हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, August 11, 2013

सामसङका दुई ग्याजेट अमेरिकामा प्रतिवन्ध

वासिंगटन ( संयुक्त राज्य अमेरिकाको युएस इन्टरनेसनल ट्रेड कमिसन ९आइटिसी०ले एप्पलको पेटेन्ट अनधिकृत रुपमा प्रयोग गरिएका सामसङ मोबाइल फोन र ट्याब्लेटमाथि प्रतिबन्ध लगाएको छ।


सामसङले एप्पलको मल्टिटच विशेषता र हेडफोन ज्याक पहिचान विधि अनधिकृत रुपमा आफ्ना उपकरणमा प्रयोग गरेको निष्कर्षमा आइटिसी पुगेको हो। यो फैसला गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने मोबाइल निर्माता सामसङको लागि ठूलो धक्का हो भने एप्पलको हकमा जित। एप्पलले गरेको अरु चारवटा पेटेन्ट दाबी भने आइटिसीले खारेज गरेको छ।
ुआइटिसीले एप्पल पेटेन्टमा आधारित दुई उपकरणमा प्रतिबन्ध लगाएकोमा हामी दुःखी छौं,ु सामसङले आइटिसीको फैसलापछि जारी गरेको विज्ञप्तिमा भनेको छ, ुस्मार्टफोन उद्योगको प्राथमिकता कानुनी लडाइँ होइन, बरु बजारमा स्वस्थ प्रतिस्पर्धा हो।ु
एप्पलले उक्त निर्णयको स्वागत गरेको छ। ुआजको निर्णयसँगै आइटिसीले जापान, कोरिया, जर्मनी, नेदरल्यान्डस र क्यालिफोर्नियाको अदालतसँगै नविनताको पंक्तिमा उभिएर सामसुङको खुलेआम चोरीलाई अस्वीकार गरेको छ,ु एप्पलले भनेको छ।
आइटिसीले प्रतिबन्धित सामसङ मोबाइल सेट र ट्याब्लेट अबको ६० दिनसम्म भने अमेरिकी बजारमा आयात र बिक्री गर्न सकिने स्पष्ट पारेको छ। उक्त अवधिमा राष्ट्रपति ओबामाले विशेषाधिकार ९भिटो० प्रयोग गरी आइटिसीको निर्णय खारेज गर्न सक्छन्।
यसअघि अमेरिकी कम्पनी एप्पल दोषी ठहरिएको यस्तै खाले मुद्दामा आइटिसीले गरेको फैसला ओबामा प्रशासनले खारेज गरिदिएको थियो। सो मुद्दामा एप्पलले सामसङको पेटेन्ट चोरेको ठहर गर्दै आइटिसीले एप्पलको आइफोन र आइप्याडको पुरानो मोडलमाथि प्रतिबन्ध लगाएको थियो। तर, ओबामाले ३ अगस्टमा प्रतिबन्धले अमेरिकी अर्थतन्त्रको प्रतिस्पर्धी अवस्थामा नकारात्मक असर पर्ने जिकिर गर्दै भिटोमार्फत आइटिसीको आदेश खारेज गरेका थिए। आइटिसीको निर्णयमा राष्ट्रपतिले हस्तक्षेप गरेको सन् १९८७ यता यो पहिलो घटना थियो।
ओमाबाले आइटिसीको निर्णय सदर गरेको खण्डमा सामसङले त्यसविरुद्ध अपिल गर्न नसके पनि आफ्नो पेटेन्ट अधिकारका लागि अदालतको ढोका ढक्ढकाउन सक्ने अमेरिकी वाणिज्य प्रतिनिधि मिचेल फ्रोम्यान बताउँछन्। ुसंसारका अन्य मुलुकभन्दा फरक संयुक्त राज्य अमेरिकाले पेटेन्ट हकदारलाई अनधिकृत रुपमा त्यसको प्रयोग गर्ने प्रतिस्पर्धीबाट प्रशासनिक निकाय र अदालत दुवैबाट राहत दिन्छ,ु अमेरिकी थिंकट्यांक काटो इन्स्टिच्युटका वाणिज्य नीति विश्लेषक विलियम वाट्सनले भने।
विवादित दुई पेटेन्ट
आइटिसीको पछिल्लो आदेश दुईवटा पेटेन्टमा लागू हुन्छ। पहिलो एप्पल संस्थापक स्टिभ जब्सको नामबाट न्वारन गरिएको पेटेन्ट हो, जसमा टचस्त्र्किन प्रविधि पर्छ। अर्को पेटेन्ट मोबाइल उपकरणको अडियो सकेट ९हेडफोन० सँग सम्बन्धित छ।
बौद्धिक सम्पत्ति विश्लेषक फ्लोरियन मुल्लर पछिल्लो फैसलालाई एप्पलको महत्त्वपूर्ण जित ठान्छन्। उनले बीबीसीसँग भनेका छन्, ुखासगरी प्रसिद्ध स्टिभ जब्स पेटेन्ट आकर्षक प्रारम्भिक पेटेन्ट हो।ु
एप्पल र सामसङबीच सन् २०१० देखि पेटेन्ट लडाईं जारी छ। यो लडाइँ सामसङले गतवर्ष एप्पललाई उछिनेर संसारकै ठूलो स्मार्टफोन बिक्रेता बनेपछि झन् चर्केको हो। सामसङले एप्पलका ग्राहकलाई आफूतिर तानेको छ।
शुक्रबारै वासिंगटनमा संघीय पुनरावेदन अदालतका एकजना न्यायाधीशले यिनै दुई कम्पनीबीचको अर्को छुट्टै पेटेन्ट मुद्दामा साक्षीको बयान लिएका छन्। उक्त मुद्दामा पेटेन्ट चोरीबापत सामसङले १ अर्ब अमेरिकी डलर एप्पललाई तिर्नुपर्ने फैसला अमेरिकी अदालतबाट भएको थियो। पछि जरिवाना ४५ करोड अमेरिकी डलरमा झारिएपछि एप्पल पुनरावेदनमा गएको हो। सो मुद्दामा अदालतबाट फैसला आउन बाँकी छ।
पछिल्लो समय मोबाइल प्रविधिमा यी दुई निर्माताबीच चर्को प्रतिस्पर्धा छ। स्मार्टफोन उत्पादन गर्ने यी दुई कम्पनी अर्बौं अमेरिकी डलरको बजारमा आफ्ना उपकरणको लोकप्रियता बढ्दै जाँदा पेटेन्ट युद्धमा होमिएका हुन्। उच्च प्रविधिमा आधारित स्मार्टफोनमा सयौं पेटेन्ट समावेश छन्।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center