हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, June 28, 2013

फोटोलाई तुरुन्तै भिडियो वनाउने एप्स – पिकोभिको

आफन्तको विवाह,पार्टीमाजादा धेरै फोटोहरु खिच्नुभएको छ,साथीभाईसगाको टुर (भ्रमण) मा त फोटो खिच्न छुटाउनुनै भएको छैनहोला । तपाईसंग धेरै फोटोहरु भईसके, सवैलाई सोसिएल साईटमा राख्नुछ, र आफ्ना आफन्त तथा साथीभाईलाई देखाउनु छ । व्यस्तताको वावजुत पनि  त्यति धेरै कामलाई छोटो समयमा सकाउनु छ भने तपाईको लागी पिकोभिको एप्स( www.picovico.com) वरदान सावित हुनसक्छ ।
मनिष मोदी र सुरज सुरज सापकोटाले धेरै मेहनत गरेर फोटालाई भिडियोमातुरुन्तै कन्भर्ट गर्न सकिने एप्सनिर्माण गरेका हुन् जसमा तपाईले फोटालाई भिडियोमा कन्भर्ट गर्न सकिन्छ । चाहे त्यो फेसबुकमा रहेका तस्विरहरु हुन् वा कम्प्युटरमा भएका तस्विरहरु नै त्यसमा ब्याकग्राउण्ड म्युजिक अनिवार्य हुन्छ ।

यो प्रविधी जानकी टेक्नोलोजीले विकास गरेको हो । सोसियल साईटमा राखिएको धेरै फोटा हेर्न निकै झन्झट र लामो समय लाग्ने हुादाएक क्लिकमै खिचिएको सम्पुर्ण फोटोहरु भिडियो मार्फत हेर्न र देखाउन सकियोस् भन्ने उदेश्यले यो एप्सको विकास गरिएको सफ्टवेयर निर्माण कम्पनी जानकी टेक्नोलोजीले जनाएको छ । पिकोभिको डटकमवाट कुनै एकलुक्समा मात्रनभएर मल्टि लुक्समा भिडियो वनाउन सकिन्छ । फोटालाई भिडियो वनाउन चारवटा चरण पुरा गर्नुवपर्ने हुन्छ । जसमा भिडियो स्टाईल,फोटो एवं म्युजिक छनोट र भिडियोको नामाकरण गर्न सकिनेछ । वनिसकेको भिडियोलाई फेसवुक या यूट्यव कुन फर्मेटमा राख्ने अनि पव्लिक वा प्राईभेट के गर्न चाहनुहुन्छ सो छनोटको सुविधाप्रयोग सकिने छ ।

पिकोभिको कुनै ट्रायल भर्सनमानभएर व्यवसायीक भईसकेको छ । मुभिमेकरवाट कुनै एक भिडियो वनाउन ३० मिनेट लाग्छ भने पिकोभिकोवाट १ मिनेटमै वनाउन सकिनेकम्पनीको दावी छ । यो प्रविधिलाई आईफोन, एण्ड्रोईड, विण्डोज, आईप्याड एप्समा पनि विकास गर्न लागिएको कम्पनीले जनाएको छ । हाल नेपाल र भारतमा वढी युजर रहेको यो एपलाई चिली सरकारले समेत रुचाएको छ ।
चिलि सरकारको सहयोगमा त्यहा प्रोजेक्ट सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अमितअग्रवाल वताउनुहुन्छ । साधारण ईन्टरनेट चलाउन सक्ने युजरलाई ध्यानमा राखेर विकास गरिएको यो एप्स धेरै उपयोगी रहेकाले चाडै विश्वबजारमाजम्ने कम्पनीले जनाएको छ । जानकी ईन्टरप्राईजेजले पिकोभिको मात्रनभएर, स्प्यारो एसएमएस सेवा,सोसिएलमार्केटिङ, सफ्टवेयर निर्माण लगायतको क्षेत्रमा समेत कामगर्दै आईरहेको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center