हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

सामसङले ल्यायो टच स्क्रिन स्लिम ल्यापटप

सामसङले केही दिनअघि लण्डनमा सार्वजनिक गरेको एटिभ बुक ९ लाइट ल्यापटपको बजार मूल्य सार्वजनिक गरेको छ। दुई हप्तापछि बजारमा उपलब्ध हुने बुक ९ लाइट ल्यापटपको मूल्य म्याकबुक एयर ११ इञ्चभन्दा २ सय डलर कम राखेको छ। सामसङले यो अल्ट्राबुकलाई प्लाष्टिकसँगै फ्यान्सी मेटल बडीमा उपलब्ध गराएको छ। अमेरिकी भर्सनको बजार मूल्य अमेरिकी डलर ७९९ तोकिएको बुक ९ लाइटका ल्यापटपहरु अहिलेलाई कालो र सेतो रंगमा मात्र उपलब्ध हुनेछन्।

कस्तो छ एटिभ बुक ९ लाइटरु ?

बुक ९ लाइटमा ४ जिबी र्‍याम, १२८ जिबी एसएसडी तथा १३६६×७६८ पिक्सेलको टच स्क्रिन छ। सामसङ ल्यापटको सबैभन्दा महत्वपूर्ण पक्ष यसको एमडी क्युड कोर प्रोसेसर हो। उच्च ग्राफिक्स क्षमताको क्युड कोर ३ महिना अघि मात्र रिलिज भएको प्रोसेसर हो। एएमडी क्युड कोर १ दशमलव ४ गिगाहर्जसम्म रन हुनसक्छ। साइडसिङ्क सफ्टवेयर रहेको यो ल्यापटपमा समसङ ग्यालेक्सी फोन प्रयोगकर्ताले सहजै डाटा सेयरिङ गर्न सक्छन्।

यसमा सरोकार राख्नुपर्ने अर्को पक्ष ब्याट्री लाइफको हो। एएमडीका अघिल्ला जेनेरसनभन्दा इन्टेल प्रोसेर सिस्टमसँग आवद्ध ब्याट्रीकै लाइफ ल्यापटपमा निकै लामो पाइएको थियो। लण्डनमा सार्वजनिक भएको एटिभ बुक ९ लाइटको ब्याट्री क्षमतालाई हेर्ने हो भने त्यो औसतभन्दा कम छ। सामान्य ब्याट्री आयु ५ घण्टासम्म हुन सक्ने दाबी कम्पनीको छ। तर २८ जुलाईदेखि बजारमा उपलब्ध हुने सामसङ ल्यापटलाई ब्याट्रीको पक्षले धक्का दिन सक्ने देखिन्छ।

झट्ट हेर्दा एटिभ बुक ९ लाइट यसअघिको बुक नाइन प्लस जस्तै डिजाइनमा आएको छ। दुवै १३ इञ्चाका हुन् दुवै ुफोल्डेड म्यागेजिन स्टाइलुमा आएका छन्। लाइटको फरक भनेको यसको मेटल बडी मात्रै हो। डिजाइन हेर्दा यो बजेट ल्यापटपभन्दा महँगो जस्तो देखिन्छ। सिल्की सेतो प्लास्टिक मोडल सामसङ ग्यालेक्सी ट्याब्स जस्तै निकै तिलस्मी छ। यो मेटल बडीभन्दा जोखिमपूर्ण नै देखिन्छ। त्यसैले सामसङ बुक ९ लाइटका प्रयोगकर्ताले यात्राका समयमा सावधानीपूर्वक ब्यागमा सुरक्षित गर्नैपर्ने हुन्छ। १७ एमएम चेप्टो यो ल्यापटपको तौल डेढ केजी पनि छैन। १।४४ केजीको यो ल्यापटप बोक्दा त्यति धेरै भारी अनुभव हुँदैन।

एटिभ बुक लाइटमा पनि १३ इञ्चको टच स्क्रिन छ। अन्य फङ्सनमा माइक्रोसफ्टको सर्फेस प्रो झै लाग्ने यो डिभाइसले टच स्क्रिन रेजेलुसनका कारण भने उपभोक्तालाई निरास पार्नेछ। १३६६×७६८ पिक्सेलको टच स्क्रिन अब्बल छैन। विन्डोज ८ भर्सन रहेको ल्यापटपका प्रयोगकर्ता सफ्टवेयर अपग्रेड गर्न तयार भएर बसे हुन्छ। माइक्रोसफ्टले छिटै नै विन्डोज ८ लाई अपग्रेड गर्दैछ। यो ल्यापटप किन्दा अपग्रेड सुविधा निःशुल्क हुने समसङले जनाएको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center