हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, July 20, 2013

प्रतिस्पर्धामा रिजनल ब्राण्ड, स्पाइसले भित्रायो नयाँ स्मार्टफोन

नेपाली स्मार्टफोन बजार कब्जा गर्ने अभियानमा लागेका रिजनल ब्राण्डबीच पछिल्लो समय तिब्र प्रतिस्पर्धा बढेको छ । कम भन्दा कम मूल्यमा बढी भन्दा बढी फिचर भएका स्मार्टफोन बजारमा ल्याउने प्रतिस्पर्धा रिजनल ब्राण्डका मोबाइल कम्पनीमा चलिरहेको छ । रिजनल ब्राण्डका स्मार्टफोन नेपाली मध्यमवर्गीय उपभोक्ताको रोजाइमा समेत पर्न सफल भएका छन् । यहि क्रममा स्पाइसले नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ ।
भारतीय मोबाइल कम्पनी स्पाइसको ‘एमआई-४५०’ र ‘एमआई-४२२’ मोडेल नेपाल बजारमा भित्रिएका हुन् । स्पाइस मोबाइलको नेपालका लागि आधिकारीक बिक्रेता टेलिटक प्रालिले नयाँ मोडेलका स्मार्टफोन नेपाली बजारमा भित्राएको हो । स्पाइसका नयाँ स्मार्टफोनले कार्बन, माइक्रोम्याक्स, लाभा, विङकमलगाएत रिजनल ब्राण्डका टुजी स्मार्टफोनसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
एमआई-४५०
दूई सीम प्रयोग गर्न मिल्ने यो स्मार्टफोनले टुजी नेटवर्क सर्पोट गर्छ । ४.५ इञ्भ ठूलो टचस्त्रिन रहेको यस स्मार्टफोनमा ३.५ एमएमको अडियो ज्याक प्रयोग गर्न मिल्छ । स्मार्टफोनको ब्याक साइडमा एलइडी फ्लाससहितको ३.१५ मेगापिक्सल क्यामेरा रहेको छ भने फ्रन्ट साइडमा १.३ मेगापिक्सेल क्यामेरा रहेको छ ।
Spice-Mi-502
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा एफएम, एचटिएमएल, एमपीफोर, एमपीथ्री, युट्यूव, गुगल सर्च, म्याप लगाएतका सुविधाहरु रहेका छन् ।
एमआई-४२२
एन्ड्रोइड ओएस ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिष्टम रहेको यस स्मार्टफोनमा १ गिगाहर्ज प्रोसेसर रहेको छ । दुई सीम प्रयोग गर्न मिल्ने यसमा ४ इञ्चको टचस्त्रिन रहेको छ । ३.२ मेगापिक्सेल क्यामेरा, ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने, १३०० एमएएच क्षमताको ब्याटि्र, ब्लुटुथ, एमपिथ्री, एमपिफोर लगाएतका सुविधाहरु यस स्मार्टफोनमा रहेका छन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center