हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 8, 2013

''अनलाइनबाट राहदानी आवेदनका लागि गृहकार्य वैदेशिक रोजगारीमा रहेकालाई सजिलो''

''परराष्ट्र मन्त्रालयले राहदानी आवेदन अनलाइनबाट गर्न मिल्ने गरी गृहकार्य सुरु गर्ने भएको छ । यसले वैदेशिक रोजगारीमा रहकै बेला राहदानीको म्याद सकिएका नेपालीलाई राहत पुग्ने छ ।''
सरकारले बजेटमार्फत नेपालको ७५ जिल्ला र विदेशस्थित ३२ कुटनीतिक नियोगबाट अनलाइनबाटै राहदानीका लागि आवेदन गर्न सक्ने ब्यबस्थाका लागि सैद्धान्तिक सहमति दिएपछि मन्त्रालय र राहदानी विभागले गृहकार्य सुरु गर्ने भएको हो । ‘अनलाइनबाट आवेदन गर्न सक्ने ब्यबस्था भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि छिटो राहदानी पाउने छन्,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने, ‘यसबाट दुर्गम क्षेत्रका स्वदेशी नागरिक पनि लाभाविन्त हुनेछन् ।’''

अनलाइनबाट राहदानी आवदेन गर्न मिल्ने प्रणाली विकासका लागि भने बजेटमा रकमको ब्यबस्था गरिएको छैन । तर, सरकारले चाहे त्यसका लागि आवश्यक रकम जुनसुकै बेला जुटाउन सक्ने मन्त्रालयको विश्वास छ । अहिले राहदानीको म्याद सकिएको वैदेशिक रोजगारीमा रहेका नेपालीले सम्बन्धित देशको नेपाली दुतावासमा फारम भरेर बुझाउनु पर्छ । दुतावासले ‘डिप्लोम्याटिक मेल’ (कुटनीतिज्ञका लागि ब्यबस्था गरिएको एक प्रकारको हुलाक सेवा जसमा भएका सामाग्रीलाई कसैले जाँच्न वा खानतलासी गर्न मिल्दैन) बाट राहदानीको आवेदन विभागमा पठाउँछ । त्यसपछि विभागले राहदानी बनाएर पुनः डिप्लोमेटिक मेलमार्फत राहदानी सम्बन्धित देशको नेपाली दुतावासमा पठाउँछ । यसो गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीले राहदानी पाउन ३ महिनासम्म कुर्नुपर्छ ।''
त्यस्तै नेपालका ७५ जिल्लाको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आवेदन फारम संकलन हुन्छ । ती आवेदन फारम हुलाकमार्फत विभाग आइपुग्छ । यो प्रक्रियामा पनि सर्वसाधारणले राहदानी पाउन ठाउँ हेरेर ३ महिनासम्म कुर्नु पर्छ । स्वदेश तथा विदेशबाट आएका राहदानी फारममा त्रुटी भए त्यस्ता फारम फिर्ता पठाइन्छ । त्यसले सेवाग्राही थप समस्यामा छन् ।
विभागले अनलाइनबाट राहदानी आवेदन गर्न पाउने ब्यबस्था भएपछि सेवाग्राहीलाई सजिलो हुने बताएको छ । ‘राहदानी आवेदन फारम भर्नसाथ अनलाइन उपलब्ध हुन्छ,’ महानिर्देशक खनालले भने, ‘त्यसबाट आवेदन हुलाक वा डिप्लोम्याटिक मेलबाट पठाउूदा लाग्ने समय बचत हुन्छ ।’ 'अनलाइनबाट आवेदन गर्न मिल्ने ब्यबस्था स्वदेश र विदेशमा चरणबद्ध रुपमा हुनसक्ने विभागका अधिकारीहरू बताउूछन् । तर विभागले कहिलेदेखि अनलाइनबाट आवेदन गर्न सकिन्छ भन्ने बारेमा स्पष्ट गरेको छैन ।'
राहदानीका लागि खासगरि क्यानडा र अमेरिकामा रहेका नेपाली अत्याधिक समस्यामा छन् । राहदानी आवेदनका लागि ‘ए फोर साइज’ को फारम भर्नुपर्छ । तर अमेरिकामा ‘ए फोर साइज’ को पेपर प्रयोगमा छैन । ‘अमेरिका र क्यानडामा लेटर साइजको कागज प्रयोग हुन्छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर हाम्रो राहदानी बनाउने उपकरणले लेटर साइजमा भरेको फारम चिन्दैन ।’ उनले राहदानी अमेरिकास्थित नेपाली नियोग र नेपालीका लागि टाउको दुःखाइको विषय बनेको बताए । ‘हामीले नियोग कार्यालयमै ए फोर साइजको कागजमा फारम पि्रन्ट गरि हुलाकमार्फत सम्बन्धित आवेदकलाई फारम पठाउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि सेवाग्राहीले फारमवापत मात्र थप करिब ४० अमेरिकी डलर (करिब ३ हजार ९ सय रुपैयाँ) आर्थिक भार वहन गर्नुपर्छ भने फारम वितरणकै लागि दुई जना कर्मचारी खट्नुपर्छ ।’
हाल राहदानी निर्माण गर्ने जिम्मेवारी पाएको फ्रान्सेली कम्पनी ओवर्थर टेक्नोलोजिजले भने राहदानी बनाउने उपकरणमा ‘कस्टमाइज्ड सफ्टवयर’ भएका कारण ‘लेटर साइज’ कागजमा तत्काल आवेदन फारम लिन नसक्ने विभागलाई जनाउूदै आएको छ । उसले नेपाल सरकारकै निर्णय अनुसार ए फोर साइजमा मात्र आवेदन लिन मिल्ने गरि सफ्टवयर बनाइएको र त्यसलाई परिवर्तन गर्न समय र पैसा लाग्ने पनि विभागलाई जनाउूदै आएको छ ।' अनलाइनबाट आवदेन फारम भर्न मिल्ने ब्यबस्था भएपछि अमेरिका र क्यानडाका नागरिकले राहत पाउने विभागको विश्वास छ । तर अनलाइन आवेदनका लागि दुतावासमै पुग्नुपर्ने अबस्था भए त्यसबाट दुतावासबाट धेरै टाढा रहेका नेपालीहरु थप आर्थिक भारमा पर्नेछन् ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center