हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 14, 2013

माइक्रोम्याक्सले भित्रायो ‘क्यानभास-४’

भारतीय ब्राण्ड माइक्रोम्याक्सको नयाँ स्मार्टफोन ‘क्यानभास-४’ नेपाली बजारमा भित्रिएको छ । ‘क्यानभास-४’ माइक्रोम्याक्सको क्यानभास सिरिजमा सुधारिएको स्मार्टफोन हो । माइक्रोम्याक्सको नेपालका लागी आधिकारिक बिक्रेता मुरारका अर्गनाइजेशनले उक्त स्मार्टफोन नेपाली बजारमा भित्राएको हो ।
‘क्यानभास-४’ मा पछाडी १३ मेगापिक्सेल एलइडी क्यामेरा रहेको छ भने अगाडी ५ मेगापिक्सेल क्यामेरा रहेको छ । यस स्मार्टफोनबाट फेस डिटेक्सन गरि उच्च गुणस्तरको भिडियो र फोटो खिच्न सकिन्छ ।
Micromax-Canvas-4
‘क्यानभास-४’ स्मार्टफोन आँखाको गतिबाट चल्ने स्मार्टफोन हो । यसमा भिडियो हेरिरहेका बेलामा आँखा स्त्रिmन बाहिर लगे भिडियो अटोमेटिक रोकिन्छ भने आँखा स्त्रिmनमा ल्याएपछि भिडियो आफै चल्न थाल्छ । यसभन्दा अगाडी सामसुङले आँखाको गतिबाट चल्ने स्मार्टफोन ‘सामसुङ एसफोर’ बजारमा ल्याएको थियो ।
‘क्यानभास-४’ मा एउटा भिडियो हेर्दा-हेर्दै त्यसलाई पज नगरि अर्को भिडियो हेर्न मिल्ने कम्पनीले जनाएको छ । यसमा ५ इञ्चको एचडी स्त्रिmन रहेको छ । जस्ले गर्दा उच्च क्वालिटीको भिडियो हेर्न सकिनेछ । १.२ गिगाहर्ज क्वार्ड कोर कोर्टेक्स प्रोसेसर रहेको ‘क्यानभास-४’ मा ४.२ ओएस जेलिबिन अपरेटिङ सिष्टम रहेको छ । यसमा दुई सीम प्रयोग गर्न मिल्नुका साथै हरेक समय थि्रजी कनेक्ट हुने कम्पनीको दाबि छ ।
‘क्यानभास-४’ मा १६ जीबी फ्लास मेमोरी रहेको छ भने आवश्यकताअनुसार ३२ जीबीसम्म मेमोरी विस्तार गर्न सकिने छ । स्मार्टफोन किन्दा फिल्प कभर सित्तैमा पाइने छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center