हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, November 7, 2013

एनसेलको फेसबुक प्याक

काठमाडौ, कार्तिक २१ ( एनसेलले पहिलो पटक एप्लिकेसनमा आधारित प्याकेज ९योजना० सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुकका लागि कम्पनीले यस्तो योजना ल्याएको हो । यस्तो प्याकेज खरिद गर्दा तोकिएको एप्लिकेसनको सुविधा छुट्टै खरिद गर्न सकिन्छ । कम्पनीका अनुसार ग्राहकले न्यूनतम प्रतिएमबी ५० पैसासम्ममा ुफेसबुक प्याकु अन्तर्गत सामाजिक सञ्जाल चलाउन पाउनेछन् ।

कात्तिक २१ गतेदेखि ग्राहकले दैनिक, साप्ताहिक वा मासिक फेसबुक प्याक लिन सक्ने जनाइएको छ । ुदैनिक प्याकअन्तर्गत ग्राहकले ९ रुपैयाँ (करबाहेक० मा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन््,ु विज्ञप्तिमा भनिएको छ, ुयो प्याक खरिद गरेको २४ घन्टासम्मका लागि मान्य हुनेछ ।ु सात दिन चल्ने साप्ताहिक प्याकमा करबाहेक ४९ रुपैयाँमा फेसबुकका लागि ७० एमबी पाउनेछन्् । 

मासिक प्याक खरिद गर्ने ग्राहकले करबाहेक १ सय ४९ रुपैयाँ बुझाउनुपर्नेछ । जसमा फेसबुकका लागि ३ सय एमबी डाटा उपलब्ध हुनेछ । प्याक मोबाइलमा मात्र लागू हुने र फेसबुकको आधिकारिक एप्लिकेसनबाट चलाउनुपर्ने कम्पनीले जनाएको छ । फेसबुक प्याकबाट स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्बिर तथा भिडियो अपलोड गर्न, लाइक तथा कमेन्ट गर्न र फेसबुकभित्रै रहेको भिडियो हेर्न सकिन उल्लेख गरिएको छ । तर फेसबुकमा राखिएको लिंकबाट अर्को वेबसाइटमा गए नियमति इन्टरनेट शुल्क लागू हुने कम्पनीले जनाएको छ । ुयोजनाले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ््ना निकटजनसँग सम्पर्कमा रहन र आफ््ना विचारहरू अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ,ु एनसेलकी कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्, ुयसले हाम्रा सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास हामीले लिएका छौं ।ु

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center