हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 14, 2013

थ्रिजी इन्टरनेटमा आक्रमक सुधार

पछिल्लो समय फेसबुक, ट्विटरलगायतका समाजिक सञ्जालमा नेपाल टेलिकमको मोबाइल र इन्टरनेट सेवाको गुणस्तरमा आएको सुधारबारे खुलेरै चर्चा हुन थालेको छ। सबैले नेपाल टेलिकमको मोबाइलमा आवाज प्रस्ट सुनिने, जिपिआरएस र थ्रिजीमा पहिलेको भन्दा अत्यधिक तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा अपलोड र डाउनलोड गर्न, कुनै पनि वेबसाइट ब्राउज गर्न, युट्युबमा भिडियो हेर्न सकिएको प्रतिक्रिया दिइरहेका छन्।

सामजिक सञ्जालमा मात्रै होइन, युवाहरुको जमघट हुने प्रायः सबै ठाउँमा नेपाल टेलिकमको मोबाइल इन्टरनेटको गतिमा आएको तीवैताकै चर्चा चलिरहेको पाइन्छ। कुनै बेला ुझुरसञ्चारु को संज्ञा पाइसकेको देशकै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकको सेवा अब वास्तविक रुपमा दूरसञ्चारले दिने जस्तै भएको सबैले भन्न थालेका छन्।

मोबाइल सेवाको क्यापासिटी, कभरेज र क्वालिटी ९क्षमता, पहुँच र गुणस्तर० बढाउने योजनासहित टेलिकमले राजधानीमा नयाँ बिटिएस ९बेस ट्रान्सिभर स्टेसन० जडान र ुफ्रिक्वेन्सी अप्टिमाइजेसनु गर्न सुरु गरेपछि यसका ग्राहकले मोबाइल र इन्टरनेट सेवामा गुणस्तर बढेको अनुभव गरेका हुन्। नयाँ बिटिएस जडानसँगै प्रतिस्पर्धी मूल्यमै गुणस्तरीय सेवा लिन चाहने टेलिकमका सेवाग्राही खुसी बनेका हुन्। जिपिआरएस ९टुजी० अर्थात ुजनरल प्याकेट रेडियो सर्भिसुपछि तीव्र गतिमा चल्ने तेस्रो पुस्ताको ुथ्रिजीु सेवा आरम्भ गरेको भए पनि नामको तुलनामा थ्रिजी सेवा प्रभावकारी नभएपछि टेलिकमको मोबाइल र डाटा सेवाबारे आम सर्वसाधारणले व्यापक गुनासो गर्दै आएका थिए।

टेलिकमले भने पुराना उपकरण र नेटवर्कका कारण मोबाइल र इन्टरनेटको गुणस्तर प्रतिस्पर्धी बनाउन नसकिएको भन्दै नयाँ व्यावसायिक रणनीतिमा पुरानो नेटवर्क विस्थापन गरी नयाँ उपकरणसहितको नेटवर्क विस्तारमा जोड दिएको हो।

नयाँ नेटवर्क प्रयोगमा आएलगत्तै टेलिकमको मोबाइल र डाटा सेवामा उल्लेख्य सुधार आइसकेको यसका प्रयोगकर्ताले प्रतिक्रिया दिइसकेका छन्।

टेलिकमले साउन ९ गतेदेखि पुरानो नेटवर्कको ठाउँमा नयाँ राख्न सुरु गरेको हो । काम सम्पन्न भइसकेको क्षेत्रमा त्यसको प्रभाव परिसकेको छ । उसले हालसम्म एक सय २४ टावरमा नयाँ नेटवर्कका ुटुजीु र ुथ्रिजीु बिटिएस जडान गरिसकेको छ । दसैंअघिसम्म उपत्यकाका सबै स्थानमा नयाँ बिटिएस जडान कार्य सम्पन्न गर्ने टेलिकमको लक्ष्य छ । जडान सम्पन्न भएपछि उपत्यकाको मोबाइल र मोबाइल इन्टरनेटको गुणस्तरमा व्यापक सुधार हुनेछ । टेलिकमले आगामी वर्षको मार्चसम्ममा पोखरामा समेत नयाँ विटिएस जडान गर्ने योजना बनाएको छ ।

