हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

वैज्ञानिकले बनाए पिसाबबाट चल्ने मोबाइल फोन

लोडसेडिङका कारण मोबाइल चार्ज गर्न नपाउँदा ब्याट्री चार्ज सकिएर मोबाइल बन्द हुने अवस्था आएको पीडा हामी धेरैले भोगेका छौँ । तर अब भविष्यमा बिजुली आएन, मोबाइल स्विच अफ भयो भनेर चिन्ता लिनु नपर्ने भएको छ ।
अब मोबाइल फोन बोक्नेले आफ्नै पिसाबबाट मोबाइल चार्ज गर्न पाउनेछन् । बेलायतको बि्रस्टोल रोबोटिक्स ल्याबोरेटरीका वैज्ञानिकहरुले पिसाबबाट विजुली निकाल्ने प्रविधिको विकाश गरेको र विश्वकै पहिलो पिसाबबाट चल्ने मोबाइल फोन (माइक्रोबियल फ्युल सेल्स पावर्ड मोबाइल फोन) को आविष्कार गरेको दाबी गरेका हुन् ।
1
पिसाबबाट चल्ने मोबाइल फोन भन्ने कुरा झ्वाट्ट सुन्दा जो कोहीले सुरुमा घिनले नाक थुन्ने भएपनि खेर जाने तथा फोहोर वस्तुबाट उर्जा निकालेर मोबाइल फोन चलाउने विषय गौरवको विषय रहेको वैज्ञानिकहरुको भनाइ छ ।
यो पछिल्लो आविष्कारको समाचार बेलायतको रोयल सोसाइटी अफ केमेस्ट्री जर्नलमा छापिएको छ ।
पिसाबबाट चल्ने मोबाइल फोनको आविष्कार गर्ने टोलीका एक सदस्य समेत रहेका बेलायतको वेष्ट इंगल्याण्ड विश्वविद्यालयका प्राध्यापक डाक्टर इयोआनिस लेरोपलस जो विभिन्न अनौठा श्रोतबाट उर्जा निकाल्ने विषयमा नाम कहलिएका छन्, उनले यो मोबाइल फोन पिसाबबाट चल्ने विश्वको पहिलो मोबाइल फोन भएको दाबी गरेका छन् । अहिलेसम्म कसैले पनि पिसाबबाट उर्जा निकाल्ने विधि पत्ता नलगाएकाले आफुहरुको आविष्कार निकै उत्साहजनक आविष्कार रहेको उनको भनाइ छ ।
2
‘ कहिल्यैपनि अभाव नहुने र सधै आपूर्ति सुचारु हुने कुरामा हामी आफु ढुक्क बन्नसक्ने चिज भनेको हाम्रो पिसाब नै हो, उनी भन्छन्, यस्तो विस्वसनीय श्रोतबाट उर्जा निकाल्न सक्नु सबैभन्दा खुसीको कुरा हो ।’
माइक्रोबियल फ्युल कोषका संरचनामा पिसाबलाई राख्दा त्यसबाट उर्जा उत्पन्न भएको र उक्त विद्युतिय उर्जाले सामसुङको मोबाइल चार्ज गरिएको उनले बताएका छन् । यसरी उत्पादन गरिएको उर्जाले मोबाइल पर्याप्त चार्ज गर्न पुग्ने र यसरी चार्ज गरिएको मोबाइलबाट कुराकानी गर्न, एसएमएस गर्न तथा इन्टरनेट चलाउन पनि पुग्ने उनले बताएका छन् । यद्यपि मोबाइलमा लामो समयसम्म कुराकानी गर्नलाई भने एकपटकको चार्जले पुग्दैन । पिसाबबाटै मोबाइलको ब्याट्रीलाई फुल चार्ज गर्न कसरी सकिन्छ भन्ने विषयमा अनुसन्धान भैरहेको शोधकर्ता डाक्टर लेरोपलसको भनाइ छ । पिसाबबाट उर्जा निकाल्न प्रयोग गरिने माइक्रोबियल फ्युल सेल भनेका वास्तवमा एक प्रकारका उर्जा परिवर्तक हुन् जसले सुक्ष्म जिवको सहायताले अर्गानिक वस्तुलाई सिधै विद्युत शक्तिमा परिवर्तन गर्छन् ।
3

भविष्यमा यस्तो प्रविधिलाई ट्वाइलेटमै जडान गर्न सकिने र ट्वाइलेटबाटै उर्जा निकाल्न सकिने सम्भावना रहेको शोधकर्ता बताउँछन् । यसका लागि अमेरिका र दक्षिण अफि्रकाका शोधकर्ताहरुसँग सहकार्य हुन लागेको उनीहरुले जानकारी गराएका छन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center