हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, July 17, 2013

आइफोनले एयरहोस्टेजको ज्यान लियो

आइफोन प्रयोगकर्ता एक चिनियाँ युवतीको मोबाइल डिभाइस चार्ज गर्ने क्रममा मृत्यु भएको छ। आइफोन ५ प्रयोगकर्ता एयरहोस्टेज मा आइलुयिनको चीनको उत्तरपूर्वी सहर सिजियाङमा मृत्यु भएको हो। चर्ज गरिरहेको अवस्थामा आइफोन ५ बाट करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ। ुहामी सूक्ष्यम रुपमा छानवीन गर्दैछौुं, एप्पलले एक विज्ञप्तिमा भनेको छ( ुयस विषयमा अनुसन्धान गर्ने निकायलाई हामी सक्दो सघाउनेछौं।ु समाचार संस्था सिन्ह्वाका अनुसार आइफोन फाइभ चार्ज गर्ने क्रममा २३ वर्षिया मा आइलुयिनको करेन्ट लागेर मृत्यु भएको थियो। आगामी अगस्ट ८ मा उनी वैवाहिक बन्धनमा बाँधिदै थिइन्।


उनकी दिदीले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा स्ट्याटस अपडेट गर्दै चिनिया साउर्दन एयरलाइन्सकी एयरहोस्टेज बहिनीको मृत्यु पुष्टि गरेकी थिइन्।

ु९मलाई० आशा छ एप्पलले हामीलाई यसको कारण खुलाउनेछ। मलाई यो पनि आशा छ मोबाइल चार्ज गरिरहँदा तपाइँहरुले कुराकानी गर्नुहुने छैनु, उनको यो सन्देशलाई केही छिनमै ३ हजार जनाले रिपोष्ट गरेका थिए।

एप्पलले आइलियनको मृत्युप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ। ुहामी यो विषयमा अनुसन्धान गर्न चिनिया प्रशासनलाई पूर्ण रुपमा सहयोग गर्नेछौुं, एप्पलले भनेको छ।

आइलियनले गत डिसेम्बरमा आइफोन ५ किनेकी थिइन। ओरिजिनल चार्जरबाट चार्ज गर्दा नै करेन्ट लागेर मृत्यु भएको उनकी दिदीले बताएकी छन्।

यो घटनाले एप्पलको ठूलो बजार चीनमा नकारात्मक प्रभाव पर्नसक्ने बताइएको छ। जनवरीदेखि मार्चसम्मको ३ महिनामा मात्रै चीनमा ८।८ बिलियन अमेरिकी डलरको आइफोन बिक्री भएको थियो।


आइलियन विवाह निश्चित भइसकेका युवकसँग। ८ अगस्टलाई विवाह तोकिएको थियो।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center