हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, August 10, 2013

दैनिक साढे १४ हजार नयाँ फोन, ६ हजार इन्टरनेट प्रयोगकर्ता

भन्दा बढी मानिसले नयाँ टेलिफाने लिने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनअनुसार नेपालमा दैनिक १४ हजार ६ सय १६ जनाले नयाँ टेलिफोन जोडिरहेका छन् । यो फिक्स्ड लाइन र मोवाइल दुवैखाले टेलिफोन जोड्नेको संख्या हो । प्राधिकरणले यस्तो प्रतिवेदन प्रत्येक महिना सर्वाजनिक गर्दै आएको छ ।
वैशाख महिनामा मात्र चार लाख ३८ हजार चारसय ८८ जनाले नयाँ टेलिफोन लिएका छन् । यो संख्यालाई ३० दिनको एक महिना मानेर हिसाव गर्दा दैनिक १४ हजार ६ सय १६ हुन आउँछ । अघिल्ला महिनाको तुलनामा वैशाखमा दैनिक नयाँ टेलिफोन लिनेको संख्या बढेको देखिन्छ । प्राधिकरणको प्रतिवेदनअनुसार चैत महिनामा चार लाख १६ हजार ६ सय ६५ जनाले नयाँ टेलिफोन जोडेका थिए । त्यसबेलाको तथ्यांक विश्लेषण गर्दा दैनिक १३ हजार आठसय ८८ जना नयाँ उपभोक्ता थपिएको देखिन्छ ।
इन्टरनेटमा दैनिक साढे ६ हजार
टेलिफोन चलाउने मात्र होइन इन्टरनेट चलाउने नयाँ ग्राहकको संख्या पनि दैनिक करिब साढे ६ हजारको दरमा थपिने गरेको छ ।
प्राधिकरणको प्रतिवेदनअनुसार हाल नेपालमा दैनिक ६ हजार तीन सय ८० जनाले इन्टरनेट एक्टिभ गर्ने गरेका छन् । त्यसमध्येमा सबैभन्दा धेरै मोवाइलमा इन्टरनेट चलाउने रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
वैशाख महिनामा मात्र नेपालमा एकलाख ९१ हजार चारसय २० इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । थपिएका इन्टरनेट प्रयोगकर्तामध्ये एक लाख ७५ हजार २८ ग्राहक मोबाइलमा इन्टरनेट प्रयोग गर्नेछन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center