हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, August 7, 2013

आइ‌ओएस सभेन


 क्यालिफोर्निया—आइफोन र आइप्याडका प्रयोगकर्ताले खोजेको 'परिवर्तन' एप्पलले साकार पारिदिएको छ। अपरेटिङ सिस्टम सफ्टवेयर आइओएस सेभेन सार्वजनिक गर्दै एप्पलले प्रतिद्वन्द्वी गुगल एन्ड्रोइडभन्दा आफूलाई डिजाइन र स्टाइलमा 'स्मार्ट' सावितगर्ने प्रयास गरेको छ।
पूर्व अमेरिकी उपराष्ट्रपति अल गोरले 'कि नोट' दिएको वर्ल्डवाइड डेलपर्स कन्फरेन्समा आइओएस सेभेन सार्वजनिक गर्दै एप्पल सिइओ टिम कुकले भने, 'कन्फरेन्सको सबैभन्दा ठूलो खबर नै आइओएस सेभेन हो।' नयाँ अपरेटिङ सिस्टमलाई मिडियाकर्मीसामु परिचय गराउँदै उनले थपे, 'आइफोन फाइभपछि एप्पलले आइओएसमा गरेको सबैभन्दा ठूलो छलाङ नै आइओएस सेभेन हो।'
डिजाइन र स्टाइलमा ख्यातिप्राप्त एप्पलका लागि यो सफ्टवेयरको रिडिजाइन आर्किटेक्ट जोनी आइभीले गरेका हुन्। आइओएस सेभेनको फन्ट साइज पहिलेभन्दा स्लिम छ। एप्पलले भनेको छ, 'अब बबल टेक्स मेसेजलाई बाइबाई गर्ने बेला भएको छ। यो नयाँ डिजाइनले तपाईंलाई हरेकपल साथ दिनेछ।'

एप्पलको साख उँभो लगाउन सक्ने खास के छ आइओएस सेभेनमा?

'तपाईंले आफ्नो आइफोनमा आइओएस सेभेन इन्सटल गर्नु भनेको नयाँ फोन किन्नुजस्तै हो। पुरानै फोन सेटमा तपाईंले नयाँपन पाउनुहुनेछ,' एप्पलको दाबी छ। यसका फिचरहरू मनै हर्ने किसिमले डिजाइन गरिएका छन्। डिजाइनमात्र होइन थप कुरामा पनि आइओएस सेभेन अपडेट गरिएका छन्। सेक्युरिटी सिस्टम अपडेट गर्नुका साथै धेरै प्रयोग हुने फिचरहरूको सर्टकर्ट तयार पारिएको छ। थप विशेषतासहितको 'मल्टिटास्किङ फङ्सन' पनि आइओएस सेभेनका प्रयोगकर्ताले अनुभव गर्न पाउँछन्।

कन्ट्रोल सेन्टर

आइओएस सेभेनमा अपनाइएका नयाँ फिचरमध्ये यो एक हो। कन्ट्रोल सेन्टरमार्फत् एरोप्लेन मोड, फ्लास लाइट, स्त्रि्कन ब्राइटनेस र अन्य फिचर नियन्त्रण गर्न सकिनेछ। यसका लागि तपाईंले तलबाट स्वाइप गरे पुग्छ। एयर ड्रप, म्युजिक प्ले, एयर प्ले तथा क्विक एक्सेस क्यामेरा यसका महŒवपूर्ण फिचर हुन्।

नोटिफिकेसन सेन्टर

आइओएस सेभेनमा परिमार्जित नोटिफिकेसन सेन्टर चलाउनको लागि माथिबाट स्वाइप गर्नुपर्नेछ। तीन वटा ट्याब देखाउन सक्ने सेन्टरले तपाईंका सबै अलर्ट, कल तथा मेसेजलाई 'टू डे' फिचरभित्र समेट्नेछ। बर्थ डे रिमाइन्डरदेखि मौसम रिपोर्टसम्म यसमा छन्।

आइट्युन्स रेडियो

आइट्युन्स रेडियोले आइओएस सेभेनभित्र तपाईंलाई नौलो आयामसहित इन्टरनेट रेडियो उपलब्ध गराउनेछ। रेडियोमा तीन तरिकाले सांगीतिक आनन्द लिन सकिनेछ। तपाईं आइट्युन्स म्याचको ग्राहक हुनुहुन्छ भने विज्ञापनविनै सांगीतिक आनन्द लिने, छुट्टै रेडियो स्टेसन क्रिएट गर्ने, आइट्युन्सबाट गीत खरिद गर्न सक्ने र हिस्ट्री सेक्सनबाट आफूले सुनेका पुराना गीत दोहोर्याएएर सुन्न सक्ने सुविधा पाइन्छ। यो फिचर आइओएस सेभेनमा म्युजिक एपमार्फत्, पिसी र म्याकमा आइट्युन्स र एप्पल टिभीमार्फत् आइओएस अपरेटिङ सिस्टम भएका डिभाइसमा उपलब्ध हुनेछ। अहिले यो सुविधा अमेरिकी प्रयोगकर्तालाई मात्र दिइएको छ।

