हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 4, 2013

स्मार्ट बन्नका लागि स्मार्ट फोन

म स्मार्ट हुनका लागि स्मार्टफोनको प्रयोग गर्छु।ु ट्विटरको टाइमलाइनमा गरिएको प्रश्नमा काठमाडौंकी समीक्षा निरौलाले स्मार्टफोनबाटै ट्विट गरिन्। सुरुमा जिस्किदै ट्वीट गरेकी निरौलाले पछी गम्भीर हुँदै भनिन्, ुविशेषगरी मेरो पढाईलाई स्मार्ट फोनको प्रयोगले निकै सहज बनाएको छ।ु केही कुराको जानकारी लिनका लागि उनी सिधै आफ्नो सामसङ ग्यालेक्सी ग्रान्डमा गुगल गरिहाल्छिन्। भर्खर प्लस टु सिध्याएकी निरौला फोनलाई कुनै ल्यापटप भन्दा कम सम्भ्किनन्।

इन्टरनेटको माध्यममा धेरैभन्दा धेरै एप्स चलाउनको लागि सजिलै जहाँपनि लैजान मिल्ने र चाहिएका बेला संसारको सबै जानकारी प्राप्त हुने भएकाले स्मार्ट फोनले उनलाई थप स्मार्ट बनाएको उनको अनुभव छ।
स्मार्टफोनले थप स्मार्ट बनाएको कुरामा पाल्पाका विजय नेपाल पनि सहमत छन्। सोनी एक्सपेरिया सिरिजको फोन बोक्ने उनी भन्छन्, ुस्मार्टफोनमा धेरै एप्स चलाउन पाइन्छ। धेरै जानकारी पाइन्छ।ु सजिलै इमेल चेक गर्न, गीत सुन्न, समाजिक सञ्जालमा भावना व्यक्त गर्न, साथीहरुसँग जोडिरहन उनलाई स्मार्ट फोनले निकै सहयोग गरेको छ। ुअहिले त जता गयो उतै वाइफाई सुविधा छ ु उनले भने ुत्यसैले पनि भाइबर, ह्वाट्सअपजस्ता एप्सबाट साथीभाई सँग मेसेज आदानप्रदान गर्न पनि सजिलो भएको छ। ु
स्मार्टफोन उच्च रिजुलोसनको टचस्त्र्किन भएका आधुनिक मोबाइल फोन हुन्। यसमा वाइफाइ र मोबाइल ब्रोडब्यान्डद्वारा उच्च गतिमा इन्टरनेट चलाउन सकिन्छ। साथै स्मार्टफोनको अपरेटिङ सिस्टमका आधारमा मोबाइल एप्लिकेसन ९एप्स० बजारबाट चाहिने एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। नेपाली बजारमा गुगलको एन्ड्रोइड, एप्पलको आइओएस, नोकियाको सिम्बियन, माइक्रोसफ्टको विन्डोज फोन र रिमको ब्ल्याकबेरी अपरेटिङ सिस्टमका फोन धेरै प्रचलित छन्। ब्रान्डमा भने एप्पलको आइफोन, नोकिया, सामसङ, सोनी, एलजी, मोटोरोला, ब्ल्याकबेरीजस्ता ब्रान्डेड फोन र भारतमा उत्पादन हुने स्पाइस, कलर्स, कार्बन, म्याक्रोम्याक्स, लाभालगायतका स्मार्टफोन बजारमा किन्न पाइन्छ। यसबाहेक चिनियाँ स्मार्टफोनहरु पनि नेपाली बजारमा छ्यापछ्याप्ती भेटिन्छन्। बजारमा १० हजार देखि १ लाख रुपैयाँसम्म पर्ने स्मार्ट फोनहरु पाइन्छ।
ुस्मार्टफोनको सबैभन्दा ठूलो फाइदा भनेको एप्स हो।ु बल्खुुकी अदिती शर्मा भन्छिन्, ुआफूलाई चाहिएको एप्स इन्स्टल गर्‍यो। आफूलाई कहिलेकाहिँ मात्र चाहिने एप्स पनि चाहिदाँसम्म राख्यो अनि हटायो।ु सामसङ ग्यालेक्सी एस डुअस बोक्ने उनको मोबाइलमा फेसबुकमा च्याट गर्न फेसबुक मेसेन्जर, ट्विटर चलाउन ट्विटडेक, अंग्रेजी डिक्सनेरी, नेपाली पात्रो, भाइवर, फोटो अपलोड गर्न इन्स्टाग्राम, बार कोड स्क्यानरलगायतका एप्स छन्।
बसुन्धाराका इश्वर काफ्ले पनि सोसल मिडियामा ट्विटर, इन्स्टाग्राम चलाउन र गेम खेल्न स्मार्टफोन प्रयोग गर्ने गरेको बताउँछन्। ुअपरझट परेका बेला मोबाइलबाट इमेल चेक गर्न पठाउन सजिलो हुन्छ,ु उनी भन्छन् स्मार्ट फोनको एडिक्सन छुट्टै छु। मोबाइल फोटोग्राफीमा विशेष रुचि भएका उनलाई स्मार्ट फोनले झट्ट फोटो खिचेर इन्सटाग्राम र ट्विटरमा सेयर गर्न सजिलो बनाइदिएको छ। उनी सामसङ एस डुअसको स्मार्टफोन प्रयोग गर्छन्।
बेलायतमा बस्दै आएका काठमाडौं बैद्धका ङवाङ योन्तेन ग्यात्सोको स्मार्ट फोन प्रयोग भने अन्यको भन्दा भिन्न छ। उनले इमेल आदानप्रदान र संसारका विभिन्न जानकारी प्राप्त गर्नका लागि आइफोनको प्रयोग गर्छन्। ुकार्यालय प्रयोजनका लागि बढी प्रयोग हुन्छ। ुसामाजिक सञ्जालको प्रयोग गरी साथीहरुसँग कुराकानी गर्न र विशेष गरी नेपालको खबर पढ्नका लागि सधैं प्रयोग गर्छु ु उनले भने। बैंकिङलगायत अन्य जानकारी प्राप्त गर्नका लागि पनि स्मार्टफोन प्रयोग गर्ने गरेको उनले बताए। आइफोन फाइभ प्रयोग गर्दै आएका उनी सामाजिक कार्यमा समेत सक्रिय छन्। ग्यास्तोले विभिन्न सामाजिक कार्य गर्दा स्मार्ट फोनले सहयोग पुर्‍याएको बताउँछन्।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center