हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Friday, June 28, 2013

कोरियामा बिश्वकै सबभन्दा द्रुत गतिको वायरलेस नेटवर्क

दक्षिण कोरियाको एक टेलिकम कम्पनिले बिश्वकै सबभन्दा द्रुत गतिको तार रहित नेकवर्क निर्माण गरेको घोषणा गरेको छ ।
एस के टेलिकमले १५० मेगाबाईट्स प्रति सेकेन्डको स्पिडमा डाउनलोड हुने बिश्वकै सबभन्दा द्रुत गतिको नेटवर्क निर्माण गरेको जनाएको हो ।
एलईटी एडभान्स नेटवर्क नाम दिईएको यो नेटवर्क पछिल्लो 4G भन्दा दुई गुणा र 3G भन्दा १० गुणा बढि द्रुत गतिमा डाटा ट्रान्सफर गर्न सक्षम रहेको बताईएको छ ।
यस अर्थमा यो नेकवर्कबाट ८ सय MB को एउटा सिङ्गो फिल्म केवल ४३ सेकेन्डमा डाउनलोड हुनेछ ।
निर्माता कम्पनिले यो नेकवर्क हाललाई दक्षिण कोरियाको राजधानी सोल लगायत ४४ शहरमा बिस्तार गरिसकेको छ ।
यसलाई बिश्वका अन्य देशमा पनि बिस्तार गर्दै लैजानेको कम्पनिको योजना छ ।हाललाई यो नेकवर्क सामसुङ ग्यालेक्सी एस फोरका प्रयोगकर्ताले मात्र उपभोग गर्न पाउनेछन ।

टेलिकमले यो बर्ष (२०१३) को अन्त्य सम्ममा यो नेटवर्कमा आधारित अन्य ६ नयाँ स्मार्टफोन डिभाईस ल्याउने बताएको छ । हाल बजारमा उपलब्ध अन्य स्मार्टफोनमा यो नेटवर्क सञ्चालनको सुबिधा छैन ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center