हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Saturday, September 7, 2013

लेनोभोले ल्यायो नयाँ स्मार्टफोन र ट्याबलेट

भाद्र २२, लेनोभो कम्पनीले बिभिन्न नयाँ प्रडक्टहरू बजारमा ल्याएको छ ।  जसमा स्मार्टफोन, ट्याबलेट र ल्यापटप रहेका छन  ।  
Lenovo-Vibe-X
लेनोभोले ल्याएको नयाँ स्मार्टफोन Lenovo Vibe X स्मार्टफोन पनि एक हो । यसमा 1080×1920 पिक्सेल्स रेज्यूलूशन र 440 पीपीआई (पिक्सल/इन्च) का साथमा 5 इन्चको फुल एचडी डिस्प्ले रहेको छ । यसको बडी पोलिकार्बोनेटको रहेको बताइएको छ । यसमा 1.5 गीगाहर्त्ज क्वाड-कोर मीडियाटेक प्रोसेसर, 2 जीबीको र्याम र 16 जीबीको इन्टरनल स्टोरेज रहेको बताइएको छ । यो फोन एन्ड्रोइड जेली बीन 4.2 मा रन हुन्छ । यसमा 13 मेगापिक्सेल्सको मेन क्यामरा रहेको छ भने 5 मेगापिक्सेल्स को फ्रन्ट क्यामरा रहेको छ । यसमा 2000mAh को ब्याट्री रहेको छ । 121 ग्राम तौल भएको यो डिभाइसको मोटाई 6.9 मिलीमीटर रहेको छ ।
त्यसैगरि कम्पनीले एक ट्याबलेट पनि लन्च गरेको छ । Lenovo S5000 नामको ट्याबलेटमा लेनोभोले 1280×800 पिक्सल्स रेज्यूलूशन भएको 7 इन्चको डिस्प्ले राखेको छ । यसमा 1.2 गीगाहर्त्ज क्वाड-कोर मीडियाटेक प्रोसेसर रहेको छ । यसमा मेन क्यामरा 5 मेगापिक्सेल्सको रहेको छ भने फ्रन्ट क्यामरा 1.6 मेगापिक्सेल्स को रहेको छ । यो ट्याबलेट एन्ड्रोइड 4.2 जेली बीनमा नै चल्दछ । यसमा 3450mAh को ब्याटरी रहेको छ । यसमा 16 जीबी इन्टरनल स्टोरेज क्यापासिटी रहेको छ । 246 ग्रामको यस ट्याबलेटको मोटाइ 7.9 मिलीमीटर रहेको कम्पनीले जनाएको छ ।

लेनोभोले ल्यायो नयाँ स्मार्टफोन र ट्याबलेट

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center