनीतिमा सफल भयौं ।ु

प्रशिक्षक श्रेष्ठले सुरुआतमा ओपन स्पाइकरमा कैलाश भट्टको स्थानमा मिलन मल्ललाई खेलाएका थिए । पहिलो सेट २५(१७ ले गुमाएपछि उनले दोस्रोमा खुसी चौधरीलाई लिफ्टरमा ल्याए र इमलाई स्पाइकरका रूपमा प्रयोग गरे । खुसीले पनि राष्ट्रिय टिममा डेब्यु गरे । तर त्यो सेट पनि नेपालले २५(१९ ले गुमायो । अन्तिम सेटमा नेपाल २०(१८ ले पछि पर्दामात्र कैलाशलाई भित्र्याएका थिए । तेस्रो सेटको अन्त्यमा नेपालको टिम सेट जस्तो देखिए पनि त्यो घरेलु दर्शकलाई खुसी पार्न अबेर भइसकेको थियो । प्रशिक्षक श्रेष्ठले टिमले १७र१८ अंक जोडेपछि रोकिनुको पछि अनुभवको कमी, कम तयारी, जम्पको कमी रहेको बताए । श्रीलंकाले सोमबार उपाधिका लागि माल्दिभ्सको सामना गर्नेछ । श्रीलंकाले आइतबार अफगानिस्तानलाई ३(० को सोझो सेटमै हरायो । 

टिकटबाट ३ लाख नेपाल भलिबल संघले टिकटबाट ३ लाख ३२ हजार ७ सय रुपैयाँ उठाएको छ । संघले दिएको जानकारीअनुसार आइतबार टिकटबाट १ लाख ५० हजार उठेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center