हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, November 14, 2013

ट्विटरका १६ सय कर्मचारी मिलेनियर बने

सेयर निस्कासनपछि सोसल मिडिया कम्पनी ट्विटर मिलेनियरहरुको क्लब जस्तो बनेको छ। १० अर्ब ४० करोड डलरको सेयर बिक्रीपछि संस्थापक सिइओ डिक कोस्लो अर्बपति क्लबका सदस्य भएका छन् भने कर्मचारीहरु मिलेनियर क्लबमा बढुवा भएका छन्।

दुई हजार बढी कर्मचारी रहेको ट्विटरमा १ हजार ६ सय जना कर्मचारी मिलेनियरको सूचिमा पुगेका हुन् । बजार विश्लेषक कम्पनीले कर्मचारीलाई सेयर बाँडेपछि ट्विटरले १० संस्थापक लगानीकर्तालाई ५० प्रतिशत सेयर दिएको छ भने अन्य ७ सय ७० जनाले १० हजार कित्ता सेयर पाएका छन्।

ट्विटरले सुरुमा १७ देखि २० डलर प्रतिकित्ता मूल्यमा सेयर बेच्ने तयारी गरेको थियो। अमेरिकी इन्टरनेट कम्पनीप्रति सर्वसाधारणले बढी रुचि देखाएका कारण पछि २९ डलर पुर्‍याइएको थियो।

२३ करोड प्रयोगकर्ता रहेको ट्विटरले गत वर्षको पहिलो त्रैमासिकमा ६ करोड ५० लाख डलर घाटा ब्यहोरेको थियो। पूँजी वृद्धिसँगै फेसबुकपछि दोस्रो ठूलो इन्टरनेट कम्पनी बनेको ट्विटर अब सेयरहोल्डरहरुलाई नाफा कमाएर दिनुपर्ने दवाबमा पुगेको छ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center