हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

घट्यो ट्याब्लेटको मूल्य

माइक्रोसफ्टले हल्ला नगरी सर्फेस ट्याब्लेट कम्प्युटरको मूल्य घटाएको छ। माइक्रोसफ्टले डिजाइन तथा मार्केटिङ गरेको सर्फेस ट्याबको मूल्य ३० प्रतिशत घटाइएको हो। केही दिन अघिसम्म ४९९ अमेरिकी डलर मूल्य रहेको सर्फेस आरटी ट्याब अब ३४९ डलरमा झरेको छ। चर्को प्रतिस्पर्धा सामु आफ्ना उत्पादनको बजार कायम राख्न माइक्रोसफ्टले ट्याबको मूल्य घटाएको हो।

सर्फेस आरटी ट्याबको मूल्य घटाए पनि माइक्रोसफ्टले सर्फेस प्रोको मूल्य भने घटाएको छैन। विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनीले गत वर्ष पर्सनल कम्प्युटरको विकल्प सहितको सर्फेस ट्याबलाई बजारमा ल्याएको थियो।

अम्याजनले किन्डेल एचडी ट्याबको मूल्यमा घटाइसकेको छ। किन्डेल एचडीको मूल्य अमेरिकामा १६९ डलरमा झरेको छ भने वेलायतमा २३९ पाउन्ड तोकिएको छ। अम्याजनले किन्डेल एचडीलाई २९९ डलरसम्ममा बेचेको थियो।

ब्यारेन्स एण्ड नोबलको ट्याब नुकको मूल्यमा पनि गिरावट आएको छ। रिलिज समयमा २४९ अमेरिकी डलर मूल्य रहेको नुक ट्याब अहिले १२९ डलरमा झरेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center