हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Sunday, November 17, 2013

फेसबुक छोड्न थाले किशोर-किशोरीले

फेसबुक नेटवर्कमा सबैभन्दा बढी जनसंख्या टिनएजर्स ९किशोर—किशोरी० को छ। भनिन्छ नि किशोरावस्थामा छिन्मै प्रेमपर्छ छिनमै छुट्टिन्छ। टिनएजर्सले विश्वको सबैभन्दा ठूलो सोसल साइटलाई ुबाइबाइु भन्न थालेका छन्। कस्तो छिटो १ टिनएजर्स निस्क्रिय हुन थालेकोप्रति फेसबुकका प्रमुख वित्तिय अधिकृत डेभिड इर्बसाम चिन्तित छन्। ुवास्तवमै टिनएजर्स दिनानु दिन घट्दै गएको अनुभव हामीले गरेका छौुं, इर्बसामले स्वीकार गरेका छन्। यसलाई बजार अनुसन्धान संस्था ग्लोबल वेब इन्डेक्सले पनि पुष्टि गरेको छ।
२०१३ को अप्रिल यता प्रयोगकर्ताको संख्या विश्लेषण गर्दा अमेरिकी इन्टरनेट कम्पनी साँच्चिकै गम्भीर हुनु पर्ने स्थितिमा पुगेको छ। ३० देशका टिनएचर्सले फेसबुकिङमा कम चासो दिन थालेको रिपोर्टले देखाएको छ। वर्षको पहिलो चार महिनामा सक्रिय टिनएजर्सको प्रतिशत ७६ रहेकोमा दोस्रो चौमासिकमा घटेर ५६ प्रतिशतमा झरेको छ। फेसबुकले लाइक गर्नेलाई मात्र सक्रिय प्रयोगकर्ता मान्दैन। स्ट्याट्स लेख्ने, कमेन्ट गर्ने, फोटो— भिडियो अपलोड गर्ने, ट्याग गर्ने, कमेन्ट रिप्लाइ गर्ने टिनएजर्समा कमी आएको हो।

सबैभन्दा बढी नेरल्यान्डका टिनएजर्सले फेसबुकिङ छाडेका छन्। त्यहाँ फेसबुकमा सक्रिय हुने टिनएजर्समा ५२ प्रतिशतले गिरावट आएको छ। फेसबुक मुख्यालय रहेको अमेरिकामा १६ प्रतिशतले यस्तो गिरावट आएको छ। आखिर फेसबुक छोडेर किशोर किशोरी कता जाँदैछन् रु वीच्याट जस्ता मोबाइल च्याट एवं फोटो सेयरिङ एपहरु स्नापच्याट र इन्स्टाग्राममा उनीहरु भुल्न थालेका छन्।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center