मल्टिटास्किङ

आइओएस सेभेनेले मल्टिटास्किङको पूरै रूपरेखा बदलेको छ। होम बटन डबल ट्याब गर्नासाथ तपाईंले खोलेका एपका सबै फिचर आउनेछ। सक्रिय एपलाई स्क्रोल गर्नेबित्तिकै माथितिर स्वाइप गरेर त्यसलाई बन्द गर्न सकिनेछ। मल्टिटास्किङमा स्मार्ट फिचर थप गरिएको छ। बारम्बार प्रयोग हुने एप लगइन गर्नासाथ स्वतः काम गर्न थाल्नेछन्। जस्तैः बिहान नौ बजे फेसबुक चलाउने गरेको भए नौ बज्नासाथ फेसबुक एप एक्टिभ हुन्छ।

सिरी

एसियन उच्चारण रहेको सिरी आइओएसको पर्सनल असिस्टेन्ट एप्लिकेसन हो। यसलाई आइओएस सेभेन भर्सनमा परिमार्जन गरिएको छ। रिमाइन्डरलगायत सुविधा दिँदै आएको सिरीले अब भोइस मेकओभर पनि गर्नेछ। यसको 'फिमेल भर्सन'चाहिँ कम रोबटिक सुनिन्छ। तर प्रयोगकर्ताले 'मेल' सिरी पनि छान्न सक्नेछन्। एप्पलले जर्मन र फ्रेन्च भाषालाई लक्षित गर्दै छिट्टै परिमार्जित सिरी ल्याउन लागेको छ।

थ्री बी ब्राउजर

आइओएस सेभेनको ब्राउजिङ सफारीमा तपाईंले तीन 'बी' अनुभव गर्न सक्नुहुनेछ– बिगर, बेटर र ब्युटिफुल। युनाइफाइड युआरएल बार तथा सर्चका लागि परिमार्जिज ब्राउजर अब्बल छ। ब्राउजिङ ट्याब लचकदार बनाइएको छ। खोलेको ट्याबलाई स्क्रोल गर्न पनि सक्नुहुनेछ भने माथितिर स्वाइप गरेर यसलाई बन्द गर्न सक्नुहुनेछ। ब्राउजरले वेबसाइट र सर्च गर्न प्रयोग गरेका शब्दलाई अटो सजेस्ट गर्नेछ। यसमा भएको सेयरलिंकले ट्वीटर टाइमलाइनमा भएका सबै युआएलको सूची देखाउँछ।

क्यामेरा र फोटो

एप्पलले आइओएस सेभेनमा क्यामेरा र फोटो व्यवस्थित गर्न एपका लागि धेरै काम गरेको छ। इन्स्टाग्रामको जस्तै पानारोमा तथा स्क्वायर फोटोको लागि अलग बटन व्यवस्थित गरिएका छन्। आइओएस सेभेनले एकै समयमा खिचेका फोटोलाई कलेक्सन वा अलग फोल्डरमा व्यवस्थित गरिदिन्छ। आइ क्लाउड प्रयोग गरी आइओएस सेभेनमार्फत् तपाईंले साथीहरूको कलेक्सनमा पनि फोटो एड गर्न सक्नुहुनेछ। यसमा फिल्टर गर्ने नयाँ सुविधा पनि थपिएको छ।

इन कार ड्यासबोर्ड

आइओएसको महत्वपूर्ण लक्षित समूह कार चालक पनि हुन्। सन् २०१४ सम्म बीएमडब्लुजस्ता कारमा यो उपलब्ध हुनेछ। 'इन कार ड्यासबोर्ड' मा आइओएस इन्टरफेसलाई एडप्ट गर्न सक्ने क्षमता छ। यसले ड्राइभ गरिरहेका बेला पनि सुरक्षित रूपमा फोन गर्न, मन परेको संगीत सुन्न, मेसेज पठाउन र प्राप्त गर्नका साथै बाटोको दिशा पत्ता लगाउन सघाउनेछ।

वेदर एप

याहूले हालै एप्पल डिजाइन अवार्ड जित्नेगरी फिल्कर इनहान्स्ड आइओएस एप रिलिज गरेपछि एप्पललाई आइओएस नयाँ भर्सनमा सुधार गर्न जरुरी थियो। त्यसैले आइओएस सेभेनको वेदर एपमा एप्पलले निकै मेहनत गरेको छ। अझ एनिमेटेड बनाइएको वेदर एपकोे ट्याबमा जुन सहरको नाउँ राख्नुहुनेछ त्यहाँको मौसमी विवरण सजिलै पाउनुहुनेछ।

आइओएस सेभेनले आइफोन फोर, फोर एस, आइफोन फाइभ साथै फिफ्त जेन आइपड टच, आइप्याड टु, फोर्थ जेन आइप्याड र आइप्याड मिनीमा काम गर्नेछ। यो साता आधिकारिक रूपमा सार्वजनिक गरेको भए पनि प्रयोगकर्तासम्म आइपुग्न शिशिर ऋतु पर्खनुपर्नेछ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center