हम्रो सेवाहरु

राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Label 10

Thursday, November 14, 2013

टेलिकमबाट शनिबार कल गर्दा आकर्षक छुट

२८ कात्तिक, काठमाडौं । नेपाल टेलिकमले पीएसटिएन, सीडीएमए तथ जीएसएम मोबाइलबाट कम्पनीको नेटवर्कभित्र शनिबार फोन गर्दा लाग्दै आएको महशुलमा छुट दिने भएको छ । कात्तिक २९ गतेदेखि ३ महिनासम्म लागु हुने कम्पनीले उक्त छुट उपलब्ध गराउन लागेको हो ।

कम्प्नीले पीएसटिएनबाट शुक्रबार राति १० बजेदेखि आइतबार विहान ८ बजेसम्म फोन गर्दा प्रति ४ मिनेटको १ रुपैयाँ कायम गरेको छ । यसअघि प्रति २ मिनेटको १ रुपैयाँ तिर्नुपथ्र्यौ । त्यस्तै, पीएसटिएन मार्फत एक अञ्चलबाट अर्को अञ्चलमा हुने कलमा प्रति ९० सेकेण्डको १ रुपैयाँ कायम गरेको छ । यसअघि उक्त महसुल दर प्रति ६० सेकेण्डको १ रुपैयाँ कायम रहेको थियो ।

जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलबाट शनिवार विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेटको १ रुपैयाँबाट ७५ पैसामा झारिएको छ । यसअघि उक्त सेवाको महसुल दर प्रति मिनेटको १ रुपैयाँ कायम थियो । जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट शनिवार विहान ६ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रति मिनेट १ रुपैयाँ ५० पैसा लाग्ने गरेकोमा अब १ रुपैयाँमात्र लाग्ने भएको छ ।

जीएसएमरसीडीएमए पोष्टपेड तथा प्रिपेड मोबाइलबाट प्रत्येक दिन राती १० बजे देखि भोलिपल्ट विहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र फोन गर्दा लाग्दै आएको महसुल प्रति मिनेट ५५ पैसा यथावत राखेको छ ।

अन्तर्राष्ट्रिय कल रिसिभ गरेवापत पाइने प्रतिकल ५० पैसा बोनसवापत कम्पनीले ५ करोड ९१ लाख ५१ हजार रूपैयाँ ग्राहकहरुलाई उपलब्ध गराएको जनाएको छ । त्यस्तै, सीडीएमए पोष्टपेडरप्रिपेड सेवाका ग्राहकहरुलाई असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म तथा कात्तिक १६ गतदेखि कात्तिक २३ गतेसम्म दैनिक रुपमा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने बाह्यगमन कलवापत दशैंको समयमा २८ लाख ८१ हजार रुपैयाँ बोनस उपलब्ध गराएको बताइएको छ । तिहार र छठपर्वको समयमा २८ लाख ८७ हजार रुपैयाँ बोनस वापत उपलब्ध गराएको छ ।

इन्टरनेशनल रोमिङ सुविधा लिएर नेपाल भ्रमणमा आउने ग्राहकहरुलाई कम्पनीले भ्वाइस रोमिङ सेवामात्र उपलब्ध गराइरहेकोमा कार्तिक २९ गतेदेखि मोबाइल डाटा ९थ्रिजीरजीपीआरएस० सेवासमेत उपलब्ध गराउने भएको छ ।

0 comments:

Post a Comment

 
Design by Raj Mobile Center | Bloggerized by Raj Mobile Center - Premium Blogger Themes | Raj Mobile Center