हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 17, 2013

भदौ १९ बाट क्यान सफ्टेक

काठमाडौं ( कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान०ले भदौ १९ देखि २२ गतेसम्म क्यान सफ्टेक २०१३ आयोजना गर्ने भएको छ।  सन् २००७ बाट सुरु भएको सफ्टेकको छैटौं संस्करण राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको क्यानले जनाएको छ । नेपाल जस्तो मुलुकमा सफ्टवेयर, सोलुसन र सर्भिसेस ९सेवा०को विकास र विस्तार गर्न यस्ता कार्यक्रम आवश्यक भएको महसुस गरी वर्षैपिच्छे कार्यक्रम सञ्चालन गर्दै आएको र छैटौं संस्करणमा विगतमा भन्दा थप विशेषता हुने क्यानले जनाएको छ।
   
विश्वविख्यात स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एन्ड सोलुसन्स र कम्युनिकेसनसम्बन्धी कम्पनीले भाग लिने क्यान सफ्टेक २०१३ को टाइटल स्पोन्सर सुबिसु केवलनेट प्रालि छ। मेलामा १ सय १६ वटा स्टल रहने आयोजकले जनाएको छ। हालसम्म सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयर र सेवासम्बन्धी क्षेत्रमा, इन्टरनेट सेवा, केबल तथा डिस टेलिभिजनसम्बन्धी सेवा गरी ९० प्रतिशत स्टल बुक भइसकेको आयोजकले जानकारी दिएको छ। मेलामा सोलुसनको क्षेत्रमा सेक्युरिटी, वायरलेस, प्रिन्टिङ, पावर र विभिन्न एप्लिकेसनसहितका ट्याब्लेटसँग सम्बन्धित स्टल रहनेछन्। साथै कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यसपालिदेखि स्मार्ट मोबाइल र ल्यापटपसहितका स्टल थप गरिएको क्यान महासचिव अमृतकुमार पन्तले बताए।
गत वर्षको क्यान सफ्टेकमा ४५ हजार अवलोकनकर्ता आएकामा यसपटक १ लाख हाराहारी पुग्ने आयोजकको अनुमान छ। सफ्टेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ। टिकट अनलाइनबाट पनि लिन सकिने व्यवस्था गरेको क्यानका अध्यक्ष इन्जिनियर विनोद ढकालले बताए।
सफ्टेकमा के छन् अफररु
सुबिसुले मेलामा इन्टरनेट, आइपी ट्रान्जिट, डाटा सेन्टर सोलुसन्स् र केबल टेलिभिजनको प्याकेजमा विषेश छुट दिने तयारी गरेको छ। त्यस्तै क्यान सफ्टेक २०१३ मार्फत म्यानेज्ड भिडियो प्रेजेन्स र म्यानेज्ड होस्टिङ सेवासमेत सुरु गर्दैछ। डिसहोमले दसैअघि नै एचडी तथा एक्सक्लुसिभ च्यानल वितरण र मल्टी टिभी अफरअर्न्तगत एकै घरमा एउटाभन्दा बढी टेलिभिजनमा डिस होमको सेवा जडान गरी टिभी हेर्न मिल्ने सुविधा सुरु गर्ने जनाएको छ। त्यस्तै ब्रेनडिजिट आइटी सोलुसन्स्ले आफूले तयार गरेको डट नेट सिएमएस सेजफ्रेमको प्रयोग गरी नयाँ वेबसाइट बनाउने तथा वेबसाइटको कन्टेन्ट सहज व्यवस्थापनसम्बन्धी तरिका प्रदर्शन तथा सोसम्बन्धी जानकारी प्रदान गर्नेछ। फोन पे प्रालिले सफ्टेकमा आफ्नो नयाँ प्रडक्ट क्यास अन एड सुरु गर्ने तयारी गरेको छ। त्यस्तै नेक्स्ट जेनेरेसन टेक्नोलोजीले क्लाउड सर्भिलेन्स सेवा सुरु गर्नेछ।
त्यस्तै वेब सर्फरले ५१२ केबिपिएसको वायरलेस इन्टरनेट ४ सय ९५ रुपैयाँमा र अन्य इन्टरनेट प्याकेजसमेत विशेष छुटमा उपलब्ध गराउने योजना बनाएको छ। त्यस्तै मिदास एजुकेसनले एन्ड्रोइड बेस्ड इ–क्लास र अनलाइन इ–क्लास सुरु गर्ने जनाएको छ। भायनेट कम्युनिकेसनले ६ हजार ९ सय ९९ रुपैयाँमा १ एमबिपिएसको फाइबर टु होम इन्टरनेट सेवा तीनमहिनाको लागि उपलब्ध गराउनुका साथै जडान शुल्कमा ३० प्रतिशत छुट दिने तयारी गरेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center