हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Tuesday, August 6, 2013

टेलिकमको थि्रजी सेवामा चमत्कारिक सुधार

NTC२२ साउन, काठमाडौं । राजधानीमा नेपाल टेलिकमको जिएसएम थि्रजी इन्टरनेट सेवामा चमत्कारिक सुधार आएको छ । टेलिकमले थि्रजीका पुराना बिटिएस परिवर्तन गरी त्यसका ठाउँमा नयाँ बिटिएस प्रतिस्थापन गरेपछि थि्रजी सेवामा चमत्कारिक सुधार आएको हो । अहिले बिटिएस प्रतिस्थापन गरेका स्थानहरुमा थि्रजी इन्टरनेट सेवा निकै फास्ट चल्न थालेको छ ।
गुणस्तरिय सेवा दिन नसकेर सधै आलोचना खेप्दै आएको टेलिकमले पछिल्लो समय सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेको छ । राजधानीमा २ सय ६५ बिटिएस परिवर्तन गर्ने कार्यक्रम रहेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले बताउनुभयो । करिव २ हप्ता अगाडीदेखि बिटिएस परिवर्तन गर्न थालेको टेलिकमले अहिलेसम्म विभिन्न स्थानमा ७० वटा परिवर्तन गरिसकेको उहाँको भनाई छ । कीर्तिपुरबाट बिटिएस परिवर्तन गर्न सुरु गरेको टेकिमले पाटन, स्विचाटार, कोटेश्वर, कुमारीपाटी, सानेपा, नक्साल, बानेश्वर लगाएतका ठाउँमा बिटिएस परिवर्तन गरिसकेको छ ।
बिटिएस परिवर्तन गर्ने काम सकिएपछि राजधानीमा थि्रजी सेवामा ठूलो सुधार आउने टेलिकमका इञ्जिनियर निर्मल घिमिरले बताउनुभयो । अत्यन्त न्यून गतिमा सञ्चालन भइरहेको थि्रजी इन्टरनेट सेवा बिटिएस परिवर्तन गरेपछि ८ एमबिपिएसको उच्च गतिसम्म चल्न सक्ने टेलिकमको दाबि छ । टेलिकमले राजधानीमा बिटिएस फेर्ने कास सिध्याएपछि पोखरामा सुरु गर्ने बताएको छ ।
मोबाइलमा थि्रजी इन्टरनेट उच्च गतिमा चल्न थालेपछि राजधानीबासी दङ्ग पर्न थालेका छन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center