हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 14, 2013

अब घडीबाटै चेक गर्नुहोस् इमेल

तपाईलाई स्मार्ट घडी लगाउने शोख छरु सोनीको स्मार्ट घडीले तपाईंलाई अझै स्मार्ट बनाइदिन्छ। यो नयाँ ुस्मार्ट वाच २ु सोनीको स्मार्ट सिरिजको अपग्रेडेड भर्सन हो। यो नयाँ घडीमा केही गजब फीचर्स रहेका छन्। घडीको स्क्रीन पहिलाको तुलनामा ठूलो र डिस्प्ले चम्किलो रहेको छ।

यसको डिस्प्ले रेज्यूलोशन २२० ह १७६ पिक्सल छ। यसको ब्राइटनेस प्रविधिको कारण घाममा पनि डिस्प्ले राम्रोसँग हेर्न सकिन्छ। घडीमा प्रयोग गरिएको ब्याट्रीले लामो समयसम्म ब्याकप दिने दिनेछ। यसमा इनबिल्ड एनएफसी प्रविधि रहेको छ जसको माध्यमबाट अर्को घडीसँग कनेक्सन मिलाउन सकिन्छ।

वाटर प्रुफ क्वालिटीको यो घडीबाट फोन पनि गर्न सकिन्छ भने डाउनलोडेड इमेल पनि पढ्न सकिन्छ। घडीको एन्ड्रोइड स्मार्टफोन सिरिजसँग पनि सजिलै जोड्न सकिन्छ। यो घडी सेप्टेम्बर सम्ममा बजारमा आउने बताइएको छ। स्मार्ट घडी १५० डलरमा उपलब्ध हुनेछ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center