टेलिकमले सन् २००७ मा प्रयोग गरेका चिनियाँ कम्पनी जेडटिईका उपकरणको ठाउँमा नयाँ कम्पनी हुवावेका उपकरण राख्न थालेको हो। टेलिकमको एक करोड नयाँ जिएसएम ९ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन० मोबाइल लाइन जडान गर्ने योजनाको ठेक्का हुवावेले पाएको थियो ।

उसले सबैभन्दा धेरै मोबाइल प्रयोगकर्ता भएको काठमाडौंमा थ्रिजी ग्राहकको संख्या तीव्र गतिमा बढाउने रणनीतिअनुसार डाटा सेवाको क्षमता र गुणस्तर वृद्धि पहिलो चरणमा सुरु गरेको हो। टेलिकमले काठमाडौंमा मात्रै करिब २० लाख थ्रिजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने र केही महिनाभित्रै काठमाडौंमा करिब पाँच लाख ग्राहक पु¥याउने योजना बनाएको छ।

हाल चत्रपथभित्रका टेलिकमका २ सय ६५ टावरमा नयाँ बिटिएस जडान भइरहेको टेलिकमका मोबाइल सेवा निर्देशनालय निर्देशक सुरेन्द्रप्रसाद थिकेले बताए। पुरानो नेटवर्क र टावर विस्थापनसँगै नयाँ बिटिएसले कम ऊर्जा खपत गर्ने, व्याकअप धेरैबेर टिक्ने र टावरको कभरेज पनि लामै दूरीसम्म पुग्ने बताइएको छ। दोस्रो चरणमा चत्रपथबाहिरसमेत गरी उपत्यकाका सबै पाँच सय टावरमा नयाँ बिटिएस जडान गरिने र यी सबैबाट १९ लाख थ्रिजी प्रयोगकर्तालाई तीव्र गतिको इन्टरनेट सेवा दिन सकिने उनले दाबी गरे।

टेलिकमले मोबाइल र डाटा सेवाको गुणस्तर अभिवृद्धि योजना पूर्णरुपमा सफल भएपछि आफ्नो नेटवर्कका थ्रिजी सेवा प्रयोगकर्ताको संख्या उल्लेख्य बढ्ने अनुमान गरेको छ। प्रयोगकर्तासँगै यो सेवा बिक्रीबाट हुने आम्दानी पनि हालको तुलनामा तीन गुणासम्म बढ्ने थिकेले बताए।

टेलिकमले यसअघिको जेडटिई नेटवर्कका ७३ बिटिएसमार्फत एक लाख ४० हजार थ्रिजी प्रयोगकर्तालाई सेवा उपलब्ध गराएको थियो। टेलिकमका थ्रिजी प्रयोगकर्ताको संख्या हाल १ लाख ३० हजार हाराहारी छ । यसअघिको जेडटिई नेटवर्कमा ७३ बिटिएसमार्फत एक लाख ४० हजार थ्रिजी प्रयोगकर्तालाई सेवा दिने क्षमता थियो।

थपिएका बिटिएसले पाँच लाख ग्राहकलाई थ्रिजी सेवा प्रदान गर्ने क्षमता राख्ने थिकेले बताए । ुहालसम्म नयाँ उपकरण जडान भइसेकका ठाउँमा तीव्र गति इन्टरनेटको अनुभूति प्रयोगकर्ताले गरिसकेका छन्,ु निर्देशक थिकेले भने।

कम्पनीले काठमाडौं उपत्यका र पश्चिमाञ्चलमा मात्रै ४८ लाख जिएसएम लाइन विस्तारको सम्पूर्ण उपकरण जडान गर्ने तथा पुराना बिटिएसको सट्टामा नयाँ जडान गरी सेवा वितरण सुरु गर्ने वार्षिक योजनाअनुसार पहिलो चरणमा उपत्यकामा सेवा विस्तार र नयाँ उपकरण जडान सुरु गरेको हो। उपत्यकापछि पूर्वाञ्चल, मध्यमाञ्चल ९काठमाडौं उपत्यकाबाहेक०, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ५२ लाख लाइन विस्तार गर्न मुख्य उपकरण जडान गर्ने तथा पुराना बिटिएसका ठाउँमा नयाँ जडान गरी सञ्चालन गर्नेछ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center