हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, September 5, 2013

सामसङ स्मार्टवाच कस्ता छन्? (फोटो फिचर)


माइक्रोसफ्ट, एप्पल र गुगललाई पछि पार्दै सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी गियर स्मार्टवाच बजारमा ल्याएको छ। पहिलो पटक बर्लिनको आइएफए टेक सोमा सामसङले स्मार्टघडीलाई पहिलो पटक आधिकारिक प्रदर्शनीमा राखेको छ। यी घडी २५ सप्टेम्बरदेखि बजारमा आउनेछन्।

स्मार्टफोनको दुनियामा सबैभन्दा राम्रो बिक्री बजार बनाउन सफल सामसङले स्मार्टवाचको बजार कस्तो बनाउँछ त्यो भने हेर्न बाँकी छ। तर उ आफ्ना प्रतिस्पर्धीहरुभन्दा अगाडि भएको छ।

यो घडीमा रंगीन स्क्रिन रहेको छ जसले बिभिन्न एलर्टसहरु देखाउन सक्छ। घडी भ्वाइस कलको लागि प्रयोग गर्न सकिने र एप्स पनि चलाउन सकिनेछ। सामसुङले स्मार्टवाचको दौडमा माइक्रोसफ्ट, एप्पल र गुगललाई पछाडि पारेको हो। उसले यो घडीलाई ुफेसन आइकनु भनेको छ।

स्मार्टफोनको बिक्रीको गतिमा कमी आउन थालेपछि बहुराष्ट्रिय प्रविधि उत्पादकलाई प्रयोगकर्ता माझ नयाँ उत्पादन ल्याउने दवाब परिरहेको थियो। नयाँ उत्पादनले बजारलाई आकर्षित गर्ने सामसङको विश्वास छ। यो घडीले सामसुङको स्मार्टफोन वा ट्यावलेटको कनेक्सनमा रहेर मात्र काम गर्नेछ।

प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी डेविस मर्फी ग्रुपका मुख्य प्राविधिक विशेषज्ञ क्रिस ग्रीनले सामसङ स्मार्टफोन वा ट्यावलेटको कनेक्सनमा रहेर मात्र घडीले काम गर्ने हुँदा उपभोक्ता निराश हुन सक्ने बताएका छन्। ुमानिसले स्वतन्त्रपूर्वक काम गर्ने घडी चाहेका छन्ु उनले भने।

यसको तुलनामा सोनीको आउन लागेको स्मार्टवाच(२ ले कुनै कम्पनीको एन्ड्रोइड ४।० वा माथिको अपरेटिङ सिस्टम भएको फोनको कनेक्सनमा रहेर काम गर्न सक्छ। सामसुरुङले अन्य कम्पनीको उत्पादन बढाउन नचाहेर र आफ्नै संसार बनाउन चाहेर स्मार्टवाच सामसुरुङ मै कनेक्सन हुनु पर्ने सिस्टम बनाएको प्रविधि विश्लेसकहरुले बताएका छन्।

सामसुङको स्मार्टवाचको करिब ३ सय अमेरिकी डलर पर्ने बताइएको छ। यसको तुलनामा सोनीको घडी सस्तो छ।

यी दुई स्मार्टवाच बाहेक अर्नेट नामको एक नयाँ कम्पनीले समेत स्मार्टवाच बनाएको छ। जुन लगभग सामसुङकै मूल्यको रहेको छ। यसमा ३ जी सिमकार्ड राख्न सकिन्छ। यो घडी एउटा स्वतन्त्र यन्त्रको रुपमा काम गर्न सक्ने र यसबाट फोन पनी गर्न सकिन्छ।

यो घडीमा ४ सेन्टिमिटरको एलइडी डिस्प्ले, १।९ मेगापिक्सलको क्यामेरा, स्पिकर र माइक्रोफोन रहेको छ। घडीमा ४ जीबीको इन्टरनल मेमोरी छ भने ब्याट्री निकाल्न सकिँदैन। ब्याट्री तीन दिनसम्म चल्ने छ। घडीमा १० टाइम अप्सन र ७० एप्स उपलब्ध छन्।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center