हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, September 4, 2013

सामसुङले ल्यायो ग्यालेक्सी नोट 3

भाद्र २०, सामसुङ कम्पनीने नयाँ नोट ग्यालेक्सी 3 ल्याएको छ । यो नोट ग्यलेक्सी नोट 2 को तुलनामा स्क्रीनको साइज भने ठुलो रहेको छ साथै यो केही पातलो पनि छ ।note3
 नोट 2 को 5.3 इन्चको स्क्रीन को तुलनामा नोट 3 मा 5.7 इन्चको स्क्रीन रहेको छ । एलटीई (4जी) भर्जनमा 2.3 गीगाहर्त्ज क्वाड-कोर प्रोसेसर रहेको छ । जबकि 3जी भर्जन मा 1.9 गीगाहर्त्ज अक्टाकोर प्रोसेसर रहेको छ ।
8.3 मिलीमीटर पातलो यस फ्याबलेटमा 3 जीबीक र्याम राखिएको छ भने 13 मेगापिक्सेल्सको क्यामरा रहेको छ । सामसुङले यसले 4K रेज्यूलूशन भएको भिडियो पनि  शूट गर्न सक्ने दावी गरेको छ ।  यो फ्याबलेट 168 ग्राम रहेको छ ।
 सामसुङका अनुसार उसले नोट 3 मा मल्टिटास्किङलाइ पहिले भन्दा राम्रो बनाएको छ । यस फोनमा यसको ‘एस-पेन’ लाइ पनि अझै राम्रो बनाइएको छ । यसमा फ्लोटिङ मेन्यू जस्तै गरि काम गर्न मिल्ने ‘एयर कमाण्ड्स’ जस्ता नयाँ फीचरहरू देखिनेछन । यसको पछिल्लो भाग भने प्लास्टिकको रहेको छ, तर यो 3 रंगमा फक्स-लेदर फिनिशका साथ उपलब्ध हुनेछ । सामसुङका अनुसार आगामी २५ सेप्टेम्बरमा यो फ्याबलेट संसारका १४९ वटा देशहरूमा लञ्च गरिनेछ । अक्टोबर सम्म संसारभर पुर्याइनेछ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center