हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Wednesday, June 26, 2013

मोबाइलको ब्याट्री कसरि लामो समय सम्म खापाउने?

मोबाइलको प्रयोगसँगै त्यसको ब्याट्रीको पनि रेखदेख गर्नुपर्छ। सबै ब्याट्रीको ब्याकअप लामो हुँदैन। यद्यपि केही टिप्स छन्, जसले मोबाइलको ब्याट्रीको ब्याकअप क्षमता बढाउन मद्दत गर्छन्। मोबाइलमा एलसिडीको उज्यालो सकेसम्म कम गर्नुपर्छ। मोबाइलको डिस्प्ले समय पाँच सेकेन्डभन्दा बढी राख्नु हुँदैन।
रिङ अलर्टका लागि भाइब्रेसन अथवा रिङ टोन प्रयोग गर्नुपर्छ। दुवै प्रयोग गर्नु हुँदैन। अनावश्यक टोन र अलर्टहरूलाई डी एक्टिभ गर्नुपर्छ। मोबाइल धेरै चार्ज गर्नु हुँदैन। फूल चार्ज भएपछि झिक्नुपर्छ। ब्याट्रीको ब्याकअप लगभग २० प्रतिशत रहँदा मोबाइल पुनः चार्ज गर्नुपर्छ। मोबाइल किन्दा पाइएको चार्जरले मात्र मोबाइल चार्ज गर्नुपर्छ। मोबाइललाई पूर्ण चार्जविहीन अर्थात् शून्य अवस्थामा राख्नु हुँदैन। फोन गर्दा र तस्बिर लिंदा बढी इन्धन खर्च हुन्छ भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। यसबाहेक नेटवर्क नलाग्ने स्थानमा मोबाइलको स्विचअफ गर्नुपर्छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center