हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, August 8, 2013

इन्टरनेटको क्षमता बढाउने एनसेलको तयारी

२४ साउन, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले डाटा सेवाको क्षमता वृद्धि गरी दोब्बर पुर्‍याउने भएको छ । अन्य कम्पनीका डाटा सेवासँग प्रतिस्पर्धा गर्न एनसेलले क्षमता वृद्धि गर्ने भएको हो । हाल ३.६ एमबिपिएस स्पिडको डाटा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले स्पिड बढाएर ७.२ एबिपिएस पुर्‍याउने भएको छ ।
डाटा सेवा प्रदायक कम्पनीहरुबीच प्रतिस्पर्धा बढ्दै जान थालेपछि एनसेलले गुणस्तर र क्षमता वृद्धिमा केन्दि्रत भएको हो । ‘हामीले छिट्टै्र डाटा सेवाको स्पिड बढाउने तयारीमा छौं’ कम्पनीका प्रवक्ता मिलनमणि शर्माले भन्नुभयो- ‘स्पिड बढाएपछि एनसेलको डाटामा ग्राहकहरुको क्रेज झनै बढ्नेछ ।’
एनसेलको डाटा सेवाको स्पिड उच्च भएका कारण प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको प्रवक्ता शर्माले बताउनुभयो । पछिल्लो समय नेपाल टेलिकमले नयाँ बिटिएस प्रणाली राखेर जिपिआरएस सेवाको स्पिड बढाउन थालेपछि एनसेललाई प्रतिस्पर्धामा उत्रिन डाटा सेवाको स्पिड बढाउनुपर्ने नैतिक दबाब परेको छ ।
एनसेलको सेवा राम्रो भएपनि शुल्क महंगो रहेको सर्वसाधरणको गुनासो रहँदै आएको छ । तर, प्रवक्ता शर्मा भने एनसेलको भोल्यूम बेस्ड डाटा सेवाको शुल्क निकै न्यून रहेको बताउनुहुन्छ । १० जीबीको प्याकेज लिँदा ग्राहकलाई प्रति एमबी ट्याक्सबाहेक २९ रुपैयाँमात्र पर्ने उहाँले जानकारी दिनुभयो । ग्राहकले एनसेलको १० जीबीको प्याकेजलाई २९ सय रुपैयाँ तिर्नुपर्छ ।
प्याकेज नलिई लुजमा चलाउने ग्राहकलाई भने एनसेलको प्रतिएमबी डाटालाई ट्याक्सबाहेक ३ रुपैयाँसम्मपर्छ । शर्माले ग्राहकहरुलाई प्याकेजमा सेवा लिन सुझाव दिनुभयो । गुणस्तर सुधारलाई मूख्य प्राथमिकतामा राखेको एनसेलले विस्तारै शुल्क समेत घटाउने तयारीमा रहेको छ । नेपालीहरु गुणस्तरमात्र नहेरी शुल्कलाई समेत हेर्ने हुँदा एनसेललाई शुल्क घटाउन पनि बाध्यता पर्ने देखिन्छ ।
‘अहिले एनसेलको टावरले ९० प्रतिशत जनसंख्यालाई कभर गर्छ’ प्रवक्ता शर्माले भन्नुभयो- ‘हामी छिट्टै शत् प्रतिशत जनसंख्यालाई कभर गर्नेगरि सेवा विस्तार गर्दै छौं ।’ उहाँका अनुसार थोरै जनसंख्या भएको र जडान खर्च बढी लाग्ने ठाउँमा अहिले एनसेलको नेटवर्क उपलब्ध छैन ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center