हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, July 14, 2013

काठमाडौंको 'लोकेसन' स्मार्टफोनबाटै खोज्नुहोस्

 दुतावास, कलेज, रेस्टुरेन्ट वा अस्पतालको लोकेसन खोज्ने एप तयार भएको छ। नेपाली युवाले बनाएको मोबाइल एप्लिकेसन एनलोकेटले काठमाडौंका स्थानको विवरण दिनेछ।  निःशुल्क रूपमा एन्ड्रोइड र एप्पलमा डाउनलोड गर्न सकिने यो एपले तपाइँ रहेको ठाउँबाट नजिकका स्थानबारे जानकारी दिन्छ। वर्षको उत्कृष्ट मोबाइल एपको अवार्ड हात पारिसकेको एनलोकेट दिपेन चापागाईंको टिमले निर्माण गरेको हो।पुल्चोक इन्जिनियरिङ बलेजबाट इन्फरमेसन एण्ड कम्यूनिकेशनमा एमइ सकेका चापागार्इंले साथीको बिहेमा पार्टी प्यालेस भेट्टाउन सकेनन्। सोधिखोजी गर्दा पनि लोकेसन पत्ता नलागेको पीडाका कारण एकलोकेट जन्मिएको उनले बताए।


कसरी काम गर्छ एनलोकेटले ?
यसको मुख्य काम बैंक, रेस्टुरेन्ट वा अफिस, कर्पोरेट हाउसको नक्सासहित तपाईंलाई त्यसको जानकारी दिनु हो। एप्लिकेसनमा अपडेट भएका डाटाको आधारमा यसले जानकारी दिन्छ। यो एपमा अहिलेसम्म १० हजारभन्दा बढी डाटा इन्ट्री भइसकेका छन्। एन्ड्रोइड, एप्पल अपरेडिङ सिस्टममा चल्ने ट्यावका साथै कम्प्युटरमार्फत पनि यसको प्रयोग गर्न सकिन्छ।

एनलोकेटको महत्वपूर्ण विशेषता तपाइँले जहाँबाट सर्च गरिरहनुभएको छ, त्यसको वरिपरिको जानकारी दिनु हो। यदि तपाईंले दरबारमार्ग नजिक बसेर कुनै रेस्टुरेन्ट एनलोकेटमार्फत सर्च गर्नुभयो भने पहिलो प्राथमिकतामा वरिपरिका रेस्टुरेन्ट देखिन्छन्। यो प्रक्रियामा विज्ञापनको कामसँगै हुन्छ। ग्राहकलाई सूचना र विज्ञापनको प्रचार गर्न व्यवसायीका लागि यो सजिलो हुने चापागाईंको दाबी छ।

एनलोकेटमा डाटा इन्ट्री गराउन उसको अफिसमा धाउनुपर्ने झन्झट पनि छैन। तपाईं आफ्नो डाटा आफैं इन्ट्री गर्न सक्नुहुन्छ तर त्यसका लागि पब्लिक भेरिफिकेसन भने चाहिन्छ। ुइन्ट्री भएको डाटा गलत हुन सक्नेतर्फ हामी सचेत छौं,ु चापागाईंले भने, ुत्यसैले पब्लिक भेरिफिकेसनको आधारमा यसलाई इन्ट्री गर्ने गरेका छौं।ु

एनलोकेटमा युजर अकाउन्ट बनाएपछि आफ्नो बिजनेस वा सेवा सुविधाबारे आफैं जानकारी र तस्बिर अपलोड गर्न सकिन्छ। केही महत्वपूर्ण फिचर्स अफलाइन मोडमा पनि चलाउन सक्ने सुविधा छ। आवश्यक फिचर्सलाई आफलाइन मोडमा सेटिङ गरेपछि इन्टरनेट सुविधा नभएको ठाउँमा पनि यसलाई प्रयोग गर्न सकिन्छ।

ुगुगलको नक्सा प्रयोग गरिएको एनलोकेट चलाउने आइफोनका आठ हजार प्रयोगकर्ता र एन्ड्रोइड फोनबाट चलाउने १३ हजार छन्,ु चापागार्इं दाबी गर्छन् । वेबसाइटमा दैनिक १५ सय हिट रहेको उनले बताए । यो प्रविधि सरल किसिमको इन्टरनेट मार्केटिङ टुल्स बन्न सक्ने उनको भनाइ छ ।

नेपालमा इन्टरनेटको पहुँच भएको ठाउँमा पनि नेट स्पिडले सताउँछ। तर यो समस्यालाई छल्दै एनलोकेटलाई कम स्पिडको नेटमा पनि चल्ने बनाइएको छ। डेटा कम्युनिकेसनलाई मिनिमाइज गरेर कम स्पिडमा चल्ने बनाइएको चापागार्इंले बताए। अहिले एनलोकेट एप्पल र एन्ड्रोइडमा मात्र चल्ने यो एप्लिकेसन विन्डोज–८ का लागि पनि तयार हुँदै छ ।    

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center